• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

जिल्ला समन्वय समितिको भूमिका अभिभावकीय प्रकारको : थापा (भिडियो अन्तर्वार्ता)


  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले समन्वय समितिको भूमिका अभिभावकीय प्रकारको रहेको बताउनुभएको छ ।

    Advertisement

    सङ्घीयताअन्तर्गतको प्रादेशिक संरचना र स्थानीय तहको माझमा जिल्ला समन्वय समितिको भूमिका निष्क्रिय रहेको टिप्पणी भइरहेकै बेला उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    जिल्ला समन्वय समिति महासङ्घको कार्यक्रम तथा जिल्लाका कैयौँ योजनाको बारेमा भेटघाट गर्न कात्तिकको अन्तिम साता काठमाडौँ आउनुभएका थापासँग युगदर्शन मिडियाले भिडियो कुराकानी गरेको थियो ।

    ‘जिल्ला समन्वय समितिको भूमिका महत्त्वपूर्ण छ’ उहाँले भन्नुभयो– ‘अख्तियार कार्यान्वयन, प्रोत्साहन, अभिभावकीय र सिर्जनात्मक भूमिकामा समन्वय समिति छ ।’

    विभिन्न पालिकाको बिचमा समन्वय गर्दा वा जिल्लाजिल्लामाझको विषय आउँदा समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

    ‘दुई पालिकाबिचका परियोजना बाँडफाँट गर्दा, दुई जिल्लाले साझा योजना अघि बढाउँदा वा पालिकाका विभिन्न योजनाको सिफारिस गर्दा समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुन्छ’ उहाँले भन्नुभयो ।

    समन्वय समितिका प्र्रमुख थापाले संविधानले समन्वय समितिलाई बेग्लै तर महत्त्वपूर्ण भूमिका दिएको विचार व्यक्त गर्नुभयो ।

    अर्कोतर्फ बजेट बाँडफाँट समन्वय समितिले नगर्ने हुँदा आमजनतामा भने ‘यसको काम छैन’ भन्नेजस्ता टिप्पणी हुने गरेको उहाँले सुनाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘जनताले जसले बजेट दिन्छ, त्यसैलाई महत्त्व दिन्छन् । हामीसँग बजेट नहुँदा जनताले त्यति महत्त्व नदिएको हो कि जस्तो लाग्छ ।’

    पालिकाको आफूलाई आवश्यक बजेटको लागि केन्द्रको मात्रै मुख ताक्ने तर आफ्नै पालिकाका साधनस्रोत खोज्ने, त्यसको व्यवस्थापन गर्ने विषयमा ध्यान कम पुगेको सन्दर्भ उहाँले अन्तर्वार्तामा जोड्नुभयो ।

    तीन महत्त्वपूर्ण सडक

    समन्वय प्रमुख थापाले बागलुङका मुख्य तीन सडकको विषय लिएर काठमाडौँ आएको जानकारी दिनुभयो ।

    ‘पुष्पलाल राजमार्गअन्तर्गत बिहुँ खण्डको सडकमा असाध्यै लापरवाही भयो’ उहाँले भन्नुभयो– ‘बिहुँ खण्ड हिउँदमा धुलो ढाकिन्छ, बर्खामा हिलोले पुरिन्छ । त्यहाँका परालका टौवा माटोको थुप्रोजस्ता देखिन्छन् ।’

    बिहुँ खण्डको सडकको दूरावस्थाका कारणले त्यहाँका दुईओटा वडाका जनता तीव्र गतिमा अन्यत्र बसाइँसराइ गरेको उहाँको भनाइ थियो ।

    त्यस्तै कालीगण्डकी कोरिडोरअन्तर्गत बलेवा–मालढुङ्गा खण्डको १० किमि सडकको पनि दूरावस्था भएको उहाँले जानकारी दिनुभयो ।

    ‘कालीगण्डकी कोरिडोरअन्तर्गत मिर्मीदेखि बलेवासम्म सडक राम्रै बनेको छ तर बलेवा–मालढुङ्गा सडकखण्डको अवस्था अत्यन्तै खराब छ’ उहाँले भन्नुभयो ।

    एवम् प्रकारले सालझन्डी–ढोरपाटन सडकखण्डमा पनि प्रशस्त समस्या रहेको उहाँको भनाइ थियो ।

