• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

जेनजी प्रदर्शन तीन कारणले हालसम्मको जनआन्दोलनभन्दा फरक : शर्मा


  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन हालसम्म सम्पन्न सबै जनआन्दोलनभन्दा तीन कारणले फरक भएको बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) ३ नम्बर उपत्यका ब्युरोद्वारा २०८२ कात्तिक २९ गते शनिबार आयोजित कार्यक्रममा प्रशिक्षण दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘२००७ सालपछिका सबै जनआन्दोलनमा भारत एक वा अर्को प्रकारले जोडिने गरेको छ’ उहाँले भन्नुभयो– ‘तर अहिलेको जेनजी आन्दोलनमा भारत प्रत्यक्ष रूपमा जोडिएको प्रमाण हालसम्म भेटिएको छैन ।’

    श्रीलङ्का र बङ्गलादेशजस्ता दक्षिण एसियाका देशमा पनि अमेरिकी इन्ट्रेस्टमा सत्तापलट भएको उदाहरण दिँदै उहाँले नेपालको जेनजी आन्दोलन विगतभन्दा फरक भएको बताउनुभयो ।

    उहाँले श्रीलङ्का र बङ्गलादेशको सत्तापलटमा पनि भारतको प्रत्यक्ष हात रहेको पुष्टि भइनसकेको बताउनुभयो ।

    दोस्रो फरकबारे बोल्दै उहाँले भन्नुभयो– ‘अहिलेसम्मका सबै जनआन्दोलनको नेतृत्व राजनीतिक दल वा शक्तिले गरेका थिए तर जेनजी आन्दोलनमा कुनै पनि राजनीतिक दलको स्पष्ट नेतृत्व र विचार थिएन ।’

    उहाँले कतिपय राजनीतिक दलका कार्यकर्ताको संलग्नता रहे पनि जेनजी आन्दोलन गैरदलीय भएको स्पष्ट पार्नुभयो ।

    नेता शर्माले तेस्रो फरकको रूपमा जनधनको अत्यधिक क्षतिको विषय उठाउनुभयो ।

    ‘गत २०६२–६३ सालमा १९ दिने जनआन्दोलनमा १९ जनाको मात्रै मृत्यु भएको थियो, भौतिक पूर्वाधारको क्षति भएको थिएन’ उहाँले भन्नुभयो– ‘तर भदौ २३–२४ गतेको आन्दोलनमा पहिलो दिन नै २३ जनाको मृत्यु भयो भने हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ । संसद् भवन, सिंहदरबार, शीतलनिवास, बालुवाटार, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित राज्यका तीनै अङ्ग र दलको कार्यालय तथा नेताका निवास तोडफोड, आगजनी भएका थिए ।’

    सरकारको कुशासन विरुद्ध जेनजी आन्दोलन उठेको भए पनि मुख्यत: अमेरिकी साम्राज्यवादको घुसपैठका कारण उक्त आन्दोलनको फरक रूप देखा परेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘जेनजी आन्दोलनमा प्रतिगामी, साम्राज्यवादी र असामाजिक तत्त्वको घुसपैठ थियो । त्यसैले त्यसको स्वरूप अकल्पनीय थियो ।’

    समयक्रम बित्दै जाँदा जेनजी आन्दोलनका नखुलेका पाटासमेत खुल्दै जाने उहाँको भनाइ थियो ।

    अर्कोतर्फ उहाँले यदि क्रान्तिकारी शक्तिको आत्मगत परिस्थिति बलियो भएको भए जेनजी आन्दोलनलाई उपयोग गर्ने सम्भावना रहेको पनि बताउनुभयो ।

    शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.