के कालो निशा नचिरी बिहानी छाउँछ र ?
के देशद्रोहीहरू देशप्रेमको गीत गाउँछ र ?
Advertisement
ए ! राष्ट्रिय सम्पत्ति जलाएर जित्यो भन्नेहरू
के हामीले खरानीको थुप्रोबाट मुक्ति पाउँछ र ?
ए ! गुन्डुको गुन्डागर्दी प्लेकार्ड बोकेर जेनजीहरू
के “सहिदहरूको सपना” अब पूरा हुन्छ र ?
ए ! कैयान मुलुकहरूमा जेनजीको यस्तै छ
के आफ्नै घर तोडफोड गरेर शान्ति आउँछ र ?
ए ! फेरि नेपाली– नेपालीबिच लडायो साम्राज्यवादले
के अब “राष्ट्रिय एकता” को सूत्रमा बाँध्न सक्छ र ?
२०८२/०८/११