काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट छुट्टिएको घोषणा गरेका छन् । उनले बुधबार वक्तव्य जारी गरेर चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।
Advertisement
जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको विप्लवको निष्कर्ष छ । ‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ’, वक्तव्यमा भनिएको छ, ‘सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।’
