• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आफ्नो मुक्तिको लागि जनताको सेवा


  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    समाजका मान्छेहरू दुईमध्ये एउटा मनोविज्ञानसहित काम गरिरहेका हुन्छन् । पहिलो आफ्नो स्वार्थका लागि अरूलाई काम गराउने उद्देश्य हो । त्यो उद्देश्यलाई आफ्नो नाममा दर्ता भएका उत्पादनका साधन आफ्नो नाममा दर्ता भएका छन् । जोसँग जति धेरै उत्पादनका साधन आफ्नो नाममा दर्ता भएका छन्, त्यति धेरै सम्पत्ति थपिँदै जान्छ । अरूलाई उपयोग गर्ने उद्देश्य पूरा हुन्छ । सम्पत्ति जति थोरै हुन्छ, त्यति धेरै अरूकहाँ गएर श्रम बेच्न पर्छ । आफ्ना दैनिक आवश्यकता पूरा गर्न अरूलाई उपयोग गर्न सक्दैनन्, आफै अरूबाट उपयोग हुन्छन् । उत्पादनका साधन आफ्नो नाममा थोरै दर्ता भएको भए पनि उद्देश्य भने धेरै दर्ता गराउने हुन्छ । मान्छेले आफ्नो उद्देश्यअनुसार काम गर्छ । त्यसकारण उद्देश्यमा आमूल परिवर्तन गराउनु क्रान्तिकारीको मुख्य काम हो ।

    जनता परम्परागत तरिकालाई प्रयोग भइरहेका हुन्छन् । समाजमा धेरै पुस्तादेखि व्यक्तिगत सम्पत्ति व्यवस्था रहँदै आएको छ । त्यसबाट सामूहिक स्वार्थ होइन, व्यक्तिगत स्वार्थले स्थान पाउँछ । सामूहिक श्रमबाट मात्र हाम्रा आवश्यकता पूरा भएका हुन्छन् । आवश्यकता पूरा गर्न सामूहिक श्रम चाहिने तर सम्पत्तिको स्वामित्व व्यक्तिगत हुने—यही असङ्गतिले गर्दा समाजमा शोषण, दमनको आवश्यकता परेको हो र समाज शासक र शासितमा विभाजन भएको हो । सम्पत्तिका मालिक शासक भएको हुनाले शोषण, दमन गर्ने र व्यक्तिगत सम्पत्ति थप्नुपरेको हो । शोषण, दमन सहने क्षमता विकास गराउनका लागि स्वर्ग र अर्को जुनी अनि भाग्यजस्ता काल्पनिक विषयवस्तु, मानव समाजमा प्रचलित बनाइएको हो । यिनीहरूको सोझो सम्बन्ध व्यक्तिगत सम्पत्ति थप्ने र अन्यायपूर्वक श्रमको शोषण गर्नेसँग हुन्छ ।

    दोस्रो मनोविज्ञान समाजमा भएका उत्पादनका साधनलाई सामूहिक स्वामित्वमा दर्ता गरेर सञ्चालन गर्ने हो । त्यसो गर्दा समाजका सबै मान्छेमध्ये कसैले पनि अरू मान्छेलाई शोषण गर्ने मनोविज्ञान रहने छैन । त्यस्तो मनोविज्ञान समाजवादी मनोविज्ञान हो । त्यसलाई सम्पत्ति आफ्नो नाममा दर्ता हुनु, थोरै हुनु, धेरै हुनु, हुँदै नहुनु कुनै अवस्थाले पनि छेकबार लगाउन सक्दैन । छेकबार लगाउँछ भने श्रम बेच्ने योग्यताले र त्यस्तो योग्यता विकास गर्न नसक्ने क्षमताले लगाउँछ । योग्यता क्षमताको विकास गर्ने प्रयत्न गर्ने हो भने नसकिने कुरा हुन्न । हामीले समाजवादी व्यवस्था स्थापना र सञ्चालन गर्न चाहन्छौँ भने सबैभन्दा पहिले पार्टी चाहिन्छ ।

