• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रक्तिम कलाकारका दृष्टिकोणको प्रश्न


  •   बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    नेपालको सांस्कृतिक आन्दोलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारको पहिचान बेग्लै छ । रक्तिमसँग आबद्ध रहेर सांस्कृतिक क्षेत्रमा क्रियाशील कलाकारलाई जनताले रक्तिमका कलाकार अर्थात् जनवादी कलाकार भनेर चिन्ने गर्दछन् ।

    रक्तिमको इतिहास हेर्दा यो सङ्गठनको बीजारोपण निरङ्कुश पञ्चायती कालरात्रीको समयमा भारतको गोरखपुरबाट राजेश विश्वकर्माको संयोजकत्वमा अखिल नेपाल जनसांस्कृतिक सङ्गठनको नामबाट भएको पाइन्छ । यसै पृष्ठभूमिमा २०४३ साल चैत २६ गते जीवन शर्मा, मणि थापालगायतका प्रगतिशील कलाकारको सहभागितामा गठन भएको रक्तिम परिवार हाल रक्तिम सांस्कृतिक अभियान नामको सांस्कृतिक सङ्गठनको रूपमा सक्रिय रहँदै आएको छ ।

    रक्तिम सांस्कृतिक अभियान नेपाल कम्युनिस्ट पार्टी (मसाल) सँग निकतम सम्बन्ध राखेर काम गर्ने पार्टी प्रतिबद्ध सांस्कृतिक सङ्गठन हो । तसर्थ अरू कलाकारको भन्दा रक्तिम सांस्कृतिक अभियानका कलाकारको बेग्लै र सुन्दर दृष्टिकोण हुनुपर्दछ ।

    रक्तिमका कलाकारले अपनाउने बेग्लै र सुन्दर दृष्टिकोण भनेको सर्वहारावादी दृष्टिकोण नै हो । रक्तिमका कलाकारले सर्वहारा दृष्टिकोण नै किन अपनाउनु परेको छ ? हामी रक्तिमका कलाकारले यो प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्दछ । स्पष्ट रूपमा भन्नुपर्दा हामी कम्युनिस्ट कलाकार हौँ । हामी हाम्रो कलामार्फत समाजका मानिसलाई कम्युनिस्ट बनाउने अभियानमा छौँ । यसरी अरूलाई कम्युनिस्ट बनाउनुभन्दा पहिला हामी आफै कम्युनिस्ट बन्न सक्नुपर्दछ तर सर्वहारा दृष्टिकोणको अभावमा हामी कम्युनिस्ट बन्न सक्दैनौँ । हामी कम्युनिस्ट बन्नका लागि हाम्रो नैतिकता, हाम्रो अनुशासन, हाम्रो संस्कार, हाम्रो आनीबानी, सामाजिक तथा राजनीतिक क्षेत्रमा काम गर्ने हाम्रो तौरतरिका यी सबै अरूभन्दा फरक हुनुपर्दछ । अरूभन्दा फरक हुनुपर्छ भन्नुको अर्थ हाम्रो जीवनको सम्पूर्ण कार्यशैली अर्थात् जीवनपद्धति सर्वहारावादी दृष्टिकोणअनुरूप हुनुपर्दछ ।

