• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अहिले नेपालको तस्बिर डरलाग्दो छ


  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • चित्रबहादुर केसी ##

    Advertisement

    यहाँ यो उपद्रव हुनुमा निश्चित रूपले अमेरिकी साम्राज्यवादको भूमिका छ । प्राय: वक्ता साथीहरूले त्यसो भन्न बिर्सिनुभयो, अलि हिच्किचाउनु भयो ।

    दलाई लामाले सुशीला कार्कीलाई बधाई दिन्छन् । दलाई लामा तिब्बतबाट त्यहाँ जनताले त्यहाँ लखेटेपछि अहिलेसम्म नेपालमा कति सरकार बन्यो ? कति बने प्रधानमन्त्री ? अहिलेसम्म बधाई आएको थियो त ? कतिपय टिओबी (तिब्बत ओरजिनल ब्लड) को बिल्ला लगाएर यो आन्दोलनमा भाग लिए अनि तिनै ब्लडले अहिले पनि यो सरकारलाई थ्रेट दिइरहेका छन् । हाम्रो देशको स्थिति के हो ? सत्तामा बस्ने साथीहरूले यो जिम्मेवार लिन्नौँ जस्तो कुरा गर्नुभएको छ । सत्तामा शक्तिमा बस्नेहरूले जिम्मेवारी लिनुपर्दैन ?

    म त सँगै छु नि सदनमा, कैयौँपटक, कैयौँ वर्ष । नेपालमा राजनीति गर्ने भनेको पैसा कमाउन, घुस खान, भ्रष्टाचार गर्न हो । एक जना मित्रले भन्नुभयो, भ्रष्टाचार गर्न राजनीतिक पार्टी मात्रै होइन, कर्मचारीतन्त्र पनि दोषी हुन्छ । एकदम हो । कर्मचारीको मिलिभगत नभईकन नेताहरूले त एक्लै घुस खाने प्रबन्धन मिलाउनै सक्दैनन् । म त आफै उपप्रधानमन्त्री भएर १० महिना बसेको हो नि । कर्मचारीले कसरी सक्छन् घुस खान र खुवाउन ? त्यो दुइटैको मिलिभगत हो ।

    तपाईंहरू भन्न सक्नुहुन्छ नि हामी कति वर्षदेखि संसद्मा छौँ । गत ३० वर्षदेखि राष्ट्रिय जनमोर्चा संसद्मा छ । राष्ट्रिय जनमोर्चाले घुस खायो, भ्रष्टाचार गर्‍यो भनेर मलाई सुनाउनुस् त । म आफै पनि उपप्रधानमन्त्री भएको हो त । लेखा समितिको सभापति भएको हो त । त्यसो हुनाले पार्टी भ्रष्ट छन् तर तिनै भ्रष्ट पार्टीलाई बारम्बार जनताले भोट हालिरहन्छन् । त्यसकारण यो अहिलेको परिस्थितिको जिम्मेवार राजनीतिक पार्टी पनि हुन्† कर्मचारी पनि हुन् र स्वयम् नेपाली मतदाता पनि हुन् ।

    चुनावको अनुभव छ नि । के गर्छन् चुनाव आएपछि ? जितेर जाने, गइसकेपछि चुनावमा कति करोड खर्च भयो ? त्यसको लागि मन्त्री नभईकन, घुस नखाईकन चुनावमा लागेको खर्च असुल गर्नुपर्छ । त्यो कमजोरीबाट थाहा पाएर तुलसी राव भन्ने सिआइएको प्रमुख महिलाले भनिछन्– हामीले अहिलेसम्म ६५ देशमा सत्ता उलटपुलट गरियो । अब सिआइएको धेरै बदनाम पनि भएको छ । अब हामीले विचार गर्नुपर्छ ।

    हाम्रो सत्तामा, शक्तिमा बस्ने साथीहरूले अमेरिकी साम्राज्यवादले बोकाएको एमसिसी बोक्नुभयो कि भएन ? अहिले पनि सात अर्ब थपेको छ अमेरिकी सरकारले एमसिसीको माध्यमबाट । अझ कहाँ पुग्छ नेपाल हेर्नुहोला ।

