पोखरा (कास्की) । अखिल नेपाल जनजाति सम्मेलनको पाचौँ राष्ट्रिय अधिवेशनको सन्देश सभा जिल्ला समिति कास्कीको आयोजनामा सम्पन्न भएको छ ।
कार्यक्रममा सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.बि. थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै शंकर वरालको विशेष आतिथ्यता रहेको थियो भने, गणेश अधिकारी अध्यक्ष अखिल नेपाल युवक संघ, ढाकराम पौडेल अध्यक्ष उद्योग व्यापार संघ, प्रेम पौडेल अध्यक्ष मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समाज केन्द्रीय समिति, प्रविण पौडेल अध्यक्ष वुद्धिजिवि संघ जिल्ला समिति कास्की, शान्ति गुरुङ उपाध्यक्ष, अखिल नेपाल महिला संघ जिल्ला समिति कास्की, रजेन्द्र सुवेदी (सहसचिव राजमो गण्डकी प्रदेश, हरि खत्री सचिव राजमो पोखरा नगर समिति लगायतले अतिथि आसन ग्रहण गर्नुका साथै मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता डम्बर थापाले र संचालन टेक थापाले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई नाम बहादुर वाठा मगरले स्वागत गर्नुभएको थियो ।