    धेरै पुस्तादेखि व्यक्तिगत स्वामित्वमा उत्पादन र वितरण हुँदै आएको व्यवस्थामा तुरुन्तै आमूल परिवर्तन नहुन सक्छ तर पनि हामी अन्तिम समयसम्म सङ्घर्ष गर्न तयार हुनुपर्छ । पार्टी सञ्चालन हुने पक्ष विपक्षको अन्तरविरोधबाट हो । त्यो अन्तरविरोध बढ्दै जाँदा अथवा पार्टीले गति लिइरहँदा सर्वहारा वर्गको अधिनायकत्वतिर अगाडि बढिरहेको हुन्छ । सर्वहारा त्यही हो, जसले आफ्नो श्रम खर्च गरेर व्यक्तिगत पारिवारिक खर्च टार्छ । समय र पैसा बचाएर पार्टीले दिएको जिम्मा पनि पूरा गर्छ । त्यस्तो अवस्थामा नेतृत्व नपुग्दासम्म अथवा त्यस्तो अवस्थाको पार्टीलाई नेतृत्व गर्न सक्षम व्यक्ति नहुँदासम्म त्यसैको लागि सङ्घर्ष चलिरहन्छ ।

    समाजवादको स्थापना र सञ्चालन गर्ने पार्टीले पार्टीभित्रको गुटबन्दीलाई प्रोत्साहन दिनुको सट्टा हतोत्साही पार्छ । मजदुर र किसानको पार्टी बनाउन प्रोत्साहन दिन्छ । त्यसको लागि जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन सक्नुपर्छ । पार्टीभित्रको सत्ता कब्जा गर्न लाग्ने व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैन । कम्युनिस्ट पार्टीभित्र स्वतन्त्रताको अर्थ नेतृत्वसहितको स्वतन्त्रता हो । पार्टीको उद्देश्यअनुसार बढी काम नहुने वा धेरै कार्यकर्ता परिचालन हुन नसक्ने अवस्था आयो भने नेतृत्व बदल्न अनिवार्य हुन्छ ।

    समाजमा महिला, विद्यार्थी, युवक, किसान, मजदुर, जनजाति, दलितजाति आदि विभिन्न जनवर्गीय सङ्गठन हुन्छन् । कम्युनिस्ट पार्टीका सदस्यले ती सबै जनवर्गीय सङ्गठनमा काम गर्नुपर्छ । त्यो भनेको ती जनवर्गीय सङ्गठनलाई आफ्नो आफ्ना वर्गीय हितको पक्षमा मात्र होइन, पार्टी र क्रान्तिको पक्षमा काम गर्ने, नेतृत्व प्रदान गर्ने कम्युनिस्ट पार्टीले नै हो । त्यसको लागि जनताबिच गर्ने मुख्य चारओटा काम हुन्छन् । पहिलो– पार्टीका पत्रिका, पुस्तक, पुस्तिका अध्ययन गराउने† दोस्रो– आफ्ना नेताको भाषण सुनाउन जनतालाई जम्मा गराउने† तेस्रो– नेतृत्वकर्तालाई जम्मा गरेर प्रशिक्षणको व्यवस्था मिलाउने र चौथो जनालाई सांस्कृतिक कार्यक्रम देखाउने ।

    यी चार ओटामध्ये कुनै एउटा काम पनि एकल प्रयत्नबाट सम्पन्न हुन सक्दैन । सङ्गठित प्रयत्नको आवश्यकता पर्दछ । त्यही सङ्गठित प्रयत्नमा सबैभन्दा बढी आफ्नो योगदान थप्ने व्यक्ति कम्युनिस्ट कार्यकर्ता हो । त्यो जिम्मा पूरा गर्नलाई नेतृत्वमा हानथाप होइन, सामूहिकताको अभ्यास गर्नुपर्छ । सामूहिकताको अभ्यास अरूलाई काम गराउन सिपालु हुनेभन्दा आफूले बढीभन्दा बढी योगदान थप्ने सक्ने गरी प्रतिष्पर्धात्मक कसरत गर्नुपर्छ । त्यसो गर्नलाई आफूले नेतृत्वको अभिनय गर्ने होइन, काममा खट्ने र अध्ययन गर्ने मान्छे वर्तमान समाजमा सम्मानित होइन, अपहेलित हुन्छ किनभने वर्तमान समाजिक व्यवस्था, परम्परा, धर्म, शासन सबैको विरोधी हुने एकातिर प्रचलित संविधान र नियमावलीलाई नमान्ने अर्कोतिर भएको हुन्छ । त्यसकारण समाजमा आफ्नो अस्तित्व जोगाइराख्न कठिन सङ्घर्ष गर्नुपर्छ । त्यस्तो प्रतिकूल अवस्थामा अर्थतन्त्रसँग परिवासँगै किसान, मजदुर र शोषित–उत्पीडित श्रमजीवी वर्गसँगै अगाडि बढ्न आफूले अथक प्रयत्न जारी राख्नुपर्छ । त्यसो गर्न नसक्ने व्यक्तिले कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सक्दैन । जनताको सेवा गर्नुपर्छ भनेको पनि सर्वहारा वर्ग र श्रमजीवी जनताको साथमा रहेर आफ्नो श्रम खर्च गर्ने हो ।

