• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पोखरा विमानस्थलमा भ्रष्टाचार


  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अंक १४ मा प्रकाशित सम्पादकीय

    Advertisement

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे टुङ्गो लगाएको छ । यस सन्दर्भमा अख्तियारले ५५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०८२ मङ्सिर २१ गते दायर गरिएको उक्त मुद्दामा करिब आठ अर्ब रुपैयाँ बिगो कायम गरिएको छ । यो मुद्दामा पाँच जना पूर्वमन्त्रीदेखि उच्च प्रशासकीय अधिकृतसम्म प्रतिवादी बनाइएको छ । प्रतिवादी बनेका पूर्वमन्त्रीमा तत्कालीन माओवादी नेता पोस्टबहादुर बोगटी, कङ्ग्रेसका रामशरण महत, दीपक अमात्य र रामकुमार श्रेष्ठ तथा एमालेका भीम आचार्य छन् । माओवादी नेता बोगटीको निधन भइसकेको छ भने कङ्ग्रेस नेता रामशरण महत विस्मृति रोगबाट पीडित छन् । उनीहरूमध्ये महतलाई अर्थमन्त्रीको रूपमा र अन्यलाई पर्यटनमन्त्रीका रुपमा प्रतिवादी बनाइएको छ । त्यस्तै १० पूर्वसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वनिर्देशक मुरारी भण्डारीको नाम पनि मुद्दामा छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माणमा देखिएको अनियमितताको प्रकरणमा समेत प्रतिवादी बनिसकेका छन् । एवम् प्रकारले सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार तथा विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत उच्चपदस्थ १० पूर्वसचिवलाई पनि भ्रष्टाचार मुद्दामा समावेश गरिएको छ ।

    चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये एक मानिन्छ । यो विमानस्थल निर्माणको चरणमै अनियमितताको आरोप लाग्दै आएको थियो । सार्वजनिक लेखा समितिले समेत त्यहाँ ठुलो मात्रामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको थियो । सोही आधारमा अख्तियारले विस्तृत छानबिनपछि अहिले मुद्दा दायर गरिएको हो ।

    विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारबारे थप तीन विषयमा अख्तियारले छुट्टै अनुसन्धान गर्ने भएको छ । अभियोगपत्रमा अख्तियारले विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत करछुट दिएर आर्थिक अनियमितता/भ्रष्टाचार गरेकोबारे छुट्टै अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान गर्दैछ । महालेखापरीक्षकको प्रतिवेदनमा अर्थ मन्त्रालयले दुई अर्ब २२ करोड ४० लाखभन्दा बढी करछुट दिएको थियो । सबै सुविधा/पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने दायित्व ठेकेदारको भए पनि निर्माण भइसकेपछि परीक्षण उडानको क्रममा उडान र अवतरणमा समस्या देखिएपछि विमानस्थलनजिकको छिनेडाँडा ४० मिटर काट्नुपरेको थियो । निर्माण कम्पनीले धावनमार्ग होचो बनाउँदा डाँडा काट्नुपरेको स्पष्टै थियो । ठेक्का पाएको चिनियाँ कम्पनीले नै डाँडा काट्नुपर्ने भए पनि सम्झौता विपरीत प्राधिकरणले मूल कम्पनीको सट्टा छुट्टै व्यवसायीलाई ३२ करोड तीन लाख भुक्तानी गर्ने गरी डाँडा काट्ने सम्झौता गरेको थियो । यस विषयमा पनि छुट्टै अनुसन्धान अधिकृत तोकी अनुसन्धान गर्ने अभियोगपत्रमा उल्लेख छ । त्यस्तै नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङबिच भएको सम्झौतामा उल्लेख २८ लाख अमेरिकी डलरबाट परामर्शदाता नियुक्त नगरी प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गरेकोबारे समेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।

    पोखरा विमानस्थलमा भएको भ्रष्टाचार देशको समग्र अनियमितताको एउटा सानो पाटो मात्रै हो । देशमा यस खालका धेरै भ्रष्टाचारका प्रकरण छन् । फेरि पनि अख्तियारले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारबारे प्रारम्भिक अभियोग प्रस्ताव गरेको छ । न्यायालयमा पुगेपछि यस विषयमा स्पष्टता आउँदै जानेछ नै । त्यस क्रममा कतिपय निर्दोष व्यक्तिहरू यदि मुछिएका छन् भने उनीहरूले उन्मुक्ति पाउने नै छन् भने जो वास्तवमै भ्रष्टाचारमा मुछिएका छन्, उनीहरूले कानुनअनुसार सजाय भोग्नेछन् । आशा गरौँ, यस विषयमा निर्दोषलाई फसाइने छैन, दोषीलाई उम्काइने छैन । भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारबाही गरिनुपर्दछ । भ्रष्टाचारकै कारण विकासनिर्माण ऋणात्मक बन्ने गरेका छन् । त्यसको सहउत्पादनको रूपमा अन्य बेथिती व्याप्त छन् । त्यसैले भ्रष्टाचारीलाई कारबाही गर्न उदासिनता देखाइनु हुन्न ।

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.