    सर्वहारा दृष्टिकोण के हो ? हामी सबैलाई थाहा छ, सर्वहारा भनेको कुनै पनि निजी सम्पत्ति नभएको मानिस हो । सर्वहारासँग न बस्नलाई उसको आफ्नो घर हुन्छ, न उसको लालपुर्जा भएको जग्गाजमिन नै हुन्छ । ऊसँग व्यक्तिगत धनसम्पत्ति केही पनि हुँदैन । बाँच्नका लागि ऊसँग केवल श्रमशक्ति मात्र हुन्छ । बाच्नको लागि उसलाई अर्कैको उद्योग वा जमिनमा काम गर्नुपर्ने बाध्यता हुन्छ । यसैको परिणाम सर्वहारालाई निजी सम्पत्तिप्रति कुनै लालचा हुँदैन । निजी सम्पत्ति नै नभएपछि उसमा व्यक्तिगत स्वार्थ पनि हुने कुरा भएन । यसरी सर्वहाराले जे काम गर्छ, निस्वार्थ ढङ्गले गर्दछ । त्यति मात्रै होइन, सर्वहारालाई कलकारखानामा सामूहिक रूपले काम गर्नुपर्ने हुन्छ । सामूहिक रूपमा काम गर्दा व्यक्तिगत रूपमा सानो गल्ती हुन पुग्यो भने सिङ्गो कारखानामा ठुलो क्षति पुग्न सक्छ । त्यसैले सजगताका साथ उच्च अनुशासन कायम राखेर व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । यसका साथै उसले मालिकबाट सधैँ कुनै न कुनै तबरबाट शोषण झेलिरहनु परेको हुन्छ । तसर्थ शोषण विरोधी सङ्घर्षमा ऊ त्याग र बलिदान दिन पनि तयार हुन्छ । यसैकारणले पनि सर्वहारा वर्गलाई समाजको सबैभन्दा क्रान्तिकारी वर्गको रूपमा लिने गरिन्छ ।

    यसरी एक सचेत सर्वहारामा दुईओटा विशेषताको विकास भएको हुन्छ : एउटा– परिवर्तनप्रति त्याग र बलिदानको भावना; अर्काे– उच्च अनुशासन र निस्वार्थी भावना । सर्वहारामा भएका यी दुई विशेषतालाई अपनाएर काम गर्ने सोचाइ राख्नु नै सर्वहारा दृष्टिकोण हो ।

    सर्वहारा दृष्टिकोणको ठिक विपरीत निम्नपुँजीवादी दृष्टिकोणले काम गरिरहेको हुन्छ । हामीमा निम्नपुँजीवादी दृष्टिकोणको अवशेष मात्र बाँकी छ भने पनि हामी कम्युनिस्ट हुन सक्दैनौँ ।

    निम्नपुँजीवादी दृष्टिकोण के हो ? हामी सबैलाई थाहा छ, हाम्रो समाजका प्राय: सबै मानिस थोरै थोरै भए पनि सम्पत्तिको मालिकको रूपमा बाँचिरहेका छन् । व्यक्तिगत सम्पत्तिको रूपमा उनीहरूसँग घर, जग्गा, पसल, गरगहना, दुईचार मुरी अन्न, गाईवस्तु आदि हुन्छन् । उनीहरूको दिमागमा सकेसम्म निजी सम्पत्ति कसरी बढाउन सकिन्छ वा कसरी बढीभन्दा बढी धनी बन्न सकिन्छ भन्ने विचार आइरहन्छ । धनी बन्न नसके पनि भएको सम्पत्ति कसरी जोगाउने भन्ने पिर र त्रासले उनीहरूलाई सताइरहन्छ । यसरी निम्नपुँजीपति मानिसमा व्यक्तिगत स्वार्थ र व्यक्तिगत महत्त्वाकाङ्क्षा चरम रूपमा वृद्धि भइरहेको हुन्छ । उसले गर्ने हरेक क्रियाकलाप आफ्नै स्वार्थ केन्द्रित भइरहेका हुन्छन् । सामूहिकताको भावना उसमा फिटिक्कै हुँदैन, भए पनि अत्यन्तै न्यून हुन्छ । “मै खाऊँ, मै लाऊँ, सुखसयल वा मोज मै गरूँ, अरू सबै मरुन् दुर्बलहरू” भन्ने भावनाले निम्नपुँजीपति चलिरहेको हुन्छ ।

