काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा र सिपिआईएमल मासलाईनका महिला नेतृ यसएल शर्मा विच राजनीतिक सिस्टाचार भेटघाट भएको छ ।
Advertisement
सो भेटघाटको सन्दर्भमा दुबै देशका राजनीतिक विषयहमाथि छलफल गरिएको थियो ।
दुबै नेताहरूले नेपाल तथा भारतका श्रमजिवी वर्ग र उनीहरूको वर्गीय मुक्तिप्रति चिन्ता गर्दै जनवादी आन्दोलनलाई सफल पार्न कसरी सहकार्य गरेर जान सकिन्छ भन्ने विषयमा छलफल समेत भएको छ ।
उक्त अवसरमा युगदर्शनका पत्रकार गोविन्दकुमार शर्माको पनि उपस्थिती रहेको थियो ।
अन्तर्राष्ट्रिय महिला गोष्ठिका लागि भारतबाट प्रतिनिधीत्व गरी नेपाल आउनु भएकी एसएल शर्मा सहितका महिला प्रतिनिधीहरूलाई सोही अवसरमा विदाई गरिएको थियो ।