    ‘सालझन्डी–ढोरपाटन सडकखण्डअन्तर्गत बुर्तिबाङ–ढोरपाटन सडक द्रुत गतिमा बनोस भन्ने चाहन्छौँ’ उहाँले भन्नुभयो– ‘यदि यो सडक बन्यो भने ढोरपाटन क्षेत्रको कृषि, पर्यटनजस्ता क्षेत्रको विकासमा प्रशस्त मदत पुग्ने थियो ।’

    कालीगण्डकीमा ठेक्का खुला

    कालीगण्डकी नदीक्षेत्रसँग जोडिएको बागलुङ र जैमिनी नगरपालिका नदीजन्य पदार्थ उत्खनन् पुन: सुरु भएको उहाँले जानकारी दिनुभयो ।

    केही वर्षपहिले सर्वोच्चले उत्खनन्मा रोक लगाएका कारण नदीजन्य पदार्थ रोकिएको तर अहिले अदालतकै फैसलाका कारण वातावरणीय मूल्याङ्कन गरेर ठेक्का खुल्ला गरिसकेको उहाँले बताउनुभयो ।

    अझैसम्म ठेक्का प्रक्रिया सुरु भने भइनसकेको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख थापाले स्मरण गर्नुभयो– ‘अदालतले उत्खनन् गर्न रोक लगाएका बेला समन्वय समितिको पहलमा १८ लाख रुपियाँ राजस्व उठाएर बागलुङ नगरपालिकालाई दिइएको थियो ।’

    उहाँले गिटीबालुवा उत्खनन्बाट राजस्व उठाउने सम्भावना बागलुङ र जैमिनी नगरपालिकाको मात्रै भएको तर बागलुङका अन्यत्र पालिकामा त्यस्तो अवस्था नरहेको स्पष्टीकरण उहाँले दिनुभयो ।

    ढोरपाटन आकर्षक गन्तव्य

    अन्तर्वार्ताको क्रममा ढोरपाटन सिकार आरक्ष विश्वकै पर्यटकका लागि आकर्षक गन्तव्य बनेको बताउनुभयो ।

    ढोरपाटन क्षेत्रको विकासमा समन्वय समितिको भूमिकाबारे सोधिएको प्रश्नमा उहाँले सो क्षेत्रमा केन्द्र सरकारको नै हालीमुहाली चल्ने बताउनुभयो ।

    ‘भन्न त ढोरपाटनको नाममा नगरपालिकाको नाम नै राखिएको छ’ उहाँले भन्नुभयो– ‘तर सिकार आरक्षको सन्दर्भमा सम्पूर्ण अधिकार र राजस्व केन्द्र सरकारमा नै जाने गर्दछ ।’

    उहाँले त्यहाँको पर्यटनजन्य आम्दानीको केही भाग स्थानीय तहलाई दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    ढोरपाटनको नाउर सिकार विश्वकै उत्कृष्ट मानिएकाले र त्यसको स्वामित्व केन्द्रको रहेकाले पर्यटकहरू सिधै त्यहाँको सातओटा ब्लकमध्ये कुनै एक ब्लकमा हेलिकोप्टरबाट ओर्लिने गरेको उहाँले जानकारी दिनुभयो ।

    उत्तरगङ्गा जलविद्युत् आयोजना

    निसी गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकासँग जोडिएको उत्तरगङ्गा जलविद्युत् आयोजनाको निर्माण अहिले सुस्त भएको प्रमुख थापाले बताउनुभयो ।

    ‘पूर्व जलस्रोत मन्त्रीले चार सय मेगावाटजति विद्युत् उत्पादन गरेर आयोजनाको पानी भेरी नदीमा खसाल्ने बताइरहेका छन्’ उहाँले भन्नुभयो– ‘यता बागलुङका जनताले भने आठ सय २८ मेगावाट नै विद्युत् निकालेर पानी बागलुङ क्षेत्रमै खसाल्न माग गरिरहेका छन् ।’

    सो विवादका कारण सो परियोजना निर्माणको कार्य सुस्त बनेको उहाँको भनाइ थियो ।

    राजमो नेतृत्वको पालिकामा बेरुजु कम

    राजमो केन्द्र्रीय सल्लाहकारसमेत रहनुभएका नेता थापाले आफ्नो पार्टीको नेतृत्व रहेका पालिकामा बेरुजु कम रहेको तथा केही सिर्जनशील कामसमेत भएको बताउनुभयो ।

