• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

भ्रष्टाचारको विरुद्ध लड्ने एक मात्र पार्टी राजमो हो : शर्मा


  •   शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले भ्रष्टाचारको विरुद्ध लड्ने एक मात्र पार्टी राजमो भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    २०८२ कात्तिक २८ गते शुक्रबार अखिल नेपाल जनजाति सम्मेलन काठमाडौँले चाबहिलचोकमा आयोजना गरेको पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभामा मन्तव्य राख्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

    ‘जेनजीले भ्रष्टाचार विरोधी जुन माग राखेका थिए, त्यो मागको पक्षमा राष्ट्रिय जनमोर्चाले पहिलेदेखि नै आन्दोलन गर्दै आइरहेको थियो’ उहाँले भन्नुभयो ।

    नेता शर्माले अगाडि भन्नुभयो– ‘नेपालमा भ्रष्टाचारको विरुद्धमा लड्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै हो र त्यसको नेता चित्रबहादुर केसी हुनुहुन्छ ।’

    उहाँले राजमोसँग मिल्दो मुद्दा भएकाले जेनजी आन्दोलनलाई आफूहरू समर्थन गरेको स्पष्ट पार्नुभयो ।

    भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनमा दमन भएकोमा त्यसको उहाँले विरोध गर्नुभयो ।

    ‘जेनजी आन्दोलनको सन्दर्भमा दुईओटा कुरा गलत भएको छ’ उहाँले भन्नुभयो– ‘एकातिर भदौ २३ गते भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिने युवाविद्यार्थीमाथि दमन भएको छ; अर्को भदौ २४ गते जेनजी आन्दोलनको नाममा राष्ट्रिय धरोहर ध्वस्त पार्ने काम भएको छ ।’

    उहाँले भदौ २३ गते युवाविद्यार्थीमाथि गोली चलाउने सरकार र भदौ २४ गते जेनजी आन्दोलनको नाममा तोडफोड, आगजनीजस्ता विध्वंस मच्याउने असामाजिक तत्त्व दुवैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गर्नुभयो ।

    फागुन २१ गते घोषणा गरिएको आमचुनावको सन्दर्भमा उहाँले अझै पनि राजनीतिक परिदृष्य स्पष्ट नभएको जिकिर गर्नुभयो ।

    तात्कालिक राजनीतिक परिस्थितिबारे राजमोको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘यदि चुनाव हुन्छ भने राजमोले त्यसलाई स्वागत गर्नेछ । यदि संसद् पुन:स्थापना हुन्छ भने पनि राजमोले त्यसलाई स्वागत गर्नेछ किनकि दुवै अवस्थामा संविधानको रक्षा हुनेछ ।’

    गत कालमा जस्तो नभएर अहिले भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनसित जोडिएर आएकाले संसद् पुन:स्थापनाका लागि राजमोले आन्दोलन नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।

    नेता शर्माले देशभित्रका प्रतिगामी र साम्राज्यवादीले जनआन्दोलनका उपलब्धि समाप्त गर्न खोजेकाले त्यसको विरुद्धमा लड्न आमजनतासित अपिल गर्नुभयो ।

    कार्यक्रममा जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र जातीय समता समाजका पूर्व महासचिव भक्त विकले पनि मन्तव्य राख्नुभएको थियो ।

    सभाको अध्यक्षता जनजाति सम्मेलन काठमाडौँका अध्यक्ष यम मगरले र सञ्चालन काठमाडौँ प्रदेश समितिका अर्जुन थापाले गर्नुभएको थियो ।

    शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.