• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘कामरेड जलजला उपन्यासको विवेचना’ माथि पहिलो नजर


  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    मनोज भट्टको पुस्तक ‘कामरेड जलजला उपन्यासको विवेचना’ अहिलेको विश्व कम्युनिस्ट आन्दोलनका एक प्रमुख नेता, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री, जसले गत ७७ वर्षदेखि निरन्तर नेपाली साहित्यसँगै क्रान्तिको सेवा गरिरहनु भएको छ, उनै ९२ वर्षीय भेट्रान नेता र साहित्यकार मोहनविक्रम सिंहद्वारा रचित १,३२० पृष्ठ लामो सुन्दर उपन्यास “का. जलजला : प्रेमको कथा, विश्वको दर्शन” माथि आधारित छ ।

    “कामरेड जलजला” उपन्यासलाई लेखक स्वयम्ले प्रेमको कथा भनेका छन् । हो, यो प्रेमको कथा नै हो किनकि प्रेम नै एउटा यस्तो चिज हो, जो आँखाले देख्न सकिँदैन, प्रेम हेर्नका लागि “देवादिदेव महादेव” को तेस्रो नेत्र उघ्रिनुपर्छ या यस्तै कृति पढ्नुपर्छ । प्रेम छुन, देख्न र नापतौल गर्न सकिँदैन । प्रेम अनुभुतिको विषय हो, जो “कामरेड जलजला” मा व्यक्त गरिएको छ ।

    “विचार विज्ञान” पुस्तकमा खप्तड बाबाले भनेका छन्– जुन चिज जति सूक्ष्म हुन्छ, त्यो चिज त्यति नै शक्तिशाली हुन्छ; जस्तो : ढुङ्गा, माटो, पानी, हावा, अणु–परमाणु, मन र अन्तत: विचार । विचार उल्लेखित यी सबै चिजभन्दा सूक्ष्म हुन्छ र पो सबैभन्दा बढी शक्तिशाली पनि हुन्छ । यही शक्तिशाली विचार हो, “कामरेड जलजला” मा व्यक्त प्रेम । हाम्रा पौराणिक ग्रन्थमा प्रेमका देवता कामदेवलाई अनङ्ग, वायु, सुगन्ध, बसन्त–बयार, कुसुम–शर–धारीको सहायताले जगत्का सम्पूर्ण प्राणीमा रतिभाव जगाउने भनेर बताइएको छ ।

    “कामरेड जलजला” उपन्यासमा जलजला शब्दको अर्थ बताउन खोज्दै लेखक जलजलाको शाब्दिक अर्थ बताउने कोसिस गर्छन्, सायद पाठकलाई जानकारी गराउनुपर्ने भएर होला । उनी रोल्पा जिल्लाको थबाङको एक सुन्दर पहाड, धुरीको नाम हो जलजला भनेर बताउँछन् : रोल्पाको जलजला धुरी । यस्ता नेपालका थुप्रै अन्य गाउँको नाम पनि जलजला रहेको बताउँछन किनकि यो लेखकको आफ्नो माटो र मातृभूमिप्रतिको प्रेम हो । उनी जलजलाको प्रष्ट अर्थ बताउन सक्दैनन्, अल्मलिन्छन, भावुक बन्छन् र भन्छन्– त्यो बताउन मेरा लागि त्यति सजिलो छैन (सिंह, २०८१, पृ. २६) ।

    अर्का नेपाली महान् साहित्यकार एवम् प्रजातान्त्रिक आन्दोलनका शिखर भनिएका पुरुष बिपी कोइरालाले भनेका छन्– यदि तिमी कुनै आपत्तिमा पर्‍यौ, चारैतिर अँध्यारो नै अँध्यारो देख्न थाल्यौ, अगाडि बढ्ने उपाय नै देखेनौँ भने देशको एक मुठी माटो हातमा लिएर छातीमा हात राखी निर्णय लिनू । रामायणको “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” सन्दर्भ उहीँ हो । त्यस्तै प्रकारले लेखकले नेपाली माटोलाई मनमुटुमा राख्दै “कामरेड जलजला” नामको शीर्षक दिएर उपन्यासको सुरुआत गरेका छन् ।

