काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले क्यान्सरयोद्धा बिनू केसीको शोकसभा सम्पन्न गरेको छ ।
२०८२ कात्तिक २६ गते बुधबार बुढानीलकण्ठस्थित कम्फर्ट हाउजिङमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्मृतिशेष बिनूकी ससुरासमेत रहनुभएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र पतिसमेत रहनुभएका सोही पार्टीका बागमती प्रदेश प्रवक्ता समीर सिंहको लिखित शोकमन्तव्य सञ्चालक सुवास जिसीले वाचन गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै सासूसमेत रहनुभएकी राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले स्मृतिशेष बिनू पीडा व्यक्त नगर्ने हिम्मतिली नारीको भएको जिकिर गर्नुभयो ।
राजमो महासचिव मनोज भट्टले मानिसको जन्म आकस्मिक भए पनि मृत्यु अनिवार्य भएकाले शोकलाई शक्तिमा बदल्नुको विकल्प नरहेको बताउनुभयो ।
राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले स्मृतिशेष बिनू मसाल र राष्ट्रिय जनमोर्चाको समेत सक्रिय कार्यकर्ता रहेको जानकारी दिनुभयो ।
बिनूकी काका कुलबहादुर केसी सानैदेखि मृदुभाषी रहेको जानकारी गराउँदै २०६४ सालदेखि क्यान्सर लागे पनि त्यसका विरुद्ध सशक्त प्रतिरोध गरेको बताउनुभयो ।
राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता रहेको उक्त कार्यक्रममा स्मृतिशेष बिनूकी छोरा अभिदर्शन, सासू शान्ता जिसी, नन्द पूर्वा सिंह, देवरहरू विश्वमोहन जिसी र दिव्यमोहन जिसी, बुबा तिलक केसी, काका बिनबहादुर केसी, दाजु किरण केसी, दिदी निरू केसी तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय सदस्य तारालगायत परिवार र राजमो सम्बद्ध नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिनूको स्मृतिमा मिनट मौनधारण गरिएको थियो ।