    अहिले जेनजी आन्दोलनमा सबैभन्दा भूमिका सिआइएकै हो । अमेरिकी दूताबासले नयाँ पिँढीलाई लगातार काउन्सिलिङ गरिरहेको छ । पढाइरहेको छ । यी देशका राजनीतिक पार्टी नालायक हुन्, घुस्याया हुन्, भ्रष्टाचारी हुन्, यिनको विरुद्धमा लड्नुपर्छ भनेर अमेरिकी दूतावासले लगातार युथ काउन्सिलमा पढाइरहेको छ । हाम्रा छोराछोरी, नातागोता ठुलो सङ्ख्यामा अमेरिका गइरहेका छन्, त्यहीँ बसिरहेका छन् ।

    हामीले ६०–६५ वर्षसम्म पार्टी खोलेर पार्टी बढाउन नसकिने, पार्टी खोलेको चार महिनामा २१ सिट प्राप्त गर्छन् कतिले । अहिले पनि कैयौँको भनाइ छ, उही आउनुपर्छ । उही आयो भने मात्रै यो देश बच्छ ।

    अहिले हामीले नेपालको जुन तस्बिर देखिरहेका छौँ, त्यो अत्यन्तै डरलाग्दो छ । २००७ साल, २०४६ साल, २०६२–६३ सालका आन्दोलनमा भूमिका खेल्ने रअ थियो । अहिले ऊ पनि अलमलियो । भन्यो रे रअले, सबै नेपाल हाम्रो नियन्त्रणमा छ, हामीले खेलाउँछौँ’ भनेको त सिआइएले उछिनेछ हामीलाई । यो त थाहा हुनुपर्‍यो नि हामीलाई ।

    यहाँ कुरा ल्याउनुभयो एक जना मित्रले, चुनाव भए भाग लिने, चुनाव नभए नलिने । चुनावमा हार्नेजस्तो भए बहिष्कार गर्ने, जित्ने जस्तो भए भाग लिने । हामी त्यसो गर्दैनौँ । हामीले हारे पनि/जिते पनि भाग लिने हो ।

    संसदीय चुनावबाट आम जनताको समस्या समाधान हुन्छ भनेर हामी मान्दैनौँ । त्यसका लागि नयाँ जनवादी क्रान्ति हुनैपर्छ तर नयाँ जनवादी क्रान्ति हुनुभन्दा पहिले यो संसदीय व्यवस्था केही पनि होइन, यो अहिलेको संविधान केही पनि होइन, यसलाई सिध्याउनुपर्छ भनेको पनि त सुन्नुहुन्छ नि । यो अहिलेको जुन संसदीय व्यवस्था छ, यसलाई २०१७ सालमा स्वयम् राजा महेन्द्रले सिध्याइदिए । २०५९ मा ज्ञानेन्द्रले सिध्याए । स्वयम् एमालेका नेता ओलीले त दुईदुई चोटी विघटन गर्नुभयो ।

    यो लोकतन्त्र, संसदीय व्यवस्थाले जनताका यावत समस्या समाधान गर्छ भन्ने कुरा होइन । साम्राज्यवाद र सामन्तवादको अन्त्य गर्ने हो नि नयाँ जनवादी व्यवस्था भनेको त । त्यहाँसम्म नपुगुञ्जेल चुनावलाई बहिष्कार गरेर हिँडेर अथवा जित्नेजस्तो भए भाग लिने, हार्नेजस्तो भए बहिष्कार गर्नु त हुन्न । राष्ट्रिय जनमोर्चाले स्पष्ट भनेको छ, जुन सरकार बनेको छ, यो एनजिओ–आइएनजिओको हो । चोर भए नि, चन्डाल भए नि जनताले चुनेको सरकारलाई हटाएर, लखेटेर एनजिओ–आइएनजिओ बारबराको सरकार छ । कति सङ्कटमा छ यो देश ? को हो बारबरा ? थाहा होला तपाईंहरूलाई । हामीले जसलाई उज्यालोको देवता भनेको थियौँ, आखिर उनले पार्टी खोले ।

