• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रक्तिमको सङ्गठन विस्तार : जनवादी संस्कृति निर्माणको आधार


  •   शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    नेपालको जनवादी कला, साहित्य र संस्कृतिको क्षेत्रमा रक्तिम सांस्कृतिक अभियानले उल्लेखनीय योगदान दिँदै आएको छ । यही योगदानको कारण रक्तिमको नाम जनताको दिलदिमागमा आशाभरोसा र ममता मात्र होइन, परिवर्तनको सपना बनेर गडेको छ । यसरी जनवादी सांस्कृतिक आन्दोलनको क्षेत्रमा रक्तिमले उच्चस्तरको गौरव आर्जन गरेको छ । जनताका बिचमा रक्तिमले आर्जन गरेको यो विरासतलाई हामीले जीवन्त राख्ने मात्र होइन, झन्भन्दा झन् उच्चस्तरमा विकास गर्नु जरुरी छ तर यो कार्य गर्न हामीलाई सजिलो छैन । हाम्राअगाडि चुनौतीका ठुला ठुला पहाड तगारा बनेर उभिएका छन् । यी ठुलाठुला तगारोलाई पन्छाउँदै अगाडि बढ्न रक्तिमलाई मुख्य तीनओटा कुरामा पोख्त हुन जरुरी छ : प्रथम– वैचारिक पक्षमा, दोस्रो साङ्गठनिक पक्षमा र तेस्रो सशक्त कलाको पक्षमा । यी तीनओटा पक्षमध्ये यो लेखमा रक्तिमको साङ्गठनिक पक्षको बारेमा प्रकाश पार्ने प्रयत्न गरिनेछ ।

    रक्तिम सांस्कृतिक अभियान नेपालको प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन गठन गरिएको झन्डै चालिस वर्ष पुरानो सांस्कृतिक सङ्गठन हो । यसरी रक्तिमले आजसम्म आइपुग्दा निकै लामो समयावधि पार गरेको छ । यसबिचमा रक्तिमले कैयौँ उतारचढाव झेल्दै अगाडि बढेको छ । यसले कैयौँ टुटफुट, विभाजन, एकताजस्ता थुप्रै अनुभव पनि सँगाल्दै आएको छ । यसका साथै यसले कहिले आशा र कहिले निराशाका भावना पनि झेल्दै अघि बढेको छ । यसरी नेपालको सांस्कृतिक आन्दोलनमा रक्तिमको आफ्नै रङ्गीन इतिहास निर्माण हुँदै गइरहेको छ । यसै इतिहासको जगमा टेकेर आजको रक्तिम अगाडि बढिरहेको छ ।

    रक्तिम सांस्कृतिक अभियानको महान् उद्देश्य छ । रक्तिम सांस्कृतिक अभियानले जनता र देशलाई दु:खको भुँमरीमा पार्ने संस्कृतिको अन्त्य चाहन्छ । यो सङ्गठनले जनता र देशलाई सुख र समृद्धिको संसारमा पुर्‍याउने सभ्य र समुन्नत संस्कृतिको निर्माण चाहन्छ । समाजमा बस्ने मानिसहरू कोही धनी भएको नाममा मस्तीको जिन्दगी बिताउने त कोही गरिब भएको नाममा सास्तीको जिन्दगी भोग्नुपर्ने अमानवीय, अराजक र बर्बर युगको अन्त्य चाहन्छ । रक्तिम सांस्कृतिक अभियान धनी र गरिबको नाममा देखिएको विभेद अन्त्य होस् र यसको ठाउँमा समतामूलक नवीन समाज निर्माण होस् भन्ने उदेश्य राख्दछ । यो उद्देश्यसम्म पुग्न हाम्रो समाजमा जनवादी तथा प्रगतिशील संस्कृति निर्माण र विकास हुनु जरुरी छ । यसैको लागि रक्तिमले अहोरात्र मिहिनेत गरिरहेको छ । यसले प्रगतिशील तथा जनवादी संस्कृति निर्माणमा मुख्य तगारोको रूपमा रहेको सामन्ती तथा साम्राज्यवादी संस्कृति विरुद्धमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । रक्तिमको यो निरन्तर सङ्घर्षको बाबजुद प्रगतिशील तथा जनवादी संस्कृति निर्माण र विकासको पक्षमा हाम्रो समाजले अपेक्षित परिणाम पाएको छैन । यसैले समाजमा देखिने गरी अपेक्षित परिणाम ल्याउन हामीले रक्तिमको सङ्गठनात्मक पक्षलाई मजबुत बनाएर लैजानुपर्दछ ।

