• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकप्रिय मत र ऐतिहासिक सत्य


  •   मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  • गणेश आचार्य ###

    Advertisement

    नेपाली समाजमा राजनीतिक चेतना र सामाजिक समझको विकास अझै अधुरो छ । विभिन्न दल र पात्रहरू त्यस्ता छन् जसले कुनै पनि राजनीतिक घटनाक्रमलाई ऐतिहासिक वा सामाजिक संरचनाको आधारमा बुझ्न सक्दैनन् वा चाहँदैनन् । उनीहरूको निर्णय प्रायः व्यक्तिगत प्राथमिकता, दलगत स्वार्थ वा तत्कालीन लोकप्रिय धारामा केन्द्रीत हुन्छ । यो प्रवृत्ति केवल राजनीतिक दलसम्म सीमित छैन, पत्रकार, नागरिक अगुवा, शिक्षक, बुद्धिजीवी, प्राध्यापक, वरिष्ठ अधिवक्ता र सामाजिक नेताहरूमा पनि देखिन्छ । परिणामस्वरूप निर्णयको दीर्घकालीन प्रभाव, ऐतिहासिक सन्दर्भ र वर्गीय सम्बन्धमा बेवास्ता हुन्छ ।

    सामाजिक विज्ञानको दृष्टिले यस्तो प्रवृत्तिलाई पपुलरिज्म भनिन्छ । पपुलरिज्म भन्नाले जनप्रिय धारामा आधारित निर्णय लिनु हो । जुन प्रायः भावनात्मक प्रभाव वा लोकप्रिय भावना अनुसार निर्देशित हुन्छ । यसको प्रभावले समाजको चेतना सतही बनाउँछ र दीर्घकालीन दृष्टिकोण कमजोर हुन्छ । नेपाली राजनीतिक परिदृश्यमा राजनीतिक दल र पात्रहरूले ऐतिहासिक प्रक्रिया र उत्पादन सम्बन्धको आधारमा आफ्‌नो दृष्टिकोण निर्माण गर्न असमर्थ हुँदा परिणाम केवल अल्पकालीन लाभ र भ्रममै सीमित रहेको छ ।

    ऐतिहासिक भौतिकवादले स्पष्ट यो पार्छ कि कुनै पनि राजनीतिक घटना केवल व्यक्तित्व वा तत्कालीन निर्णयको परिणाम होइन । यसको मूल कारण उत्पादन सम्बन्ध, वर्गीय संघर्ष, ऐतिहासिक शक्ति संरचना र सामाजिक असमानतामा निहित हुन्छ । नेपालको २०४६ सालको जनआन्दोलनको उदाहरण हेरौं । यस आन्दोलनको सफलता वा असफलता केवल नेताहरूको क्षमता वा रणनीतिक निर्णयमा निर्भर थिएन । यसका ऐतिहासिक कारणमा राज्यको सामाजिक संरचना, वर्गीय असमानता र लामो समयदेखि चलिआएको सामाजिक दमन रहेका थिए । यदि हामी केवल नेताहरूको भूमिका र रणनीति मात्र हेयौँ भने वास्तविक ऐतिहासिक सत्यलाई बेवास्ता गर्नुपर्छ । त्यस्तै २०६२–०६३ सालको दोस्रो जनआन्दोलनमा विभिन्न दल र नागरिक अगुवाहरूले अल्पकालीन लोकप्रिय धारालाई आधार बनाए ।

    कतिपय दलहरूले तत्कालीन जनभावनालाई अपनाएर आफ्‌ना रणनीति निर्माण गरे, तर दीर्घकालीन सामाजिक न्याय र स्थायित्वको दृष्टिकोणमा ध्यान दिएनन् । परिणामस्वरूप राजनीतिक अस्थिरता जारी रह्यो र वर्गीय तथा सामाजिक असमानतामा ठूलो सुधार हुन सकेन । गणतन्त्र त स्थापना भयो तर त्यो अहिलेसम्म संस्थागत हुन सकेन । राजनीतिक उपलब्धिका हिसाबले २०४६ को आन्दोलनले भन्दा २०६२–६३ ले धेरै प्राप्त गर्‍यो तर ति अलि धेरै धरातलीय यथार्थता भन्दा ज्यादा भावनात्मक थिए । २०४६ मा स्थापना भएको बहुदल र २०६२–६३ पछिको गणतन्त्रमा भिन्न भनेको राजाको ठाउँमा राष्ट्रपति राख्ने भन्दा खास केहि हैन । तर २०४६ भन्दा पहिलाको अवस्था धेरै भिन्न थियोे ।