    कहाँबाट सञ्चालित भएछन् ? हामीलाई कति बेबकुफ बनाएका रहेछन् । त्यो जान्न त हामीले राजनीति पढ्नुपर्‍यो । बुझ्नुपर्‍यो नि । अहिलेको स्थितिमा देश रहन्छ कि रहन्न भन्ने प्रश्न हो ।

    अमेरिकाले त्यसै लगानी गरेको छैन ठुलो रकम । एमसिसी स्वीकार गर्ने बेलामा सत्तामा बसेकै साथीहरूले सुरुमा केही महिना त्यसबाट नेपाललाई अमेरिकाले यो ठाउँमा पुर्‍याउन खोजेको छ भनेर पढाए, तिनैले उफ्रेर गएर एमसिसी स्वीकार गरे ।

    नेपालमा के देखियो भने राजनीति गर्ने भनेको विशुद्ध कमाउन हो । कमाउने, कमाउने र कमाउने जुनसुकै हालतमा । पार्टी, जनवर्गीय सङ्गठन एनजिओ/आइएनजिओको पैसाले चल्छ भने त्यो कति सबल हुन्छ ? हामी गौरवसाथ भन्छौँ, नेपालमा संसदीय व्यवस्था सुरु भएदेखि राष्ट्रिय जनमोर्चा संसद्मा छ । म आफै उपप्रधानमन्त्री भएँ । म लेखा समितिको सभापति भएँ ।

    जनताले भोट किन नदिने अरे राष्ट्रिय जनमोर्चालाई भने यो सत्तामा जान सक्दैन, इत्रुको छ पार्टी । त्यो पो भन्छन् त ।

    देशमा विकृति–विसङ्गति छ । राजनीतिक पार्टी भ्रष्ट छन् । मैले २०७९ सालको चुनावपछि पुस २५ गते भनेको थिएँ– पहिलेदेखि सत्तामा, शक्तिमा बसेर रसास्वादन गरिरहेकाबाट लोकतन्त्र, गणतन्त्र सिध्याउन खोज्छन्, खोज्छन् तर तिनीहरू बाहिरबाट पनि अरू खतरा पनि आउँछन् । यी ठुला पार्टीलाई औँला नै देखाएर भन्छु । मैले त भनेकोभन्यै छु ।

    त्यति मात्रै होइन, बङ्गलादेशको घटना हुनुभन्दा पहिले मैले भनेको थिएँ, तिमीहरूको काम, घुसै खाने हो, भ्रष्टाचार मात्रै गर्ने हो, रकम लुकाउने हो र जनताको बास्ता गर्ने होइन भने बङ्गलादेशको बाढी यहाँ पनि आउँछ है । नभन्दै बाढी आयो कि आएन ? बङ्गलादेशको बाढी कसरी आयो ? तपाईंहरूले देख्नुभयो नि ।

    अमेरिकी सेनालाई चाहिएको बङ्गलादेशको एउटा टापु । त्यहाँको प्रधानमन्त्रीलाई दिन मानिनन् । उनलाई अहिले मृत्युदण्डको फैसला गरेको छ त्यहाँको अदालतले । साम्राज्यवादीले हाम्रोजस्तो देशका नेता, कर्मचारीलाई भाडामा खेलाउँछन्, पैसा दिएर । पैसा पाएपछि जे पनि गर्न तयार हुन्छन् यहाँका । मैले कसैलाई आरोप लगाउँदिनँ, म त बसेर हेरेको छु नि । क्याबिनेटमा बसेर मैले हेरेको छु नि, राजनीतिमा कस्तो हुन्छ ? राजनीति गर्ने भनेको आफू बन्न, आफ्ना परिवारलाई बनाउन किन भयो भने तिनीहरूले घुस खाएर, भ्रष्टाचार गरेको पैसा लगेर निर्वाचन क्षेत्रमा गएपछि जनताले आँखा चिम्लेर भोट हाल्ने उनीहरूलाई नै । त्यसो भएको हुनाले नेताले मात्रै बदमासी गरे भन्ने होइन ।

