• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जेनजी आन्दोलनपछि देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ


  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • आनन्द शर्मा ##

    Advertisement

    आज देशको परिस्थिति अत्यन्तै अन्योलपूर्ण अवस्थामा रहेको छ । गत भदौ २३ र २४ गतेको घटनापछि देश कतातिर जान्छ भन्ने अनिश्चितको स्थिति पैदा भएको छ ।

    लामो समयदेखि हाम्रो देशमा भ्रष्टाचार र कुशासन व्याप्त थियो । त्यसकारण आम जनतामा व्यापक रूपमा असन्तुष्टि, आक्रोश र विरोध थियो । त्यस्तो परिस्थितिमा जनताको आवाज वा आन्दोलन कुनै पनि प्रकारले विस्फोट हुने परिस्थिति बनेकै अवस्था थियो ।

    गणतन्त्र आइसकेपछि पनि पालैपालो सत्तामा जाने राजनीतिक दल, नेता, उहाँहरूको भ्रष्ट र अकर्मण्यताको कारणले जनतामा व्यापक निराशाको परिस्थिति बन्न गयो । यस्तो परिस्थितिमा जनताको त्यो आक्रोश एउटा जेनजी आन्दोलनको रूपमा प्रस्तुत हुन गयो । जेनजी आन्दोलनले देशमा एउटा नयाँ परिस्थिति सिर्जना हुन गएको छ ।

    जेनजी आन्दोलन के हो ? यो कसरी चल्यो ? यो पनि छलफलकै एउटा बहसकै विषय बन्न पुगेको छ ।

    हाम्रो पार्टीको एउटा स्पष्ट धारणा रहेको छ, जेनजी प्रदर्शन सत्तामा रहने शक्तिको भ्रष्ट र अकर्मण्यता विरुद्धको आक्रोश हो तर जनताको त्यो आक्रोशलाई देशभित्रका प्रतिगामी शक्ति र विभिन्न साम्राज्यवादी शक्तिले आफ्नो हितको पक्षमा उपयोग गर्न कोसिस गरे । त्यसमा व्यापक घुसपैठ पनि गराइयो । राष्ट्रमा अभूतपूर्व रूपमा व्यापक तोडफोड भयो । ठुलो धनजनको क्षति भयो ।

    भदौ २३ गते सरकारले निहत्था विद्यार्थीमाथि अनावश्यक बलप्रयोग गर्‍यो । त्यसले गर्दा ठुलो एउटा मानवीय क्षति पनि हुन पुग्यो । भदौ २४ गते राष्ट्रका धरोहरलाई समाप्त पार्ने, जलाउने काम गरियो । यो इतिहासमा सबैभन्दा भयानक तोडफोड र आगजनी, राष्ट्रिय धरोहरको नोक्सान राष्ट्रले बेहोर्नुपर्ने स्थिति बन्यो ।

    अब यस्तो परिस्थितिबाट अहिले संसद् विघटन भएको छ । यो सरकार बनेको छ । सरकार संविधानको कुनै एउटा धारा भित्रबाट बनेको छैन । त्यो पनि एउटा असंवैधानिक ढङ्गले विघटन गरिएको छ ।

    फागुन २१ गते चुनावको मिति घोषणा गरिएको छ तर चुनाव हुन्छ कि हुन्न ? कुनै निश्चितता छैन । देश अत्यन्तै अन्योलपूर्ण र एउटा संशयको स्थितिबाट गुज्रिरहेको छ । यस्तो परिस्थितिमा हाम्रो चिन्ताको विषय, नेपाली जनताको चासोको विषय, नेपाली जनताले रगतसँग साटेर प्राप्त गरेका उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकजस्ता उपलब्धि कायम रहन्छन् कि रहँदैनन् ? राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डता पनि संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ ।

    हामीले देख्यौँ, अमेरिकी साम्राज्यवादले पनि यो आन्दोलनमा व्यापक रूपमा घुसपैठ गरेको र आफ्नो उद्देश्यअनुरूप जनताको आक्रोशलाई आफ्नो योजनामुताबिक परिचालन गर्न प्रयत्न गरेको हामीले महसुस गर्‍यौँ, चाहे त्यो टिओबीको नाममा होस्, फ्री टिबेट मुभमेन्टको नाममा होस् वा कथित अमेरिकन युथ काउन्सिलको नाममा होस् ।

    विगतका यस्ता स्थितिबाट जुन एउटा विदेशी शक्तिको घुसपैठ भयो, त्यसबाट प्राप्त उपलब्धि खोस्नको लागि देश भित्रबाटै भएका प्रतिगामी योजना र षड्यन्त्र भयो । अब यो परिस्थितिलाई राष्ट्रले कसरी चिरेर जाने भन्ने एउटा गम्भीर र सङ्गीन स्थिति राष्ट्रको सामु पैदा भएको छ । निश्चय नै यो कार्यक्रममा यो विषयमा विभिन्न राजनीतिक दलका नेता कमरेड र विभिन्न प्रबुद्ध बुद्धिजीवी साथीहरूले आफ्ना महत्त्वपूर्ण विचार व्यक्त गर्नुभएको छ ।

    यसले वर्तमान परिस्थितिलाई बुझ्न र राष्ट्रलाई अगाडि बढाउने विषयमा वैचारिक रूपमा महत्त्वपूर्ण योगदान यो कार्यक्रमले गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै हाम्रो पार्टीको निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका विभिन्न पार्टीका नेता कमरेड, विभिन्न बुद्धिजीवी साथी र सबै सहभागी कमरेड साथी सबैलाई हार्दिक स्वागत गर्दै म यहाँबाट बिदा हुन चाहन्छु ।

    (२०८२ मङ्सिर ६ गते राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा दिइएको स्वागत मन्तव्य) ।

    मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.