पथलैया । बारामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय सदस्य डम्मर पुरीको प्रमुख आतिथ्यमा २०८२ कात्तिक २९ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमोको अर्का केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य धर्मानन्द सुवेदी र राजमो मधेस प्रदेश समितिका अध्यक्ष शेरबहादुर कार्कीको पनि आतिथ्य रहेको थियो ।
सो अवसरमा मन्तव्य राख्दै वक्ताहरूले जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता रमेश भट्टराईले तथा सञ्चालन बालकृष्ण आचार्यले गर्नुभएको थियो ।