    सङ्घीयताको कुरा आयो नि । राष्ट्रिय जनमोर्चाले दुइटै संविधानसभामा यो प्रदेश चाहिँदैन, सङ्घीयता चाहिँदैन भन्या हो । सङ्घीयता त उता चाहिएर आएको हो नि । यहाँ ओली, शेरबहादुर, तपाईंहामीलाई चाहिएर हो र ? उता दक्षिणतिर चाहिएर हो । अस्ति सिके राउतले के भने, हामीलाई यस्तो व्यवहार गर्ने हो भने हामीलाई स्वतन्त्र मधेस चाहिन्छ । बनाउँछन् पनि स्वतन्त्र मधेस ।

    यहाँ एकथरी भन्छन्, राजा नआए देश बच्दैन । सिक्किम भारतले लाँदाखेरि राजा थिएनन् सिक्किममा ? अहिले भुटानलाई कठपुतली बनाएको छ इन्डियाले । त्यहाँ राजा छैनन् ? अनि यहाँ राजा ल्याएपछि नेपाल जोगाउँछन् ? छ खुबी ? त्यसकारण चोर भए पनि, चण्डाल भए पनि राजनीतिक पार्टीबाटै देश चल्नुपर्छ ।

    पछिल्लो काङ्ग्रेसह–एमालेको सरकार एक वर्षभन्दा बढी चलेको थियो तर सम्पत्ति विवरण बुझाएन । तपाईंहरूलाई सुन्दा नै आश्चर्य लाग्ला । हामीले सम्पत्ति विवरण जति बेला माग्यो, दिन्छौँ । “घर पनि छैन दाइ मेरो, डर पनि लाग्दैन कसैको” । हामीले घुस खाएका छैनौँ । भ्रष्टाचार गरेका छैनौँ । हामीलाई सम्पत्ति विवरण बुझाउन केको डर ? यी ठुला पार्टीका नेताले सम्पत्तिको विवरण किन दिन सकेनन् भने डढेको घरमा त पैसा छ । त्यस्तो गरेपछि देश रहन्छ ? साम्राज्यवादीले खोजेकै त्यही हो । यिनी जति भ्रष्ट हुन्छन्, तिनै भ्रष्टले कमाएको पैसाका पछाडि कार्यकर्ता, मतदाता लाग्छन् । यो दु:खको कुरा हो ।

    मैले यो छोटो कार्यक्रम भन्छु, तपाईंको प्रश्न नेपाल धनी हुन्छ कि गरिब, औद्योगीकरण हुन्छ कि के हुन्छ भन्ने भन्दा पनि नेपाल रहने हो कि होइन ? समस्या यो पो भयो । नेपाल रहन्छ कि रहन्न ? सिक्किम भारतमा जानुभन्दा पहिले सिक्किमका जनतामा भारतले सिक्किमलाई विलय गराउला भन्ने थियो ? भुटानलाई त्यो अवस्थामा राख्ला भन्ने अहिलेका भुटानका जनतालाई छ ? नेपाललाई अमेरिकाले चीन विरोधी प्लेग्राउन्ड गराउन चाहन्छ । त्यो अवस्थामा चीनले पनि बाटो हेरेर बस्दैन । त्यो दिन हाम्रो स्थिति के होला ?

