काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिटेन्स ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको रेमिटेन्स स्वदेश भित्रिएको छ ।
Advertisement
अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलव नौ प्रतिशतले वृद्धि भई चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा रेमिटेन्स २९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो ।