• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कविताः आमा र मेरो देश


  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
  • मैले बाल्यकालमै
    आमाको काख सम्झनु परेन,
    किनकि त्यो काख
    समयले मेरो हातबाट खोसिदियो ।
    म निसासिदै हुर्किँदै थिएँ—
    आकाशतिर हेरेर नचिनिने बादलसँग कुरा गर्दै,
    रातभर तारा गन्दै
    आफ्‌नै आँसु छोप्दै।

    Advertisement

    तर,
    म एक्लो छु भन्ने भान
    देशले कहिल्यै हुन दिएन।
    जुनबेला आमाले छोपिदिनुपर्ने दुःख
    देशले आफ्‌नो चोट मानेर छोपिदियो ।
    जुनबेला आमाले समातिदिनुपर्ने हात
    देशले नछुटाई काधमा राखिदियो ।

    मैले नपाएको
    आमाको माया
    देशले सडकको धुलोमा पखेरो झैँ छरिदियो—
    जहाँबाट म बटुल्दै गएँ
    लघुवाक्य, आशा, गीत
    र देशको हृदयमा बाँच्ने उज्यालो ।

    देशका पहाडहरूले
    मलाई ढाड थपिदिए—
    “नडरा,
    तैंले हाम्रा ढुंगाहरू जस्तै मजबुत हुनुपर्छ” भन्दै।
    देशका नदीहरूले
    मेरो पीडा बगाइदिए—
    “आफ्‌ना दुःख थुपारेर बग,
    जीवनको किनार अझै अगाडि छ” भन्दै।

    देशका जंगलहरूले
    मलाई सिकाए
    अडिग हुन सक्तैन भने बोटजस्तै बिऊ पर्छु,
    तर उभिन सक्छु भने
    छायाँ बन्न सक्छु ।
    देशका हावाले
    कानै नछोपिकन भन्थे—
    आमाले भनेको जस्तै,
    “नरम भएर बाँच,
    कठोर भएर लड।”

    मैले नपाएको
    आमाको मायाले भिजेको हातको स्पर्ष
    देशका मानिसहरूका मुस्कानमा भेटेँ ।
    कहिल्यै नचिनेले पनि
    “छोराजस्तो” भनी बोलाउँथे—
    म यो आवाजलाई
    आमाको सुमधुर पुकारजस्तै पवित्र ठान्थेँ।

    हाँसो, परिश्रम,
    र घामबाट पोलिएको अनुहारहरू—
    यी सबैमा मैले
    आमाको हराएको माया भेटेँ ।
    कसैले मलाई बोलाए—
    “अहिले धेरै थाक्यौ होला, पानी खाउ।”
    कसैले भने—
    “जीवनलाई बलियो बनाउ, यस्तो दुःख भइरहन्छ ।”
    त्यो प्रत्येक वाक्यमा
    आमाको आशीर्वाद सुन्ने गर्थेँ।

    देश मेरो लागि
    कागजको नक्सा मात्र रहेन,
    देश
    मेरा श्वासको आधार बन्यो—
    मेरो अपूर्णताको पूर्णता बन्यो,
    मेरो हृदयको मातृत्व बन्यो।

    मैले नपाएको
    आमाको स्नेह
    देशले आफ्‌नो रगतले लेखेर दिएझैँ लाग्छ—
    मुटुमा जलिरहेकै देशप्रेम
    मैले वाल्यकाल मै गुमाएको आमाको मायाको
    सबैभन्दा उज्यालो रूप मानेको छु ।

    आज पनि हावाले
    कानमा फुसफुसाउँछ—
    “तँ एक्लो छैनस्,
    देश छ तँसँग।”
    त्यही आवाज सुनेर
    म बिस्तारै हाँस्छु,
    आकाश हेर्छु,
    र गर्वले भन्छु—
    “मैले नपाएको आमाको माया
    देशबाट पाएको छु।”

    बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.