    अहिले पनि २०७२ सालको संविधान काम लाग्दैन भन्या छन् दरबारियाले । यसलाई च्यात्नैपर्छ, फाल्नैपर्छ भन्या छन् । ६०–६५ वर्ष लाएर हामी लडेर ल्याएको हो यो अहिलेको संविधान । त्यहाँ गणतन्त्र छ, धर्मनिरपेक्षता छ, बहुदलीय व्यवस्था छ । त्यसलाई यी निरङ्कुश तत्त्वले देख्नै चाहेका छैनन् । उनीहरूले त तर मारेका छन् ।

    अब अहिले पनि जति पनि घर डढे विभिन्न पार्टीका नेता तथा कार्यकर्ताका, अरूले त भ्रष्टाचार गरेका थिए र उनीहरूका घर डढाले, कङ्ग्रेस, एमाले, माओवादीका घर । तपाईंहरूले भन्न सक्नुहुन्छ, राष्ट्रिय जनमोर्चाले कहाँ भ्रष्टाचार गरेको थियो भनेर ? हाम्रा विरोधीले भन्न सकुन त तैपनि राष्ट्रिय जनमोर्चाका चारओटा कार्यालय पोले त ¤ सुर्खेतमा पोले, अर्घाखाँचीमा पोले, प्युठानमा पोले, यहीँ बुटवलमा हाम्रो क्षत्विक्षत् पारे । जेनजीले भनेको भ्रष्टाचारीको पो त हो । किन भन्दा राष्ट्रिय जनमोर्चाले भन्दै आएको छ, अहिलेको मानवजातिको समस्या भनेको साम्राज्यवाद हो । साम्राज्यवादको अगुवाइ अमेरिकाले गर्दछ । जबसम्म संसारबाट अमेरिकी साम्राज्यवादलाई पराजित गरिँदैन, तबसम्म मानवजातिको अस्तित्वमाथि प्रश्नचिह्न उभिन्छ ।

    प्यालेस्टाइनी जनताको स्थिति हेर्नुहोस् त, कति ठुलो सङ्ख्यामा मान्छे मरिरहेका छन् ? हामीले पनि कुन पार्टी ठिक हो, कुन पार्टीको नीति गलत हो भन्ने कुरा बुझ्दैनौँ । विशुद्ध एनजिओ/आइएनजिओबाट आएको पैसा गुल्छर्रा उडाएर पार्टी बनाएको छ । पैसा उडाएको छ । जनतालाई किनेको छ । त्यसपछि सत्ता र शक्तिमा गएपछि फेरि भ्रष्टाचार गरेको छ । यस्तो कमजोरीबाट साम्राज्यवादले फाइदा उठाउँछन् ।

    बङ्गलादेशकै कुरा गर्नुस् । श्रीलङ्काकै कुरा गर्नुस् । भनिहालेँ नि तुल्सी रावतले भनेका कुरा । नब्बे हजार आठ सय नेपाली युवाले अमेरिकी दूताबासबाट तालिम लिए । अर्काे नयाँ पिँढीले त्यहाँ गएर पढ्छन् ।

    एक जना साथीले भन्नुभयो– हाम्रा छोराछोरीलाई कहाँ पढाउने ? देशभरका छोराछोरीलाई त्यहाँ लग्छन् र पढाउँछन् । चारै बजेदेखि जम्मा गर्दछन् केटाकेटी । उनीहरूलाई पढाउने के हो भने नेपालमा केही हुन्न । तिमी १२ पढेपछि कि जाने अमेरिका हो कि जाने अस्ट्रेलिया । हाम्रा छोराछोरी उनीहरूका पो बन्छन् त । बेसारे रङमा बस्छन् । देशभरी एउटा बस्दैनन्, हामीलाई उल्लु बनाउँछन् । यति राम्रो प्रकृति, यति राम्रो वनजङ्गल, यति राम्रो हावापानी भएको देश आज उजाड बनाए विदेशका र देशका सत्ताधारीले ।

    २००७ सालमा आन्दोलन भयो । २०४६ सालमा आन्दोलन भयो । २०६२–६३ सालमा आन्दोलन भयो । अहिले सिंहदरबार जल्यो, सर्वाेच्च अदालत जल्यो । साँच्चै भन्ने हो भने जेनजीलाई हाइज्याक गर्ने साम्राज्यवादी हुन् । उनका एजेन्ट हुन् । दलाई लामाको आशीर्वाद पाएकाले सरकारलाई उठ भने उठ बस भने बनाएको छ । अब यो सरकारले के गर्छ ?

