काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले धमाधम पार्टी परित्याग गर्नेको लहर चलेको छट । हालसम्म १६ जना नेताहरूले सो पार्टी परित्याग गरिसकेका छन् । यसै बिच डा. तोसिमा कार्कीले पनि बाहिरने संकेत देखाएकी छिन् ।
जेनजी आन्दोलन पूर्व छिटफूट रुपमा सो पार्टी परित्याग गर्ने गरिएता पनि आन्दोलन पश्चात रास्वपा छाड्नेको लहर नै चलेको छ । हालसम्म सुमना श्रेष्ठ, डा. अरनिको पाँडे, डा. प्रभात अधिकारी, हरि भट्ट, सन्तोष परियार, गीता रेग्मी, महेश्वर घिमिरे, डा. अतिन्द्र दाहाल, डा. भरतमणि देवकोटा, राजेश तिमिल्सिना, डा. मुकुल ढकाल, रमेश खरेल, ढाका श्रेष्ठ, अनिलकेशरी शाह, मोहनजंग थापा लगायत केन्द्रीय स्तरका विभिन्न नेताहरूले रास्वपा परित्याग गरिसकेका छन् ।
त्यस्तै प्रदेश स्तरका विभिन्न नेताहरूले पनि सो पार्टी परित्याग गर्ने गरेको देखिन्छ । जेनजी आन्दोलन पूर्व रास्वपामा जुन उत्साह थियो, त्यो उत्साह वर्तमानमा रास्वपाले गुमाउँदै गएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
डा. तोषिमा कार्कीले कात्तिक २९ गते फेसबुक वालमा पार्टी भित्र आफ्नो असन्तुष्टि जनाउँदै धम्कीपूर्ण आसयमा टिप्पणी पोष्ट गरेकी छिन् । कार्कीले लगातार पार्टी रिफर्मको आवाज उठाउँदै आइरहेकी छिन् ।
कार्कीले आफ्नो फेसबुक पोष्ट गरेकी छिन् :