    निम्नपुँजीवादी वर्ग कायर हुनुका साथै उसमा छलकपटी र भ्रष्टाचारी प्रवृत्ति व्याप्त हुन्छ । खासमा निम्नपुँजीपतिको जीवनपद्धति अस्तव्यस्त र भद्रगोल अवस्थामा रहने हुनाले यिनीहरूमा उच्च अनुशासन र नैतिकताको अभाव हुने गर्दछ । निम्नपुँजीपति वर्गमा रहेको यही विशेषताअनुरूपको सोचाइ राखेर चल्न खोज्नु नै निम्नपुँजीवादी दृष्टिकोण हो । अहिले नेपालमा गठित सबै नामका कम्युनिस्ट पार्टी, सङ्गठन र यससँग सम्बन्धित कार्यकर्ता र समग्रमा नेपाली क्रान्तिको बाटोसमेत यही निम्नपुँजीवादी दृष्टिकोणको सिकार हुँदै आएको छ । यही निम्नपुँजीवादी चिन्तनको प्रभावले रक्तिमका कलाकारमा समेत ठुलो असर पारिरहेको छ अर्थात् हामी रक्तिमका कलाकारमा सर्वहारा दृष्टिकोणको पक्ष अत्यन्तै कमजोर रहेको छ ।

    आज रक्तिम सांस्कृतिक अभियानले अपेक्षित प्रगति किन गर्न सकिरहेको छैन ? रक्तिममा लामो योगदान दिएका, रक्तिमबाटै नाम आर्जन गर्न सफल कयौँ चर्चित कलाकारसमेत किन सङ्गठनमा टिकिरहन सक्दैनन् ? उनीहरू किन विचलित हुन्छन् वा पलायनको बाटो समात्न पुग्छन् ? यसको मूल कारण भनेकै रक्तिमका कलाकारमा सर्वहारा दृष्टिकोणको विकास हुन नसक्नु हो ।

    हामी सबैलाई थाहा भएकै कुरा हो, रक्तिम सांस्कृतिक अभियानको कलाकार बन्नु भनेको निस्वार्थ रूपले सर्वहारा सांस्कृतिक आन्दोलनको सांस्कृतिक योद्धा बन्नु हो । यो यस्तो योद्धा हो, जो परिवर्तनको लागि निस्वार्थ रूपमा निरन्तर लडिरहन्छ । यससँग यति महान् विचार हुन्छ, ऊ कुनै पनि व्यक्तिगत स्वार्थ पूरा गर्नलाई यो आन्दोलनमा लागेको हुँदैन । सम्पूर्ण सर्वहारा वर्गको स्वार्थ पूरा हुँदा मात्रै ऊ आफ्नो स्वार्थ पूरा हुने ठान्छ । वर्गीय मुक्तिसँगै आफ्नो मुक्ति हुने कुरामा विश्वास राख्छ । यही विश्वासबाट प्रेरित भएर ऊ जस्तोसुकै कठिनाइ, दु:ख र पिर पनि सहन गर्न सक्छ । सुविधा लिने र सुख भोग गर्ने कुरामा ऊ कहिल्यै लोभ गर्दैन । यस्तो गर्नु भनेको धेरै नै मुस्किलको कुरा हो । एउटा कलाकारले आफूभित्र सर्वहारा दृष्टिकोणको विकास गर्न सक्यो भने मात्रै यस्ता मुस्किलको काम पनि सहजै गर्न सक्ने हिम्मत गर्न सक्दछ ।

    आज रक्तिमका कलाकारमा सर्वहारा दृष्टिकोणको निकै अभाव हुने गरेको छ । रक्तिमका कलाकारले के गर्न हुने ? के गर्न नहुने ? यसबारे थुप्रै आचारसंहिता र नियम बनाएर हाम्रा प्रकाशन र लेखमार्फत् हाम्रो सङ्गठनले प्रसार गर्दै आएको छ तर रक्तिमका कैयौँ कलाकारले यसबारे अनभिज्ञता प्रकट गरिरहेको हामीले पाउन सक्छौँ । माथिल्लो समितिले दिएका निर्देशनप्रति राम्ररी ध्यान दिने, सम्बन्धित समितिको बैठक नियमित गर्ने, बैठकमा नियमित उपस्थित हुने, सङ्गठनले दिएका जिम्मेवारी कडाइपूर्वक पालना गर्ने, सङ्गठन निर्माण र विस्तारमा खट्नेजस्ता कुरामा समेत कलाकारको उत्साह वा जाँगर नचल्नुको कारण दृष्टिकोणकै समस्या हो । सङ्गठन सञ्चालनको विधि अर्थात् जनवादी केन्द्रीयताको सिद्धान्तलाई आत्मसात गर्न नसक्नु, पार्टीको कार्यक्रममा नाच्नु, गाउनु, वा आफ्नो कला प्रस्तुत गर्ने कुरालाई पार्टी, सङ्गठन र क्रान्तिको हितको लागि हो भन्ने बुझाइ नराख्नु, आफूलाई पार्टीले वा कुनै अमुक नेताले प्रयोग गरेको अर्थमा बुझ्नुजस्ता सोचाइ पनि सर्वहारा दृष्टिकोणकै अभावले सिर्जना हुने सोचाइ हुन् ।

