काठमाडौँ । प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेका छन् ।
Advertisement
अपराध अनुसन्धान ब्युरो (सिआइबी) टोलीले उनलाई २०८२ मङ्सिर १४ गते आइतबार पक्राउ गरेको हो ।
सिआइबीले गत कात्तिक २२ मा बैङ्कको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
सिआइबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् ।
९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।