दाङ । अखिल नेपाल महिला सङ्घ दाङ मङ्सिर १ गतेदेखि घोराहीमा सुरु गरेको साताव्यापी नेतृत्व विकास प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
२०८२ मङ्सिर ६ गते शनिबार आयोजिक एक औपचारिक कार्यक्रममाझ सो कार्यक्रमको समापन भएको हो ।
महिला सङ्घको घोराही नगर समितिले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, महिला सङ्घकी राष्ट्रिय परिषद् सदस्य कृष्ण राना, महिला सङ्घकै जिल्ला सदस्य हीरा खनाल, नगर अध्यक्ष हेमा पोख्रेल, जातीय समता समाज दाङ जिल्ला समितिका कोषाध्यक्ष पोषण नेपाली तथा प्रशिक्षार्थीहरू कुन्ता खड्का, बसन्ता खड्कालगायतले मन्तव्य राख्नुभएको थियोे ।
प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीले आगामी पुस मसान्तसम्ममा आफ्नो आफ्नो टोलमा सङ्गठन विस्तार गर्ने जिम्मेवारी दिइएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको अध्यक्षता शोभा पोख्रेलले गर्नुभएको थियो ।