    संसारमा जति पनि ठुला आन्दोलन, सङ्घर्ष र क्रान्ति सफल भएका छन्, त्यसका पछाडि बलियो सङ्गठनले नै प्रमुख भूमिका निर्वाह गरेको पाइन्छ । माक्र्स, एङ्गेल्सका कृतिमा सङ्गठनलाई नै राजनीतिक उपलब्धि हासिल गर्ने महत्त्वपूर्ण साधनको रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । चाहे रुसको अक्टोबर क्रान्ति सफलताको कुरा होस्, चाहे चीनको नयाँ जनवादी क्रान्तिको सफलताको कुरा, ती सफलताका पछाडि बलियो र मिलिट्यान्ट सङ्गठनको निर्णायक भूमिका रहेको छ । यसैले माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ मात्रै होइन, संसारका समग्र कम्यनिस्ट नेता तथा दार्शनिकले सङ्गठनात्मक पक्षलाई सर्वाधिक महत्त्व दिने गरेको पाइन्छ । संसारका कम्युनिस्ट विचारकले मात्रै होइन, गैरकम्युनिस्ट, प्रतिकृयावादी, धार्मिक मानिस आदिले पनि बलियो सङ्गठनलाई महत्त्व दिएर काम गरिरहेका हुन्छन् । यहाँसम्मकि राज्यसत्ता कब्जा हुने, चल्ने वा ढल्ने आदि सबै कुरामा सङ्गठनको स्वरूपले भूमिका खेल्ने गर्दछ । यी सबै कुराले बलियो सङ्गठनको आवश्यकता र महत्त्व कति धेरै हुन्छ भन्ने प्रष्ट हुन्छ । सङ्गठनको यो आवश्यकता र महत्त्वलाई बुझेर रक्तिमले आफ्नो सङ्गठनात्मक अवस्थालाई सुदृढ बनाउने कुरामा विशेष ध्यान दिनुपर्दछ ।

    रक्तिम सांस्कृतिक अभियान एक उदीयमान र गतिशील सांस्कृतिक सङ्गठन हो । यसरी यो सङ्गठन उदीयमान र गतिशील भएर पनि आज यसको गतिमा केही सुस्तीपन आएको महसुस हामीले गर्न सक्छोँ । अहिलेको अवस्थामा रक्तिमको साङ्गठनिक अवस्थालाई हेर्दा सन्तोषजनक अवस्थामा पाउन सक्दैनौँ । देशभरि जुन खालको रक्तिमको सङ्गठन हुनुपर्ने हो, त्यो छैन ।

    माथि नै भनिसकिएको छ, आजको दिनसम्म रक्तिमले करिब चालिस वर्षभन्दा बढी समयावधि पार गरिसकेको छ । आफ्नो स्थापना दिनदेखि आजसम्म आइपुग्दा रक्तिमको साङ्गठनिक पक्षको विकासले जुन उचाइ चुम्नुपर्ने हो, त्यो चुम्न सकिरहेको छैन । रक्तिमजस्तो गतिशील सांस्कृतिक सङ्गठनको साङ्गठनिक अवस्था किन कमजोर भइरहेको छ ? यसबारे हामीले गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्दछ ।

    आज देशमा रक्तिम सांस्कृतिक अभियानप्रति आस्थावान् सयौँ कलाकार देख्न सक्छौँ तर तीमध्य कैयौँ कलाकारहरू रक्तिमको साङ्गठनिक पद्धतिमा बाँधिन नसकेको अवस्था छ । कैयौँ जिल्ला र स्थानीय तहमा समेत रक्तिमका थुप्रै कलाकार देख्न सक्छौँ तर त्यहाँ पार्टीले व्यवस्थापन गरिदिएको वा पार्टीले बोलाएको अवस्थामा बाहेक रक्तिमको सङ्गठन स्वत: परिचालित भएर सांस्कृतिक गतिविधि गर्न सक्ने अवस्थामा देखिँदैन अर्थात् सरल भाषामा भन्दा रक्तिम आफ्नै खुट्टामा उभिएर हिँड्न सक्ने अवस्थामा छैन । आज रक्तिमले आफ्नो संस्थागत क्षमताको विकास गरेर मौलिक सुझबुझका साथ सिर्जनात्मक काम गर्ने दायित्व पूर्ण रूपमा पूरा गर्न नसक्दा सिङ्गो जनवादी सांस्कृतिक आन्दोलन नै कमजोर हुन पुगेको छ । त्यसैले हामीले रक्तिम सांस्कृतिक अभियानको सङ्गठनलाई सुदृढ र बलियो कसरी बनाउन सकिन्छ ? यसबारे सबै गम्भीर भएर लाग्नुपर्दछ । प्रारम्भमा हामी हाम्रो सङ्गठनलाई सुदृढ गर्न तल उल्लिखित केही सरल तर महत्त्वपूर्ण कार्यलाई ध्यान दिन जरुरी छ ।