    वास्तवमा आजसम्म हेर्दा रक्तिमका गीत, नाच वा कला प्रस्तुतिबाट ठुलो सङ्ख्यामा मानिस कम्युनिस्ट विचारप्रति आकर्षित भएको पाउँछौँ । समाजमा भएका अन्याय, अत्याचार, शोषण, दमन, विभेद, असमानता, रूढिवाद, अन्धविश्वास, पश्चिमा छाडा संस्कृतिलगायतका तमाम विकृति र विसङ्गतिको विरुद्धमा चेतना जागृत गर्ने कार्यमा रक्तिमका कलाकारको ठुलो योगदान रहिआएको छ । अझ भन्नुपर्दा रक्तिमका सिर्जनाले मानिसको दिमागमा सर्वहारा दृष्टिकोण निर्माणको लागि सन्देश प्रवाह गर्दै आएको छ । त्यसैले रक्तिमका कलाकारप्रति जनताको बेग्लै आशा र भरोसा रहिआएको छ ।

    रक्तिमका कलाकार उच्च चेतनाले लैस क्रान्तिकारी मानिस हुन् भन्ने आम बुझाइ रहने गरेको छ तर रक्तिमका कलाकारलाई सर्वहारा दृष्टिकोणको कसीमा राखेर हेर्दा निराशाको तुँवालो देख्न सकिन्छ ।

    आज हामीले जुन भाव सम्प्रेषण गर्ने गीत गाउँछौँ, जुन संस्कार निर्माण गर्ने नाच वा अभिनय गर्छाैं अर्थात् जनताको अगाडि जुन दृष्टिकोण निर्माणको लागि कला प्रदर्शन गर्छाैं, त्यो अनुरूप स्वयम् हाम्रो जीवन व्यवहार चलिरहेको छ कि छैन ? कतै हामीले जनताको सामु भन्ने एउटा तर गर्ने अर्कै त गरिरहेका छैनौँ ? हामी कलाकारले यस प्रश्नमा हर क्षण स्वमूल्याङ्कन गर्नुपर्दछ ।

    रक्तिमको एउटा चर्चित गीत छ, ‘रातो लालटिन’ । हामीले यो गीत प्राय: गाउँदै र नाच्दै आएका छौँ । गीतमा ‘रातो लालटिन’ लाई क्रान्तिको प्रतीकको रूपमा प्रयोग गर्दै अन्त्यमा भनिएको छ– ‘आऊ सारा उज्यालोमा बाँच्न खोज्ने दाजुभाइ, असत्ति यो बतासबाट जोगाऊँ हाम्रो लालटिनलाई, डोर्‍याउनेछ सधैँ यसले समानताको गाउँ’ । यसरी हामीले ‘रातो लालटिन’ को गीत गाउँदै गर्दा वा यसमा अपेरा नृत्य प्रदर्शन गर्दै गर्दा जनताका आँखा हामीमाथि परिरहेको हुन्छ । यसमा हामीले सारा दाजुभाइलाई क्रान्तिमा आउनको लागि आह्वान गरिरहेका हुन्छौँ । हाम्रो क्रान्तिको बाटोलाई असत्ति बतासबाट जोगाउनको लागि चेतना प्रवाह गरिरहेका हुन्छौँ ।

