• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

राजमोले मङ्सिर २१ देखि मसान्तसम्म देशव्यापी प्रचारात्मक सभा गर्दै


  •   मङ्गलबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्न मङ्सिर २१ गतेदेखि मसान्तसम्म देशव्यापी प्रचारात्मक सभा गर्ने भएका छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ मङ्सिर २ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।
    बुटवलमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकले निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।

    तत्कालका लागि २१ जिल्लामा सभाको आयोजना गरिएको सो वक्तव्यमा केन्द्र्रीयस्तरको वक्तासमेत जानकारी दिइएको छ ।

    जेनजी आन्दोलनपछि फागुन २१ गते चुनाव अदालतमा विचाराधीन प्रतिनिधिसभा पुन:स्थापनाबारे पार्टीको धारणा राखिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको बैठक बुटवलमा सम्पन्न भयो । बैठकले देशको समसामयिक राजनीतिक परिस्थितिमाथि गम्भीरतापूर्वक छलफल गर्‍यो ।

    देशको विद्यमान राजनीतिकको केन्द्र्रमा जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थिति नै रहेको छ । त्यसबारे पार्टीले समय समयमा आफ्ना धारणा पनि सार्वजनिक गर्दै आएको छ । भ्रष्टाचारका विरुद्ध नारा दिएर जेनजीद्वारा सञ्चालित आन्दोलनलाई देशीविदेशी प्रतिक्रियावादी शक्तिले हाइज्याक गरेर आआफ्नो प्रतिगामी राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न सफल भएका छन् । संसद्को विघटन, संविधान बाहिरबाट सरकारको गठनजस्ता असंवैधानिक कार्य जेनजी आन्दोलनको नाममा भएका छन् । फागुन २१ गते आमनिर्वाचनको मिति तोकिए पनि सरकारले अझै निर्वाचनका पक्षमा विश्वसनीय वातावरण बनाउन सकेको छैन । प्रतिनिधिसभा पुन:स्थापनाका लागि पनि सर्वोच्च अदालतमा रिट परेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाको मागलाई पनि पूरै गलत भन्न सकिने अवस्था छैन ।

    कतिपय शक्ति कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतीय निर्वाचन प्रणालीमा मुलुकलाई लैजान वर्तमान संविधानलाई खतम गर्न उद्यत छन् । मुलुकमा अहिले पनि प्रतिगमनको खतरा कायमै छ । देशको राष्ट्रियता तथा सार्वभौमसत्ताका विरुद्ध साम्राज्यवादी शक्तिले षड्यन्त्र गरिरहेका छन् । राष्ट्रियताको रक्षाका लागि विभिन्न साम्राज्यवादी शक्तिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता झन् बढेर गएको छ ।

    भदौ २३ गते राज्यबाट भएको अत्यधिक र अनावश्यक बलप्रयोग तथा २४ गते भएको आगजनी र ध्वंसात्मक कार्यका लागि जिम्मेवार सरकार उच्चपदस्थ कर्मचारी तथा व्यक्ति जो जो जिम्मेवार छन्, उनीहरूलाई कारबाही गरिनुपर्दछ । २०१७ सालदेखि हालसम्म भएका भ्रष्टाचारजन्य कार्यका लागि विभिन्न सरकारमा संलग्न व्यक्ति तथा उच्चपदस्थ कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गरिनुपर्दछ ।

    मुलुकका अगाडि देखा परेका यी सबै समस्याका विरुद्ध सङ्घर्ष गर्न जनताको चेतना र सङ्गठनलाई माथि उठाउनुपर्ने आवश्यकता छ । त्यही कुरालाई मध्येनजर गर्दै बैठकले यही २०८२ मङ्सिर २१ देखि मसान्तसम्म केन्द्रबाट नै केन्द्रीय वक्ताले सम्बोधन गर्ने गरी विभिन्न जिल्लामा प्रचारात्मक सभा गर्ने ठेगान भएको छ । सभा हुने जिल्ला र वक्ताको विवरण यसै वक्तव्यमार्फत् सार्वजनिक गरेका छौँ ।

    १. रुपन्देही – का. चित्रबहादुर केसी, अध्यक्ष्य, राष्ट्रिय जनमोर्चा, २. बागलुङ – का. अमर थापा, केन्द्रीय सल्लाहकार, राष्ट्रिय जनमोर्चा र सुवास जिसी, अध्यक्ष, अखिल (छैठौँ), ३. प्युठान – का. दुर्गा पौडेल, उपाध्यक्ष, राष्ट्रिय जनमोर्चा ४. अर्घाखाँची – का. बोमबहादुर खत्री, नेता, राष्ट्रिय जनमोर्चा, ५. दाङ – का. मीना पुन, अध्यक्ष, अखिल नेपाल महिला सङ्घ केस, ६. बाँके – का. जनकराज शर्मा, उपाध्यक्ष, राष्ट्रिय जनमोर्चा, ७. कैलाली – मनोज भट्ट, महासचिव राष्ट्रिय जनमोर्चा, ८. कञ्चनपुर – मनोज भट्ट, महासचिव, राष्ट्रिय जनमोर्चा, ९. डोटी – मनोज भट्ट, महासचिव राष्ट्रिय जनमोर्चा, ११. सुर्खेत – रश्मीराज नेपाली, कार्यकारी अध्यक्ष, राष्ट्रिय जनमोर्चा, १२. कपिलवस्तु – भैरव रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान महासङ्घ, १३. गुल्मी – राजेन्द्र ढुङ्गाना, केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा, १४. नवलपुर – कृष्ण अधिकारी, नेता, राष्ट्रिय जनमोर्चा, १५. काठमाडौँ – आनन्द शर्मा, केन्द्रीय सल्लाहकार, राष्ट्रिय जनमोर्चा, १६. चितवन – सानोभाइ कार्की, अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्घ, १७. बारा – राजेन्द्र ढुङ्गाना, केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा, १८. नवलपरासी – बद्रे आलम, केन्द्रीय सल्लाहकार, राष्ट्रिय जनमोर्चा, १९. पाल्पा – सुरेश थापा, नेता, राष्ट्रिय जनमोर्चा, २०. रोल्पा – ज्ञामुराम न्यौपाने, नेता, राष्ट्रिय जनमोर्चा, २१. कास्की – शङ्कर बराल, केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा ।

    यी बाहेकका अन्य जिल्लाले पनि जिल्लास्तरीय सभा गर्ने ठेगान भएको छ । सम्भव भएका सबै जिल्लामा पार्टीले केन्द्रीय वक्ता पठाउनेछ ।

    पार्टीद्वारा आह्वान गरिएको प्रचारात्मक सभालाई सफल पार्न सम्पूर्ण पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।”

    मङ्गलबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • २.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ३.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ४.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ५.
      युग दर्शनलाई शुभकामना

    • ६.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ७.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ८.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.