    ‘राजमोको नीतिकार्यक्रमअनुसार हाम्रो नेतृत्व भएका पालिकामा तुलनात्मक रूपमा बेरुजु कम छ । केही सिर्जनात्मक काम पनि भएका छन्’ उहाँले भन्नुभयो ।

    राजमोको नेतृत्व भए पनि अन्य पार्टीसँग मिलेर पालिका सञ्चालन गरेका कारणले पूर्णत: आफ्नो योजनाअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘दुईओटा पालिकामा हामीले जिते पनि उपाध्यक्ष, वडाअध्यक्ष अरू पार्टीका छन् । दुईओटा पालिकामा त हामी उपाध्यक्ष मात्रै छौँ ।’

    राजनीतिक विचारधारा नै फरक भएकाले काम गर्दा केही अप्ठ्यारो अवस्था महसुस गरेको उहाँले स्वीकार्नुभयो ।

    काङ्ग्रेससँगको सम्बन्ध

    बागलुङमा राजमोको मुख्य प्रतिस्पर्धीको रूपमा नेपाली कङग्रेस रहेको र त्यही कारण राजमो–कङ्ग्रेस तीक्त बनेको प्रसङ्ग युगदर्शनले उठाउँदा उहाँले सो स्थिति स्वीकार गर्नुभयो ।

    ‘पहिले पहिले कङ्ग्रेससँगको सहकार्यमा सरर भएको होइन’ उहाँले भन्नुभयो– ‘तर काम गर्दै जाँदा हामीले सोचेजस्तो, हामीले विगतमा भोगेजस्तो कङ्ग्रेस रहेनछ भन्ने महसुस भएको छ ।’

    सहकार्य गर्दै जाँदा आफूहरूको प्र्रस्ताव कङ्ग्रेसले मान्ने र कङ्ग्रेसको प्र्रस्ताव राजमोले मान्ने अवस्था सिर्जना हुँदै गएको उहाँको अनुभूति थियो ।

    उहाँले भन्नुभयो– ‘बहुदल आएलगत्तै कङ्ग्रेसबाट बागलुङमा हामीले जे भोग्यौँ, त्यस आधारमा कङ्ग्रेसबारे जे सोच्यौँ, अहिले व्यवहारमा ठ्याक्कै त्यस्तो भएको पाइएन ।’

    चुनावको एकल तयारी

    जेनजी आन्दोलनपछि देश चुनावतर्फ सोझिएका बेला बागलुङमा राजमोले एकल रूपमै चुनावी तयारी थालनी गरेको उहाँले बताउनुभयो ।
    ‘जेनजी आन्दोलनलगत्तै हामी असोज ३–४ गते जिल्लास्तरीय प्रशिक्षण गर्‍यौँ । त्यससँगै बागलुङमा हाम्रो पक्षमा राजनीतिक उभार आइरहेको छ’ उहाँको भनाइ थियो ।

    जेनजी आन्दोलनपछिको राजनीतिक अन्यौलता चिर्न राजमो बागलुङले विभिन्न कार्यक्रम सुरु गरेको, त्यस क्रममा तिहारमा छओटा टोली बनाएर जनजागरण सञ्चालन गरेको उहाँले दाबी गर्नुभयो ।

    ‘अहिले हामी आफैले चुनावको तयारी गरेका छौँ, अरू दलको मानसिकता बुझ्नपट्टि लागेका छैनौँ’ उहाँले थप्नुभयो– ‘अहिलेसम्मको अवस्था हेर्दा अरूसँग मिल्ने विकल्प देखा परेको छैन । जिल्लाको राजनीतिक परिस्थिति अरूसँग नमिलेर एक्लै चुनाव लड्नेतर्फ अघि बढिरहेको छ ।

    (समन्वय प्रमुख थापासँगको भिडियो अन्तर्वार्ताको पूर्ण पाठ वाच गर्नका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=DAS2nDstuLMवाच गर्न अनुरोध गर्दछौँ)

    सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • २.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ३.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ४.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ५.
      युग दर्शनलाई शुभकामना

    • ६.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ७.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ८.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.