    यो उनको नेपाली आमाप्रतिको अगाध प्रेमको प्रकटीकरण हो । अर्को उनी पुरुष भएको नाताले महिला युवतीसँग प्रेममा पर्छन र आफ्नो प्रेमिकाको नाम जलजला राख्न पुग्छन । यहीँनेर जलजला धुरीकै तल एउटा भामा नामको ओडार छ र उपन्यासको अन्तमा त्यही “का. भामा” नाम भएकी युवतीसँग अजितको बिहे हुन्छ । यो चराचर जगत्ले गर्ने नियमित प्रेम हो ।

    लेखकले प्रेम गरेको आधारमा उनी संलग्न पार्टीले उनलाई तीन वर्षका लागि कारबाही गर्छ । उनी र उनकी प्रेमिका दुबै पार्टीबाट निकालिन्छन । यही बेला उनले आफ्नो प्रेमिकालाई चिठीमा लेखेका छन्– पार्टीसित गद्दारी नगर्नू । क्रान्तिको बाटो कहिल्यै नछोड्नू । आज म, मेरो देश, मेरो पार्टी र साथीहरूबाट टाढा छु तर जति टाढा भए पनि पार्टी र क्रान्तिको वेदीमा आफूलाई आहुति दिनका लागि आफूलाई झन् तयार र योग्य पार्नेबाहेक मेरो अर्को कुनै योजना, कार्यक्रम वा इच्छा छैन तर यदि तिमीले पार्टी र क्रान्तिसित गद्दारी गर्‍यौ भने मैले त्यो अपराधलाई क्षमा दिन सक्ने छैन वा दिने छैन (सिंह, २०८१, पृ. ८४०–४१) ।

    उपन्यासमा लेखकले हाम्रो प्रेम नरहन सक्छ भन्ने आशय व्यक्त गरेका छन किनकि यो प्रेमभन्दा लेखकको आफ्नो पार्टी, क्रान्ति र देशप्रतिको अगाध प्रेम कैयौँ गुणा माथि थियो । यदि उनले आफ्नी प्रेमिकाप्रतिको प्रेम नै सबैथोक ठानेका थिए भने उनले उपन्यासका अर्का पात्र डा. जगदीशको जस्तै उनकी प्रेमिका सुनन्दाका लागि डा. जगदीशले जसरी माक्र्सवाद छोडेर गान्धीवादी बन्ने कुरा गरेका थिए, लेखकले पनि त्यसै गर्न सक्थे र जलजलालाई सजिलै अपनाउन सक्थे तर त्यसो गरेनन् ।

    पार्टीले कारबाही गरेपछि पार्टीको निर्णय शीरोधार्य गरी अजित अनिश्चित यात्रामा निस्किन्छन । त्यहाँ मानवीय आवेग हुन्छ । आफैले जीवन समर्पित गरेको पार्टीले कारबाही गर्दा पनि पार्टीको कुनै प्रतिवाद नगरी रामझैँ वनबास गए अजित । पार्टीप्रतिको माया झन् उब्रिएर आयो । उल्टै देश र पार्टीका साथीहरूबाट धेरै टाढा दक्षिण भारतको समुद्र्री किनारको कोभलममा उभिएर माथि आकाशमा उड्ने बादललाई पुकार्दै आफ्नो पार्टी, क्रान्ति र देशप्रतिको अगाध प्रेमको सन्देश आफ्नो हिमालको काखमा रहेको सुन्दर देश नेपालसम्म पुर्‍याइदिन अनुरोध गर्दछन् ।