    समाजका हरेक मान्छेको उद्देश्य मुक्ति प्राप्त गर्ने तरिकासँग सम्बन्धित हुन्छ । मुक्ति सम्पन्न वर्ग र विपन्न वर्गको विरोधी प्रकृतिको हुन्छ । सम्पन्न वर्गको मुक्ति विपन्न वर्गको श्रम शोषणमा अडेको हुन्छ । उत्पादनका धेरै साधन आफ्नो नाममा दर्ता गराउने त्यसमा अरूलाई काम गराएर आफूले जे गरे पनि अथवा काम नगरे पनि आफ्ना आवश्यकता पूरा भरहने अवस्थालाई सम्पन्न वर्गको मुक्तिको अवस्था मानिन्छ । त्यसको ठिक विपरीत समाजमा कुनै पनि व्यक्तिले अर्को व्यक्तिको श्रम शोषण गर्न नपाउने अवस्थालाई श्रमजीवी वर्गको मुक्तिको अवस्था मानिन्छ ।

    समाजका सबै मान्छेले योग्यताअनुसार काम गर्ने र कामअनुसार दाम लिएर आफ्नो व्यक्तिगत पारिवारिक खर्च व्यवस्थापन गर्ने अवस्था नै समाजका सबै मान्छेको मुक्तिको अवस्था हो । त्यसको लागि उत्पादनका साधन कारखाना राज्यको स्वामित्वमा र खेतीकिसान सबै सहकारी स्वामित्वमा दर्ता गरिनुपर्छ । परिवारलाई आर्थिक एकाइका साथसाथै राजनैतिक एकाइ पनि बनाउनुपर्छ । त्यो कामको लागि बाधक वर्तमान राज्यसत्ता छ ।

    राज्यसत्ताका व्यक्ति एकातिर सम्पन्न वर्गको अधिनायकत्वअन्तर्गत सञ्चालित छन् । अर्कोतिर विपन्न वर्गका भए पनि रोजगार छन् । राज्यसत्ता कर उठाएर खर्च गर्ने अधिकारसहित छ र सशस्त्र सेनासहितको दमनकारी शक्तिसहित पनि छ । राज्यसत्ताले दमनसहित र उदारतासहित काम गर्छ । त्यसको ठाउँमा जनताको सशस्त्र शक्ति प्रयोग गरेर जित्ने काम मात्र होइन, जनताप्रति जवाफदेहिता कायम गर्ने शक्तिले राज्यसत्ता कब्जा गर्नुपर्दछ । राज्यसत्तामा रहेका उत्पीडक तत्त्वलाई हटाएर जनताप्रति उत्तरदायी भई काम गर्ने शक्ति राज्यसत्तामा रहने पहिलो सर्त हो । जनताको मुक्ति जनताप्रति जवाफदेही शक्तिले राज्यसत्ता कब्जा गरेपछि सुरु हुने भए पनि क्रान्तिकारी पार्टीका कार्यकर्ता पहिल्यै मुक्त भएको हुनु आवश्यक छ ।

    राज्यसत्तामा जनसङ्ख्याको एक प्रतिशत मात्र सङ्गठित शक्ति हुन्छ । त्योमध्ये पनि राज्यसत्ताको सङ्गठित शक्तिभित्र पनि केही सङ्ख्या जनताको पक्षमा काम गर्ने शक्ति हुन्छ । त्यसकारण कम्युनिस्ट कार्यकर्ताले आफ्नो मुक्तिको लागि जनताबिच काम गर्नपर्छ ।
    जनतालाई राजनैतिक हिसाबले सचेत पार्नुपर्छ । त्यो भनेको वर्गसङ्घर्षबाट विजयी भएपछि मात्र वर्गको मुक्ति सम्भव हुन्छ भन्ने कुरा स्वीकार गर्नुपर्छ । त्यसका लागि सङ्गठित भई काम गर्ने भावना जगाउनुपर्छ । राज्यसत्ता कब्जा गर्न बलप्रयोग आवश्यक हुन्छ । समाज परिवर्तनका लागि बलप्रयोगले काम गर्दैन । जनताको राजनैतिक चेतनास्तर उच्च बनाएपछि राजनीति सही भएको अथवा गलत भएको आफै थाहा पाउँछन् ।