    क्रान्तिले हामी जम्मैलाई समानताको गाउँतर्फ दोर्‍याउनेछ भन्ने चेतना जनतामा प्रवाह गर्दछौँ तर यै कुरा हामीले मञ्चमा नाचेर वा प्रस्तुति दिएर सकिनेबित्तिकै आफैलै बिर्सिरहेका हुन्छौँ अर्थात् क्रान्तिको मूल्य र मान्यताबाट हामी कलाकार स्वयम् विमुख हुन पुग्दछौँ । यसपछि मानिसले हामीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्न पुग्छ अर्थात् उनीहरूले हामीलाई केवल नाच्ने, गाउने मान्छेको रूपमा मात्र मूल्याङ्कन गर्न थाल्दछन् । तसर्थ हामी रक्तिमका कलाकारले आफूलाई नाच्ने, गाउने र बजाउने कुरामा मात्र सीमित राख्नुहुँदैन, हामी ‘रातो लालटिन’ गीतमा भनिएझैँ हत्केलाले छोपेर हुन्छ कि वा पछ्यौरीले ढाकेर हुन्छ, क्रान्तिको बाटोलाई जोगाएर अगाडि बढ्न सक्ने क्रान्तिकारी बन्नुपर्दछ ।

    हामीले गाउने गीतमा वा हामीले नाच्ने नाचमा मात्रै हामी क्रान्तिकारी बन्ने होइन, वास्तविक जीवन व्यवहारमा समेत हामी क्रान्तिकारी बन्न सक्नुपर्दछ । हामी गीत र नाचबाट अरूलाई एक किसिमको आदर्श सिकाउने तर वास्तविक व्यवहारमा आफ्नै चरित्र फरक देखाउने जोकर बन्नुहुँदैन । तसर्थ हामी रक्तिमका कलाकारले दृष्टिकोण निर्माण गर्ने कुरामा बढीभन्दा बढी ध्यान दिनुपर्दछ । दृष्टिकोण आफै निर्माण हुँदैन । यसको लागि पढ्नुपर्छ, लेख्नुपर्छ र सोहीअनुसार व्यवहारमा उत्रिनुपर्दछ ।

    रक्तिमका कलाकारमा पठन संस्कृति समाजका अरू मानिसभन्दा धेरै नै उच्च हुनुपर्दछ । रक्तिमका कलाकार नेकपा (मसाल) निकट प्रतिबद्ध कलाकार भएको नाताले यसको नीति सिद्धान्त र कार्यक्रममा सधैँ चिन्ता र चासो राख्ने गर्नुपर्दछ । रक्तिमका कलाकार कम्युनिस्ट तथा क्रान्तिकारी कलाकार भएकाले माक्र्सवादी–लेनिनवादी दर्शन तथा सिद्धान्तको गहिरो अध्ययनमा ध्यान दिनुपर्दछ । त्यति मात्रै होइन, रक्तिमका कलाकार आफ्नो सङ्गठन निर्माण र विस्तारमा जिम्मेवारीका साथ लाग्नैपर्दछ । सङ्गठन नै हाम्रो शक्ति हो भन्ने कुरा हामीले बुझ्नुपर्दछ ।

    रक्तिमका कलाकार समाजका अरू कलाकारभन्दा उच्च चेतनाले लैस कलाकार बन्नु जरुरी छ । चाहे कलाको दृष्टिमा होस् चाहे विचारको दृष्टिमा, चाहे सङ्गठनात्मक पक्षमा होस्, रक्तिमका कलाकारले आफूलाई अग्रभागमा उभ्याउनुपर्दछ । रक्तिमको पहिचानलाई यो उचाइमा उठाउनको लागि हामी रक्तिमका कलाकारले हामीभित्रको निम्नपुँजीवादी चिन्तनलाई पखाल्नैपर्दछ र सर्वहारा दृष्टिकोणअनुरूपको जीवन पद्धतिमा आफूलाई समर्पित गर्नैपर्दछ ।

    बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.