    यसबाट प्रष्ट हुन्छ, उनी आफ्नी प्रेमिकालाई प्रेम गर्थे । यो सबैले गर्छन् । यो स्वाभाविक प्रेम हो तर उनले आफ्नो सम्पूर्ण जीवन पार्टी, क्रान्ति र देशको लागि भनेर समर्पित गरिसकेको हुँदा उनको आफ्नी प्रेमिकाप्रतिको प्रेम गौण थियो । पार्टी, क्रान्ति र देशप्रतिको प्रेमप्रधान वा प्रेमिकाप्रतिको प्रेमभन्दा कैयौँ गुणा बढी प्रेम थियोे, पार्टी, क्रान्ति र देशप्रतिको प्रेम किनकि उनी प्रेमिकासित प्रेममा पर्नुभन्दा धेरै पहिला नै जेल भित्रैबाट आत्मसमर्पण गर भन्नेका नाममा लेखेको कविताले धेरै कुरा बताइसकेको छ । यसरी “कामरेड जलजला” लेखकको पार्टी, क्रान्ति र देश र जनताप्रतिको अगाध प्रेमको कृति हो । “कामरेड जलजला” क्रान्तिको अर्को नाम हो, क्रान्तिको पर्याय हो । त्यसैले उनी जताततै जलजला देख्छन् : आफूभित्र, सुनन्दाभित्र, रोल्पाको धुरीभित्र, ब्ल्याक होलभित्र, पार्टीभित्र इत्यादि ।

    भन्नुको मतलब क्रान्ति, क्रान्ति, क्रान्ति किनकि क्रान्ति र पार्टीको हितका खातिर निरन्तर सङ्घर्ष गर्नु नै उनको कर्म हो । उनलाई आफ्नो कर्मप्रति अगाध आस्था र विश्वास छ र कर्मलाई अगाध प्रेम गरेका छन् । त्यहीँभित्र छिन्, उनकी प्रिय जलजला । त्यसैले “गीता” को ‘निष्काम कर्म गर’ भन्ने आदर्श वाक्यलाई अजितले जीवनभरि पच्छाइरहन्छन् । आफ्नो कठिन दुखले आर्जेको पार्टी, चिनियाँ ओपेरा नाटक “रातो लालटिन” जस्तै कैयौँ आधीबेहरीबाट जोगाएर राखेको क्रान्तिकारी विचार र पार्टीनिर्माणका कथाजस्ताका त्यस्तै नयाँ पिँढीलाई “कामरेड जलजला” उपन्यासमार्फत हस्तान्तरण गरेका छन् । यो कृति कम्युनिस्ट र क्रान्तिकारी आन्दोलनको अजेय हतियार बनेको छ ।

    भोलिका दिनमा यो अमर कृतिमाथि असङ्ख्य भाष्य, टीकाहरू लेखिनेछन् । थुप्रै डिस्कोर्स चल्नेछन् । डिजर्टेसन लेखिनेछन् । विद्यालय/विश्वविद्यालयका कक्षा कोठाभित्र, लाइब्रेरी जताततै जलजलाको चर्चा हुनेछ । यो कृति समयको वहाबसँगै झन्भन्दा झन् समृद्ध र उत्कृष्ट बन्दै जानेछ र लेखकको आमामय विश्व बनाउने सपना साकार हुनेछ ।

    यही जगमा पहिलो भाष्य उनकै प्रिय कामरेड एवम् विद्यार्थी मनोज भट्टले “कामरेड जलजला” उपन्यासको विवेचना नाम दिई पुस्तक प्रकाशित गरेका छन् । “कामरेड जलजला” उपन्यासमा पहिलो भाष्य लेख्ने लेखक भनेर इतिहासमा नाम लेखाउन सफल भएका लेखक मनोज भट्टलाई हार्दिक बधाइ छ ।