    जनताको फैसलालाई कसैले रोक्न सक्दैन । जहाँसम्म सम्पत्ति सामूहिक स्वामित्वमा लैजाने तरिका हो, ठुला ठुला कारखानालाई बलप्रयोग गरेर सरकारी स्वामित्वमा लगे पनि साना साना खेती र घरेलु उद्योगलाई उदाहरण देखाएर सुविधा हुने विश्वास गराएर मात्र आफै सहकारीमा आबद्ध हुने वातावरण बनाउनुपर्छ । शोषण घटाउने र सामूहिक श्रमको उपयोग गर्ने सिलसिलामा नै सामूहिक रूपमा काम गर्ने सहकारी पद्धतिमा जनता सहभागी हुँदै जान्छन् । त्यसबाट जीवन पद्धतिमा र आवश्यकतापूर्ति सम्बन्धमा सुविधा उपभोग गर्दै जान्छन् । बलप्रयोगको आवश्यकता घट्दै जान्छ र राज्यसत्ताको उपयोगिता पनि घट्दै जान्छ । जनताको राजनैतिक चेतनास्तर निम्न भएकाले र व्यक्तिगत स्वामित्वअन्तर्गत उत्पादन र वितरण हुँदै आएको हुनाले बलप्रयोग गर्ने दमनकारी राज्यसत्ताको आवश्यकता बढी भएको हो । जनता आफै सल्लाह गरेर काम गर्ने र सामूहिकताको प्रयोग गर्ने कामले गर्दा राज्यसत्ता बैलाउँदै जान्छ । काम र आवश्यकता नभएपछि राज्यसत्ता काँसको बञ्चरो र सती प्रथाजस्तै सङ्ग्राहलयमा सुरक्षित रहन्छ ।

    व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन भएको हुनाले मान्छे मान्छेबिच शत्रुताको सम्बन्ध रहेको हो । सबै उत्पादन र वितरणमा सामूहिकताको प्रयोग भएपछि मान्छे मान्छेबिच मायाप्रेम र सद्भावको सम्बन्ध कायम हुन्छ । सबै मान्छे एक भएर प्रकृति विरुद्धको सङ्घर्षमा लाग्छन् । कसैले पनि अभाव र बेरोजगारीका पीडा ब्यहोर्नुपर्दैैन । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको समयको अन्तर्राष्ट्रिय मान्यतामध्ये आठ घण्टा कामको समय अझै घट्न सक्ने अवस्था आउन सक्छ ।

    वर्तमान पुँजीवादी समाजमा नाफा कमाउने होडदङ्गाले एकातिर ठुला ठुला पुँजीपति वर्गको उत्पादन गरिरहन्छ, अर्कोतिर हजारौँहजारको सङ्ख्यामा औद्योगिक सर्वहारा वर्ग उत्पादन भइरहन्छन् । निम्नपुँजीपति वर्गमा पनि पुँजीपति वर्ग र सर्वहारा वर्गमा धु्रवीकरण तीव्र हुन्छ । जति ठुलो उद्योग, कृषि फार्म र व्यापारिक कारोबार हुँदै जान्छ, त्यति धेरै सर्वहारा वर्गको विकास हुँदै जान्छ । त्यसबाट सर्वहारा वर्गलाई व्यक्तिगत सम्पत्ति जम्मा गर्ने र जम्मा गर्न सक्ने सम्भावना पनि समाप्त हुँदै जान्छ । उनीहरूमा वर्गीय भावना र वर्गीय स्वार्थ विकास हुँदै जान्छ । सुरुमा उनीहरू विभिन्न सङ्गठनमा आबद्ध भएका हुन्छ्न तर आन्दोलन गर्दै जाँदा आफ्ना वर्गीय मुक्तिका विषय बुझ्दै जान्छन् । आपसमा एकताबद्ध भई आफूलाई शोषण गर्ने पुँजपति वर्ग र ज्यालादारी प्रणाली विरुद्ध आपसमा मिलेर सङ्घर्ष गर्ने संस्कृतिको विकास हुँदै जान्छ । वर्गसङ्घर्षबाट राज्यसत्ता कब्जा गर्ने र समाजवादी व्यवस्था सञ्चालन गर्ने अवस्था आउँछ । समाजवादी व्यवस्थाको स्थापना र विकास हुँदै जान्छ । त्यो अवस्थामा समाजवादलाई अघि बढाउन वर्तमान समाजमा क्रान्तिकारीको वर्तमान जनताको सेवा गर्ने हो ।

