• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रवासी नेपालीको मताधिकार र राइट टू रिजेक्ट


  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अंक १३ मा प्रकाशित सम्पादकीय

    Advertisement

    जेनजी आन्दोलनको नाममा गठन भएको भनिएको सुशीला सरकारले राइट टू रिजेक्ट (नो भोट) सम्बन्धी अध्यादेश ल्याउन लागेको छ तर प्रवासी नेपालीको मताधिकारसम्बन्धी व्यवस्था भने अहिले पनि कार्यान्वयन नहुने पक्काजस्तै छ किनकि विदेशमा रहेका नेपालीको मतदाता नामावली तयार नभईकन यो काम कार्यान्वयन हुने छैन । हालसम्म सरकारले कानुन ल्याउन नसकेका कारण यो मताधिकार लागु हुने देखिँदैन । यता राइट टू रिजेक्ट प्रावधान भने लागु गर्न सरकार कटिबद्ध भएको देखिन्छ ।

    लोकतन्त्रमा राइट टू रिजेक्टको प्रचलन छ तर यस्तो प्रावधान थोरै देशमा छ । चुनाव बहिष्कार पनि प्रकारान्तरले राइट टू रिजेक्ट हो । त्यसबाहेक मतदाता निर्वाचन केन्द्रसम्म नपुग्नु पनि राइट टू रिजेक्ट नै हो । यी सबैभन्दा फरक राइट टू रिजेक्ट भनेको मतपत्रमा नै उम्मेदवारप्रतिको असन्तुष्टि हो । तुलनात्मक रूपमा यो मतदान प्रक्रियाप्रति सहभागितामूलक विरोध हो । आजभोलि कैयौँ विकसित भनिएका देशले यस्तो प्रावधान राख्न थालेका छन् । हाल कार्की सरकारले पनि यो प्रावधान ल्याउन थालेको छ ।

    विदेशस्थित नेपालीको मताधिकारको माग गत दुई दशकभन्दा बढी समयदेखि उठ्दै आइरहेको छ । भारतबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजले पहिलो संविधानसभा निर्वाचन प्रयोजनहेतु मतदाता कानुन ल्याउँदादेखि नै यो माग गर्दै आएको छ तर हालसम्मका सरकारले समयाभावको कारण देखाउँदै यसलाई अस्वीकार गर्दै आएका छन् । २०७५ सालमा सर्वोच्च अदालतले विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्नू भनेर फैसला गरिसकेको छ । अदालतले फैसला दिएको विषयलाई सरकारले सात वर्ष पूरा भइसक्दा पनि कार्यान्वयन गर्न सकिरहेको छैन । यस अर्थमा यो प्रकारान्तरले अदालती आदेशको अवज्ञा गर्नु हो ।

    नेपाल व्यापक सङ्ख्यामा युवाशक्ति विदेश पलायन भएको मुलुक हो । यहाँ जिडिपीको ३० प्रतिशतसम्म हिस्सा रेमिट्यान्सले ओगट्ने गरेको छ । पछिल्ला केही वर्षयता आर्थिक गतिविधि सुस्त रहिरहेका बेला रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानेको छ । रेमिट्यान्सकै कारण विदेशी मुद्रा सञ्चिति बढ्दै गइरहेको छ भने गरिबी न्युनीकरणमा योगदान पुगेको छ । राज्यले रोजगारी दिन नसकेको वा आन्तरिक उत्पादनमा वृद्धि गर्न नसकेको अवस्थामा रेमिट्यान्सले विपन्न जनताको दैनिकी चलिरहेको छ । करिब एकचौथाइ युवाशक्ति विदेशमा रहेकै कारणले देशको अर्थतन्त्र चलायमान अवस्थामा छ ।

    सामान्यतः सबै विदेशस्थित नेपाली मतदाता हुन् । तेस्रो मुलुकको वैदेशिक रोजगारीमा जान पासपोर्ट आधारभूत दस्तावेज हो । त्यस अर्थमा उनीहरू सबै मतदाता हुन् । भारतमा जानेहरू बालिग मतदाता हुन् । यसरी हालसम्म नेपालमा भइरहेका चुनाव देशको एकचौथाइ मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी नगराईकन सम्पन्न हुने गरेको देखिन्छ । लोकतन्त्रमा मताधिकार सामान्य अधिकार मानिन्छ किनकि मताधिकार लोकतन्त्रको आधार हो, मताधिकार लोकतन्त्रको अनिवार्य अधिकार हो । त्यसैले मतदानयोग्य उमेर पुगेका सबै नागरिकलाई मतदानमा सामेल गर्नु सरकारको अनिवार्य कर्तव्य हुन जान्छ । सरकारले विदेशस्थित नेपालीलाई मताधिकार मात्रै होइन, उनीहरूका लागि समानुपातिक प्रतिनिधित्वको व्यवस्था पनि गर्नुपर्दछ । यसो गर्दा विदेशस्थित नेपालीको आवाजलाई व्यवस्थापिकाले सम्बोधन गर्न सक्नेछ ।

    पक्कै पनि विदेशस्थित नेपालीको मताधिकारसम्बन्धी व्यवस्था गर्न नसक्नुमा कार्की सरकार मात्रै जिम्मेवार छैन । यो सरकार जेनजी आन्दोलनपछि मात्रै अस्तित्वमा आएको हो । यो सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने मात्रै म्यान्डेट पाएको छ । यसले उक्त प्रयोजनका लागि अध्यादेश मात्रै ल्याउन सक्दछ । त्यसैले विदेशस्थित मताधिकारका लागि कार्की सरकारको मात्रै कमजोरी छैन भन्ने स्पष्ट छ । त्यसैले देशको सम्पूर्ण राजनीतिक शक्तिहरू, खासगरी सत्तागमन गर्ने राजनीतिक दलहरू यस विषयमा गम्भीर हुनुपर्ने आवश्यकता छ ।

    बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    जनजाति मुक्ति आन्दोलन
    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.