    यस्तो सुनौलो र समुद्रभन्दा गहिरो जग भएको “कामरेड जलजला” मा टेकेर लेखकले यो पुस्तकमा जलजलाको सारलाई आफ्नो तर्कमार्फत सुन्दर बनाउने प्रयास गरेका छन् । “कामरेड जलजला” उपन्यास प्रत्यक्ष पढ्न नपाएका पाठकका लागि यो उपन्यास किन पढ्नैपर्ने पुस्तक हो भनेर गणितीय ढङ्गले प्रमाणित नै गरेका छन्, “कामरेड जलजला” उपन्यास नपढीकन त नेपाली कम्युनिस्ट आन्दोलनका के कुरा गर्नु, यो कृति नेपाली मार्क्सवादी विद्यार्थीका लागि वा कम्युनिस्टका लागि कम्युनिस्ट घोषणापत्र जस्तै महत्वपूर्ण छ ।

    “कामरेड जलजला” उपन्यास मार्क्सका ठुला ठुला भोल्युमजस्तै छ । मनोज भट्टको यो किताबमा “कामरेड जलजला” उपन्यासलाई सङ्क्षेपीकरण गरिएको कम्युनिस्ट घोषणापत्रजस्तै आकारमा सानो छ तर आँखाको नानीझैँ छ । लेखकले यो लेखनीमा वैज्ञानिक दृष्टि निर्माण गरी पुस्तक प्रकाशन गर्न सफल भएका छन । लेखकको यो क्षमता सराहनीय छ ।

    “कामरेड जलजला” उपन्यासको यो सार लेख्दा लेखक यति सजग र गम्भीर देखिनु यो उपन्यासको महत्ता र गरिमालाई झन् माथि उठाउने प्रयत्न हो भन्ने प्रष्ट देखिनुको पछाडि उनले जलजलालाई हेर्ने मार्क्सवादी दृष्टिकोण अपनाएर यसलाई अझै माथि पुर्‍याएका छन् । त्यसैले मार्क्सवादरूपी पुलको सहारामा लेखकले आफ्नो कृति “कामरेड जलजला” उपन्यासको विवेचना प्रिय पाठकमाझ ल्याएका छन् ।

    पुस्तकको ज्ञानमीमांसा, विधि, कथानकको विश्लेषण गर्ने क्षमता, मौलिकता र लेखकले आफ्नो अध्ययनशील क्षमतालाई उत्कृष्ट ढङ्गले पाठकमाझ व्यक्त पनि गरेका छन । नेपाली साहित्याकाशमा नयाँ कृतिले विचरण गर्ने अवसर पाएको छ । आकार २५८ पेज, उत्कृष्ट अक्षरको साइज र डिजाइन र मूल्य रु. ४२५ रहेको छ ।

    एकदिनमै “कामरेड जलजला” को रसास्वादन गर्न मिल्ने गरी लेखिएको यो उत्कृष्ट पुस्तक विवेचनाका लागि लेखक प्रिय मनोज भट्ट र प्रकाशक गीता म्याडम दुबै जनालाई पुन: हार्दिक बधाई छ । पाठकले यो पुस्तकका शब्द शब्दसँग खेलेर आनन्द प्राप्त गर्ने नै छन् र भोलिका दिनमा यसको पनि गहन अध्ययन, चर्चा/परिचर्चा, समीक्षा र समालोचना हुने नै छ ।

    प्रिय पाठकले जीवन र जगत् बुझ्न आफ्नो जीवनमा कम्तीमा एकचोटी यी दुबै कृति पढ्न अनुरोध गर्दछु । लेखकद्वयको आमामय संसार बनाउने सपनामा यो पुस्तकले पनि अमूल्य योगदान पुर्‍याओस् । शुभकामना ।

    सन्दर्भ ग्रन्थ

    भट्ट, मनोज (२०८२). कामरेड जलजला उपन्यासको विवेचना. डोटी : गीता भट्ट ।

    सिंह, मोहनविक्रम (२०८१). कामरेड जलजला. काठमाडौँ : जनशिक्षा गृह ।

    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.