    पपुलरिज्मको प्रभाव केवल राजनीतिक दलमा सीमित छैन । यसले समाजको मानसिकता, शिक्षा, सञ्चार र सामाजिक व्यवहारलाई पनि प्रभावित गरेको छ । सतही लोकप्रियताको पछि लाग्दा जनता ऐतिहासिक सत्य र वास्तविकता बुझ्न कठिनाई महसुस गर्छन् । राजनीतिक निर्णय, नीति निर्माण र सामाजिक आन्दोलनहरू अल्पकालीन र सतही प्रभावमा सीमित रहन्छन् । पत्रकारिता र नागरिक नेतृत्वमा यही समस्या देखापर्छ । पत्रकारहरूले प्रायः तत्कालीन पपुलर धारालाई विश्लेषणको आधार बनाउँछन् । नागरिक अगुवाहरू अल्पकालीन लोकप्रियताको पछि लागेर दीर्घकालीन सामाजिक सुधारको बाटो छोड्छन् । यस्तो प्रवृत्तिले समाजलाई भ्रममा राख्छ र ऐतिहासिक–सामाजिक चेतनाको विकासमा बाधक हुन्छ । नेपाली समाजमा नेतृत्वको सतही प्रवृत्तिले शिक्षा, स्वास्थ्य, आर्थिक नीति र सामाजिक सुधारका पहलहरूमा दीर्घकालीन लाभ कम गरेको देखिन्छ ।

    क्रान्तिकारी दृष्टिकोणले यो समस्यालाई गम्भीर चेतावनीको रूपमा लिन्छ । सत्य र यथार्थको विस्लेषण भन्नाले केवल सतही घटनाक्रमको विस्लेषण होइन, तिनीहरूको ऐतिहासिक, भौतिक र सामाजिक कारणहरूको स्पष्ट समझ हो । क्रान्तिकारी नेताले घटनालाई केवल सतही नतिजाबाट होइन, उत्पादन सम्बन्ध र वर्गीय संरचनाबाट विश्लेषण गर्नुपर्छ । यसले व्यक्तिगत आलोचना वा लोकप्रिय भावना भन्दा माथि उठेर समग्र समाज र ऐतिहासिक प्रक्रिया बुझ्न मद्दत गर्छ । नेपाली दल र पात्रहरूले आफ्‌नो निर्णयमा ऐतिहासिक सन्दर्भ, वर्गीय द्वन्द्व र सामाजिक असमानताको आधार राख्नुपर्छ । कुनै आन्दोलन वा आन्दोलनको असफलता केवल नेताको कमजोरी होइन त्यसका ऐतिहासिक कारण वर्गीय संरचना र सामाजिक असमानतामा खोजिनुपर्छ । यसले नेता र समाज दुवैलाई दीर्घकालीन दृष्टिकोण अपनाउन प्रेरित गर्छ । लोकप्रिय मत र ऐतिहासिक सत्यबीचको द्वन्द्व नेपाली समाजको मुख्य चुनौती हो । केवल अल्पकालीन लोकप्रियताको पछाडि लागेर निर्णय गर्ने हो भने दीर्घकालीन लाभ, न्याय र स्थायित्व सुनिश्चित हुँदैन । राजनीतिक चेतना र सामाजिक नेतृत्वमा ऐतिहासिक दृष्टिकोण र भौतिकवादी विश्लेषणको विकास आवश्यक छ । केवल यति गरेमा समाजले अल्पकालीन भ्रम र पछुतोबाट मुक्त भई दीर्घकालीन सामाजिक न्याय र स्थायित्वको बाटोमा अघि बढ्न सक्छ ।

    सत्यको विस्लेषण बिना, निर्णय केवल भ्रम र असफलतामा सीमित रहन्छ । यसको लागि ऐतिहासिक सन्दर्भको मूल्याङ्कन, वर्गीय संरचना र उत्पादन सम्बन्धको अध्ययन, सामाजिक असमानता र शक्ति संरचनाको विश्लेषण र दीर्घकालीन दृष्टिकोणमा आधारित नीति निर्माण गर्न आवश्यक हुन्छ । यी आधार अपनाइए मात्र नेपाली समाज सतही लोकप्रियताको फन्दाबाट मुक्त भएर ऐतिहासिक सत्यको मार्गमा अघि बढ्न सक्छ । लोकप्रिय मत र ऐतिहासिक सत्यको द्वन्द्व केवल विचारको स्तरमा होइन, यो नेपाली समाज र राजनीतिक चेतनाको मूल चुनौती हो । वर्तमानमा दल, नागरिक अगुवा र पत्रकारहरूले अल्पकालीन लोकप्रियताको पछि लागेर दीर्घकालीन लाभ र न्यायको बाटो गुमाइरहेका छन् । क्रान्तिकारी दृष्टिकोणले यही चेतावनी दिन्छ कि सत्यको विस्लेषण बिनाको निर्णयले केवल भ्रम र असफलता ल्याउँछ । नेपाली समाजले ऐतिहासिक दृष्टिकोण, वर्गीय संरचना र सामाजिक असमानताको आधारमा निर्णय लिनसके मात्र स्थायित्व, न्याय र दीर्घकालीन प्रगति सुनिश्चित गर्न सक्छ ।

    यसरी, लोकप्रिय मत र ऐतिहासिक सत्यबीचको द्वन्द्वलाई स्पष्ट बुझ्न र बौद्धिक चेतना विकास गर्न मात्र नेपाली समाज दीर्घकालीन सामाजिक परिवर्तनको मार्गमा अघि बढ्न सक्छ । सत्यको विस्लेषण मात्र दीर्घकालीन न्याय र स्थायित्वको आधार हो । तर आजको नेपाली समाज र सामाजिक प्रवृत्ति त्यसको ठिक उल्टो बाटोमा छ ।

    मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.