काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला अध्यक्ष झविन्द्र वेलवासे मातृशोकमा पर्नुभएको छ । आमा बेली बेल्बासेको निधन भएको हो ।
Advertisement
मंसिर १६ गते बेलुका उपचारको क्रममा बेली बेल्बासेको ९३ बर्सको उमेरमा काठमाडौंस्थित वीर अस्पताल मा उपचारको क्रममा दुखद निधन भएको राजमो नेता आनन्द शर्माले जानकारी दिनुभएको छ । स्मृतीशेष बेली बेलवासे झबिन्द्र बेलवासेका साथसाथै बैकुन्ठ बेल्बासे, गोबिन्द बेल्बासे र ननुकान्त बेल्बासेको पनि आमा हुनुहुन्छ ।
आमा बेली बेलवासेको आज मङ्सिर १७ गते बिहान १० बजे आर्यघाटमा दाहसस्कार गरिने बताइएको छ ।