    (१) सदस्यता वितरण तथा नवीकरण

    सदस्यता वितरण तथा नवीकरणको काम सबैभन्दा सजिलो, प्रारम्भिक तर नगरी नहुने प्रमुख कार्य हो । आज देशभरि रक्तिमका कलाकारको सदस्य सङ्ख्या कति रहेको छ ? हामीसँग यसको कुनै तथ्याङ्क छैन । यसरी हामीसँग हाम्रा सदस्यको तथ्याङ्क नै नभएपछि हामीलाई हाम्रा कार्यक्रम र योजना निर्माण गर्ने ठोस आधार नै प्राप्त गर्न मुस्किल पर्दछ ।

    आज रक्तिममा कैयौँ नयाँ कलाकार जन्मिरहेका छन् तर हामी उनीहरूलाई सम्बन्धित जिल्ला वा स्थानमा सदस्यता प्रदान गर्न सकिरहेका छैनौँ । वर्षौं पुराना रक्तिमका कलाकारलाई उनीहरूको सदस्यता नवीकरण गरिदिन सकिरहेका छैनौँ । जे जति रूपमा सदस्यता वितरण तथा नवीकरणको काम भइरहेका छन्, ती पनि अत्यन्तै नगण्य मात्रामा मात्रै रहेका छन् । यसरी एक हिसाबले भन्नुपर्दा हामी हाम्रो साङ्गठनिक कार्यको पहिलो पाइलामा नै रोकिन पुगेका छौँ । अब हामी यो ठाउँमा रोकिनुहुँदैन । सदस्यता वितरण तथा नवीकरणको कार्यलाई हामीले हाम्रो नियमित कार्य बनाउनुपर्दछ । प्रत्येक जिल्ला तथा स्थानीय तह, जहाँ हाम्रो सङ्गठन क्रियाशील छन्, ती स्थानमा सदस्यता वितरण तथा नवीकरणको कार्यलाई नियमित गर्दै त्यसको अभिलेख तयार पारी केन्द्रीय कार्यालयमा पठाउने कार्य गर्नुपर्दछ । जुन जिल्ला वा स्थानीय तहमा हाम्रो सङ्गठन बनिसकेको छैन । ती स्थानमा रक्तिमको सदस्यता वितरण गर्ने तथा त्यसको अभिलेख तयार पार्ने काममा सम्बन्धित स्थानमा जिम्मेवारी तोकिएका इन्चार्ज तथा सङ्गठकले विशेष ध्यान दिनुपर्दछ । त्यति मात्रै होइन, सदस्यता नवीकरणका लागि समयावधि पूरा हुनेबित्तिकै सम्बन्धित कलाकार वा सदस्य स्वयम्ले पनि आफ्नो सदस्यता नवीकरण गर्न सम्बन्धित स्थान वा निकायमा सम्पर्क गरी आफ्नो सदस्यता नवीकरण गराउने कुरामा तत्पर रहनुपर्दछ । यो कार्य एक सचेत सदस्यको दायित्वबोधभित्र पनि पर्दछ । यसरी हामी रक्तिमका सम्पूर्ण सदस्यले सदस्यता वितरण तथा नवीकरणको कार्यलाई नियमित बनाउने कुरामा गम्भीरताका साथ ध्यान दिनुपर्दछ ।

    २. सङ्गठन निर्माण तथा विस्तार

    रक्तिमका कलाकारलाई प्राय नाच्नेगाउने कलाकार मात्र हुन भन्ने आम बुझाइ रहेको पाइन्छ । वास्तवमा हामी रक्तिमका कलाकारहरू केवल नाच्ने गाउने कलाकारको रूपमा मात्र सीमित हुनुहुँदैन । हामीले कलाका अन्य बहुआयामिक रूपलाई पनि आत्मसात गर्नुपर्दछ । नाच्ने, गाउने कलासँगसँगै हामीले अन्य कलाको पनि विकास गर्दै लैजानुपर्दछ† जस्तै : अभिनयकला, लेखनकला, वक्तृत्वकला, नेतृत्वकला, सङ्गठन निर्माण कला आदि । यी कैयौँ कलामध्ये रक्तिमका कलाकारले विकास गर्नुपर्ने सर्वाधिक महत्त्वपूर्ण कला भनेको सङ्गठन निर्माणको कला हो ।