    हामीले बुझ्नपर्ने कुरा हो, कुन राजनीतिक पार्टी ठिक हो ? कसको चरित्र ठिक छ ? यी कुरा रातारात बदलिने होइन । त्यसकारण मैले बारम्बार संसद्मा भन्ने गरेको छु, सबै ठुला पार्टीका बिचमा, तिमीहरू कि सच्चिनुपर्दछ कि बदलिनुपर्दछ । तिमीहरू नसुध्रिने हो भने राष्ट्र नै सिद्धिन्छ । चीनका विरुद्ध अमेरिका यहाँ आएर जुन गतिविधि गर्छ, सेना यहाँ ध्वंसात्मक गतिविधि गर्छ । त्यति बेला चीनले रमिता हेरेर बस्छ ? धुलोपिठो हुनेछ नेपाली जनता ।

    देशमा अहिलेको यो सामान्य जस्तो घटना देखिन्छ । यो सामान्य घटना होइन । नेपालको इतिहासमा यसरी साम्राज्यवाद सोझै आएको छ । एनजिओ/आइएनजिओको माध्यमबाट नेता र पार्टीको पर्दाफास भएको छ । त्यसकारण देशको राष्ट्रियता, सार्वभौमिकता र देशको अखण्डतालाई आँखाको नानीजस्तो बनाएर देश जोगाउनका लागि हामी मर्न तयार हुनुपर्दछ ।

    हामी त बुढा भयौँ । अहिले पुस्तान्तरणको कुरा पनि आयो । पुस्तान्तरणको कुरा के हो ? त्यो खालि तन्नेरीलाई राख्ने भन्ने कुरा हो ? २०५४ सालतिर म राष्ट्रिय जनमोर्चाको अध्यक्ष भएको हुँ । मलाई बनाउनुपर्छ भन्ने हाम्रा साथीहरू हुनुहुन्छ । पार्टीमा बसेपछि निर्णय मान्नुपर्छ ।
    मोहनजीकै कुरा गरौँ । ९१ नब्बे वर्षको हुनुभयो । आँखा देख्नुहुन्न तर पढ्नुहुन्छ १५–१६ घण्टा । अरूलाई पढाउनुहुन्छ । लेख्न हात चल्दैन तर आफूले भन्नुहुन्छ, अरूलाई लेखाउनुहुन्छ । तँ अहिले बुढो भइस त्यसकारण जा, हामीले पन्ध्र/सोह्र वर्षको ठिटा ल्याउँछौँ भन्न तपाईंले । उनलाई खाँचो भएर हो, हामीले उनलाई मानेको ? संसारमा कहाँ छ, यो बुढो भएछ, विस्थावित गर्नुपर्छ भन्ने ? यो नयाँ हल्ला हो ।

    बुढेसकालमा त यसै पनि स्वास्थ्य कमजोर हुन्छ । छोड्नु स्वाभाविक हुन्छ । म १७ वर्षमा हो पार्टीको सदस्य भएको । त्यति बेलासम्म म जेनजी नै थिए । म सडक आन्दोलनमा हिँड्थे । त्यसकारण पुस्तातरण भनेको हौवा हो । अहिले सत्तामा भएका कतिपय साथीहरू तन्नेरी नै हुनुहुन्छ त ? तन्नेरी साथीहरूले नेतृत्व गरिराख्नु भएको छ देश । किन यस्तो भयो ? किन अमेरिकी साम्राज्यवाद यस्तो खुलेआम आक्रमण गर्‍यो । हस्तक्षेप गर्‍यो त ? किन एनजिओ/आइएनजिओले यस्तो गरे ?