    जनताको मुक्तिभन्दा पहिले आफ्नो मुक्तिको प्रश्न अगाडि आउँछ । आफू मुक्त भएपछि मात्र जनताको मुक्तिको लागि काम गर्न सकिन्छ । आफू मुक्त नभएसम्म आफै मुक्त हुने काम गरिरहनुपर्छ । आफू मुक्त हुने काम एक्लै सम्भव छैन । आफू मुुक्त हुने काम परिवारलाई आर्थिक एकाइका साथसाथै राजनैतिक एकाइ बनाउने कामबाट सुरु हुन्छ । वर्तमान समाजमा परिवार आर्थिक एकाइ मात्र हुन्छ । त्यसलाई राजनैतिक एकाइ बनाएर अगाडि बढाउने प्रयत्न क्रान्तिकारीको पहिलो कर्तव्य हो । त्यही सबैभन्दा अप्ठेरो काम हो तर लगातारको प्रयत्नबाट मात्र सफलता प्राप्त हुन्छ । कतिपय अवस्थामा सङ्घर्ष गर्दै आफू मात्र मुक्त भई पार्टी र क्रान्तिको पक्षमा काम गर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तो अवस्थाको पनि सामना गर्न आफू तयार भई आफ्नो दृढता व्यक्त गर्न सक्नुपर्छ किनभने क्रान्तिकारी कार्यकर्ताको काम पूर्णकालीन कार्यकर्ता भई आफ्नो जिम्मेवारी बहन गर्ने अवस्थाबाट मात्र अगाडि बढ्दै जाने हो ।

    सबैभन्दा पहिले आफ्नो राजनैतिक चेतनास्तर उच्च बनाउनुपर्छ । त्यसपछि मात्र जनताप्रति समर्पणभावसहित उनीहरूको राजनैतिक चेतनास्तर उच्च बनाउने काममा खट्न सकिन्छ । सङ्गठनमा आबद्ध गराएर निरन्तर अध्ययन, प्रशिक्षण, सङ्घर्ष र सङ्गठन चारओटै पक्षमा निरन्तरतासहित अगाडि बढ्नुपर्छ । वर्तमान शोषणयुक्त व्यवस्थालाई सधैँका लागि अन्त्य गराउन आफ्नो योगदान थप्ने उद्देश्य आफ्नो हुनुपर्छ । त्यसको लागि राजनैतिक कार्यक्रम अगाडि बढाउनुपर्छ ।

    आफू मुक्त हुने भनेको सङ्गठित शक्तिको एउटा सदस्य भएर अफ्नो जिम्मा पूरा गरिरहन सक्ने अवस्थामा पुग्ने हो । त्यसका लागि एकसाथ दुईओटा जिम्मेवारी पूरा गर्न सक्नुपर्छ । पहिलो जिम्मेवारी श्रम बेचेर आफ्ना घटीभन्दा घटी र परिवारका सदस्यको खर्च पनि परिवारबाटै श्रमको व्यवस्थापन गरी घटीभन्दा घटी आवश्यकता पूरा गराउने हो । दोस्रो सर्त भनेको केही पैसा र केही समय बचाएर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने हो । ती दुवै सर्त विकल्पविहीन हुनुपर्छ । त्यसको विकल्प भए/रहेसम्म पूरा सर्वहारा भई काम गर्न सकिन्न । नेतृत्वको मातहतमा रहेर काम गर्नुपर्छ । आफ्नो अधिनायकत्वको प्रयोग गर्न पाइन्न ।

    आफ्नो स्वामित्वमा उत्पादनका साधन वा व्यक्तिगत सम्पत्ति रहेसम्म जनताप्रति समर्पणभावसहित काम गर्नमा बाधा सृजना गर्छ । कम्युनिस्ट पार्टीमा काम गर्न सजिलो हुन्न । कठिनाइ परेको अवस्थामा आफ्नो वैकल्पिक स्रोतको उपयोग गर्नेतिर व्यक्ति लाग्छ । ऊ सर्वहारा व्यक्ति भई अधिनायकत्व प्रयोग गरेर पार्टीमा काम गर्न सक्दैन । कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गले आफ्नो अधिनायकत्व प्रयोग नगर्दासम पार्टीका गतिविधि स्वाभाविक ढङ्गले अगाडि बढ्न सक्दैन । जनताको सेवा गर्ने भनेको कम्युनिस्ट पार्टीको सदस्य भइ्र्र सामूहिकताको आधारमा जनताको सेवा गर्ने जिम्मेवारी पूरा गरेर मात्र हो । आफू सामूहिक कामको एउटा हिस्सेदार भएर काम गर्ने हो । जतिसुकै महान् व्यक्ति भए पनि एकल प्रयत्नले कुनै काम बन्दैन । जनताको सेवा गर्ने र आफू मुक्त हुने दुवै काम एकसाथ गर्ने नभएसम्म कम्युनिस्ट पार्टीका नेता हुन सकिन्न ।

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.