    हामी रक्तिमका कलाकार सङ्गठन निर्माणको कलामा पोख्त हुनैपर्दछ । यसरी सङ्गठन निर्माणको कलामा परिपक्व हुनका लागि सर्वप्रथम हामी सङ्गठनको कुनै न कुनै कमिटीमा रहेर काम गर्नुपर्दछ । हामी रक्तिमका कलाकार सङ्गठनभन्दा बाहिर स्वतन्त्र रूपमा कोही पनि रहनुहुँदैन । जब हामीले रक्तिमको सदस्यता प्राप्त गर्दछौँ, तब हामी सङ्गठनको कुनै पनि कमिटीमा गोलबन्द भएर काम गर्ने बाटो पहिल्याउनुपर्दछ । यसरी हामी सङ्गठनको जुन तहमा रहन्छौँ, सोहीअनुसार सङ्गठन निर्माण र विस्तारमा आफ्नो भूमिका निर्वाह गर्दै जानुपर्दछ र सक्रिय बन्नुपर्दछ । यसरी हामीले केन्द्रदेखि जिल्ला, पालिका हुँदै टोलसम्म रक्तिमको विशाल सञ्जाल फैलाउनुपर्दछ ।

    रक्तिमका हरेक जिल्लाले आफ्ना जिल्लामा कति स्थानीय सङ्गठन निर्माण भएका छन्, त्यसको अभिलेख केन्द्रीय कार्यलयमा पठाउनुपर्दछ । सङ्गठन भएका जिल्ला वा पालिकामा जिल्ला कार्यालय वा पालिका कार्यालय सञ्चालन गरेर सङ्गठनलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउनुपर्दछ । यसरी हामी रक्तिमका सबै कलाकारले रक्तिमको सङ्गठन निर्माण, विस्तार र यसको संस्थागत विकासमा व्यापक ध्यान दिनुपर्दछ । यसरी हामी रक्तिमका कलाकार नाच्ने, गाउने मात्रै होइन, कुशल सङ्गठक पनि बन्नुपर्दछ र रक्तिम सांस्कृतिक अभियानलाई विशाल सङ्गठनको रूपमा विकास गर्नुपर्दछ । रक्तिम सांस्कृतिक अभियानको सङ्गठन निर्माण र विस्तारलाई हामीले प्रगतिशील तथा जनवादी संस्कृति निर्माण आधारको रूपमा बुझ्नुपर्दछ ।

    ३. सङ्गठनको परिचालन

    कतिपय अवस्थामा हामीले सङ्गठन निर्माण त गर्दछौँ तर निर्माण गरिएको सङ्गठनलाई स्थायित्व दिन वा टिकाउन सकेका हुँदैनौँ । हामीले सगठन निर्माण र विस्तार गरेर मात्र पुग्दैन, हामीले निर्माण तथा विस्तार गरेको सङ्गठनलाई टिकाइराख्ने वा जोगाइराख्ने योजना पनि बनाउनुपर्दछ । प्राय: गरी सङ्गठन परिचालन गर्ने, सक्षम र योग्य नेतृत्व अभावका कारण एकपटक गठन गरिएका सङ्गठन टिक्न नसकी हराएर जाने गरेका छन् । तसर्थ निर्माण गरिएका तथा विस्तार गरिएका सङ्गठनलाई सदैव जीवित राख्न वा हराउन नदिन हामी रक्तिमका प्रत्येक सदस्य सङ्गठनको रक्षक बनेर सङ्घर्ष गरिरहनु पर्दछ ।

    अर्काे कुरा सङ्गठन टिकाउन सक्षम र योग्य नेतृत्वको पनि विशेष भूमिका रहने गर्दछ । तसर्थ हामी रक्तिमका सम्पूर्ण कलाकारले सङ्गठन परिचालन र नेतृत्व कलाको विकासमा अग्रसरता देखाउँदै जानुपर्दछ । सङ्गठनको कुनै पनि तहमा नेतृत्वको रूपमा चुनिएका पदाधिकारी तथा सदस्यले नियमित आफ्नो समितिको बैठक बसाल्ने, कार्यक्रम बनाउने, समितिका सदस्यका बिचमा जिम्मेवारी बाँडफाँड गर्ने, सङ्गठनकर्ता कार्यकर्ताको वृत्तिविकास तथा व्यवस्थापन गर्ने, अध्ययन तथा प्रशिक्षण चलाउनेलगायतका काम गरिरहनु पर्दछ । सङ्गठन जति बढी परिचालित भयो, जति बढी क्रियाशील भयो, त्यति धेरै सङ्गठनको जीवनशील पक्ष मजबुत हुँदै जान्छ । सङ्गठन जनि निष्क्रिय भयो, जति गतिहीन भयो, त्यति नै सङ्गठनको मरणशील पक्ष पनि बढ्दै जान्छ । यसरी अन्तत: सङ्गठन टिक्न नसक्ने अवस्थामा पुग्न सक्छ । सङ्गठनमा देखा पर्ने यो जीवनशील र मरणशील चरित्रलाई सबै तहका नेतृत्वले सदैव हेक्का राख्नुपर्दछ ।