    राजा महेन्द्र र वीरेन्द्रले लखेटेको बार्बरा एडम्सलाई २०६५ सालमा प्रचण्डले नेपाली नागरिकता दिनुभयो । हजुरलाई पत्याउन गाह्रो पर्ला । मैले रिसले भन्या हैन । नेपालमा मेरो तितो अनुभव छ, सत्ता र शक्तिमा जान पाइन्छ भने जे पनि गर्न तयार हुने, साम्राज्यवादीका जस्ता एजेन्डा पनि बोक्न तयार हुने अनि देश बच्छ ?

    मानवजातिको मुख्य दुस्मन अमेरिकी साम्राज्यवादले नेपालको भूभाग प्रयोग गरेर धुलोपिठो पार्ने योजना बनाएको छ । ढिलोचाँडो नेपाली जनताले यो ध्वंस बेहोर्नुपर्नेछ । बार्बरा एडम्स फाउन्डेसनको अध्यक्ष को रहेछ ? महासचिव को रहेछ ? त्यो कसरी चल्दो रहेछ ?्र कसरी खाँदा रहेछन् ? यो कुरासँग के मतलब ? नेताहरूले कसरी देश डुबाएका रहेछन् ?

    अहिले कुरा आएको छ, प्रत्यक्ष कार्यकारी भनेको, प्रधानमन्त्री राष्ट्रपति जनताले भोट हालेर जितेको हुनुपर्ने । संसद्भित्रका सांसदले चुनेर, भोट हालेर पठाएको प्रधानमन्त्री अधिनायकवादी हुन्छ । राष्ट्रपति त अधिनायकवादी हुन्छ । भनेपछि त्यो पनि साम्राज्यवादी एजेन्डा हो ।

    नेपाली कङ्ग्रेस र एमाले ठुला पार्टी हुन् अहिले । त्यसलाई जिताउन साम्राज्यवादीले पैसा खर्च गरेको छ । बहुमत पुर्‍याउनुपर्दछ । प्रत्यक्ष कार्यकारी व्यवस्था हुँदा साम्राज्यवादले उसलाई किनिदिन्छ । उसलाई मात्र हात लिइदिन्छ । हाम्रोजस्तो प्रजातन्त्रको छोटो अभ्यास भएको देशमा समस्या आउँछ ।

    अमेरिकामा प्रत्यक्ष राष्ट्रपति छ । त्यहाँ पनि राष्ट्रपति डिक्टेटर भयो भनेर विरोध आइरहेको छ । त्यसैले नेपालका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति बेकारको विचार हो ।

    अहिलेको संविधान खारेज गर्नुपर्दछ भन्ने कुरा आएको छ । प्रतिगामीबाट यो कुरा आएको छ । दरबारियाबाट आएको छ किनभने यहाँ गणतन्त्र छ, धर्मनिरपेक्षता छ, समानुपातिक समावेशिता छ । त्यसकारण यो संसद्, संविधानलाई च्यात्नुपर्दछ भन्ने जुन कुरा आइरहेको छ, त्यसबारे हामी सतर्क हुनुपर्दछ ।

    अहिले देशमा बहुदल छ र यति कुरा गर्न पाइएको छ । पञ्चायत कालमा पनि भ्रष्टाचार हुन्थ्यो तर त्यति बेला बोल्न पाउनुहुन्थेन । तपाईंहरू अहिले कसले घुस खान्छन्, कसले खान्छन् ? नामै किटेर भन्न पाउनुहुन्छ । यही व्यवस्थाबाट नेपालका समस्या समाधान हुन्छ भन्ने होइन । त्यसका लागि नयाँ जनवादी क्रान्ति ल्याउनुपर्दछ । त्यसको लागि संसद्लाई उपयोग गर्नुपर्दछ । बहुदलीय व्यवस्थाको उपयोग गर्नुपर्दछ । नयाँ जनवादी व्यवस्था भनेको साम्राज्यवादको अन्य हो । साम्राज्यवादी शोषणको देशबाट अन्त्य हो ।

    (२०८२ मङ्सिर ६ गते रुपन्देहीको बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्र्रस्तुत मन्तव्यको सम्पादित अंश)

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.