• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हुलाकी सडकको निर्माणमा भारतीय हस्तक्षेप आपत्तिजनक: मसाल

"राजमो टोलीद्वारा अनुगमन "

  •   बिहिबार, असार २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ पचुईमा भारतीय पक्षले पूर्व पश्चिम हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेकोप्रति आपत्ति जनाएको  छ ।

    Advertisement

    बिहीबार वक्तव्य प्रकाशित गरी मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालको भूमिमा रहेको हुलाकी सडक कालोपत्रे गर्नबाट रोक लगाउन खोज्ने भारतीय साम्राज्यवादी नीतिको विरोध गर्नुभएको छ । उहाँले यस विषयमा नेपाल सरकारले आवश्यक कदम उठाएर उक्त सडक निर्माणको कार्यलाई अगाडि बढाउन जोड दिनुभएको छ ।

    यस्तो छ वक्तव्यः ‘२०७६ सालको चैत्र महिनामा नेपाल तथा भारतको प्राविधिक टोलीले कञ्चनपुर जिल्लासँग जोडिएको नेपाल भारत सिमानमा संयुक्त रूपमा स्तम्भ निर्माण गर्ने कार्य अगाडि बढाइएको थियो । नेपालतर्फ सिमा स्तम्भ निर्माण गर्ने क्रममाा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा लामो समयदेखि भोगचलन गर्दै आएका नेपाली किसानहरूको लालपुर्जा प्राप्त जमिन सहित नेपालतर्फका नर्सरी, सिंचाइ नहर, स्थानीय विद्यालयको लालपुर्जा प्राप्त जमिन, निर्माणाधीन हुलाकी सडकका केही भाग समेत भारततर्फ पारिएकोमा त्यसको विरोध स्थानीय जनता लगायत देशव्यापी रूपमा भएको थियो । त्यसरी नेपालको भूमिलाई वैधानिक ढङ्गले भारतीय पक्षले अतिक्रमण गरेपछि त्यो संयुक्त सिमाङ्कनको कार्य रोक्ने सहमति भएको थियो ।

    अहिले नेपालकोतर्फबाट कञ्चनपुरदेखि झापा जोडेने निर्माणाधीन हुलाकी सडकको कञ्चनपुर बेलौरी खण्डको बेलौरी नगरपालिकाको वडा नं. ८ को पचुई क्षेत्रमा भइरहेको हुलाकी कालोपत्रे सडक निर्माण कार्यलाई भारतीय पक्षले रोकेको छ । वास्तवमा नेपालका किसानहरूले लामो समयदेखि उपभोग गर्दै आएको उनीहरूको लालपुर्जा प्राप्त जमिन, स्थानीय विद्यालय, हुलाकी सडकको केही भाग लगायतका क्षेत्रहरूलाई भारततर्फ पार्ने षडयन्त्र भएकोले नै नेपाली जनतद्वारा त्यसको व्यापक विरोध भएपछि नेपाल र भारतको संयुक्त सीमाङ्कनको कार्यलाई रोकिएको थियो ।

    यसकारण स्पष्ट छ कि हुलाकी सडक नेपालको भूमिमा छ र त्यसलाई निर्माण वा कालोपत्रे गर्नबाट रोक लगाउन खोज्ने भारतीय साम्राज्यवादी नीतिको विरोध गर्दै यस विषयमा नेपाल सरकारले आवश्यक कदम उठाएर उक्त सडक निर्माणको कार्यलाई अगाडि बढाउनको लागि हाम्रो पार्टीले जोड दिन्छ ।’

    राजमो टोलीद्वारा अनुगमन
    यसैबीच राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले सडक अवरोध भएको ठाउँको शुक्रबार निरीक्षण गरेको छ । राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टको नेतृत्वमा गएको टोलीले सडकको निरीक्षण गर्नुका साथै स्थानीय र सशस्त्र प्रहरीसँग जानकारी लिएको थियो ।

    त्यस क्रममा गत साेमबार भारतीय एसएसबीका जवानहरुले सडक निर्माण गर्न अवरोध गरेपनि अहिले निर्माण कार्य जारी रहेको राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले जानकारी दिनुभयो ।

    भारतीयले सडक निर्माणमा अवरोध गरेको क्षेत्रको निरीक्षण गर्दै राजमो

    बिहिबार, असार २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.