    ४. सङ्गठन परिचालनको पद्धति

    कुनै पनि सङ्गठन सञ्चालन तथा परिचालनका लागि आफ्नै विधि, पद्धति वा सिद्धान्त हुने गर्दछन् । विधि, पद्धति वा सिद्धान्तविना कुनै पनि सङ्गठन चल्न सक्दैन । रक्तिम सांस्कृतिक अभियानको सङ्गठनलाई सञ्चालन गर्ने पद्धतिको बारेमा रक्तिमका सम्पूर्ण सदस्य जानकार हुनुपर्दछ ।

    रक्तिम सांस्कृतिक अभियानलाई सञ्चालन गर्न हाम्रो सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनद्वारा पारित विधानलाई सबै सदस्यले राम्ररी अध्ययन गरी लागु गर्नुपर्दछ । हाम्रो सङ्गठनको सङ्गठनात्मक प्रणाली लेनिनवादी सङ्गठनात्मक प्रणालीद्धारा प्रेरित छ अर्थात् हाम्रो सङ्गठनात्मक प्रणालीको मूल आत्मा लेनिनद्वारा प्रतिपादित वा रुस, चीन, भियतनामलगायतका देशका कम्युनिस्ट पार्र्टी र त्यहाँ चलेका क्रान्तिमा सफलतापूर्वक प्रयोग गरिएको जनवादी केन्द्रीयताको सिद्धान्त हो, जसलाई हामी लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भन्ने गर्दछौँ ।

    रक्तिमका सम्पूर्ण सदस्य लेनिनवादी सङ्गठनात्मक सिद्धान्तद्धारा लैस हुनुपर्दछ । रक्तिमका सबै कलाकार सङ्गठनले बोकेको उद्देश्यप्रति प्रतिबद्ध भएर रहनुपर्दछ । जनवादी कलाकारमा हुनुपर्ने आदर्श, नैतिकता वा अनुशासन कायम गरेर समाजमा उदाहरण बन्नुपर्दछ । हामीले अध्ययनशील, लगनशील र परिश्रमी चरित्र निर्माण गरेर समाजको अगुवाइ गर्नुपर्दछ । रक्तिमका कलाकारको चरित्र हेरेर मानिस रक्तिमको सङ्गठनमा आकर्षित हुने वातावरण निर्माण गर्नुपर्दछ र यसरी हामीले रक्तिमको साङ्गठनिक अवस्थालाई माथि उठाउन हर पल प्रयत्नशील रहनुपर्दछ ।

    यसरी नेपाली समाजको परिप्रेक्ष्यमा हामीले रक्तिम सांस्कृतिक अभियानको सङ्गठनलाई व्यापक रूपमा विस्तार गर्ने कार्यमा सबै तल्लीन हुनुपर्दछ । रक्तिमको सङ्गठनलाई बलियो बनाउन, हामी आफूलाई पूर्णकालीन वा आंशिक रूपमा भए पनि सङ्गठनकर्ताको भूमिकामा तयार बनाउनुपर्दछ । रक्तिमको सङ्गठन बलियो भयो भने मात्रै हामीले देशको जनवादी सांस्कृतिक आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सक्नेछौँ ।

    रक्तिम सांस्कृतिक अभियानले जनवादी व्यवस्था स्थापना पूर्व समाजमा जनवादी संस्कृतिको प्रचार, निर्माण र विकासका लागि सङ्घर्ष गर्ने दायित्व लिएको छ भने जनवादी क्रान्तिपश्चात् जनवादी संस्कृतिको रक्षार्थ काम गर्ने अभिभारा बोकेको छ । जुझारु, सङ्घर्षशील र मजबुत सङ्गठनविना रक्तिम सांस्कृतिक अभियानको यो अभिभारा पूरा हुन सक्दैन । रक्तिमको यो महान् अभिभारा पूरा गर्न हामी रक्तिमका कलाकार कला, विचार र सङ्गठन—यी तिनै पक्षमा सशक्त बन्नुपर्दछ ।

    शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.