• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अनुशासनहीन प्रवृतिलाई निश्तेज पारौं


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • नरमती सिंजाली

    Advertisement

    अनुशासन भनेको मानव जातिको सर्वोत्तम गुण हो । अनुशासित व्यक्तिलाई सबैले मन पराउँछन् । अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियम पालना गरेको पाईन्छ । पृथ्वीले एक निश्चित गतीमा परिक्रमा गरिरहेको हुन्छ र यस आधारमा दिन रातको प्रक्रिया चालु भई रहन्छ । गर्मी र जाडो मौसम पनि नियम अनुसारनै आउँछ । विशाल ब्रमाण्ड पनि निश्चित सीमामा अडेको हुन्छ ।

    अनुशासन मानिसका लागी अति आवश्यक छ । अनुशासन पालना गर्ने विद्यार्थी नै पछि उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ । त्यसरी नै हरेक सफल व्यक्ति निश्चित नीति नियम भित्र रहेर काम गरिरहेका हुनछन् । लक्ष्य प्राप्तिका लागि सधैँ अनुशासनको निश्चित घेरामा रहेर काम गर्नु अनिवार्य हुन्छ । यस्तो व्यक्ति सबैको नजरमा असल ठहरिन्छ ।

    अनुशासनको छेत्र ज्यादै फराकिलो पनि छ । घरपरिवारदेखी लिएर समाज संस्कृति राजनीति जस्ता सबैछेत्रमा अनुशासन चाहिन्छ । एउटा घर परिवारमा बाबु आमा, छोरा छोरी, दाजु भाइ आदी सबैले एक अर्कालाई आदर माया गर्नु पर्छ । समाजमा बसेपछी एक अर्काको कदर गर्ने, समाजिक नीति नियमको पालना गर्ने, दुःख परेको बेलामा एक अर्कालाई सक्दो सहयोग गर्ने अनि कसैप्रति भेदभाव नगर्ने जस्ता आचरण अनुशासन कै घेरा भित्र पर्दछन् ।

    राजनीतिक छेत्रमा त झन् अनुशासनको ठुलो भूमिका रहन्छ । राजनीति गर्नेहरु अनुशासनहीन भए भने त्यसको असर सिंगो राष्ट्रलाई पर्न जान्छ र सम्पुर्ण जनतालाई पनि पर्दछ । वित्तीय क्षेत्र, सरकारी वा गैर सरकारी क्षेत्र, प्रहरी, सेना सबैतिर अनुशासन नभै हुँदैन । यस्ता हरेक छेत्रमा अनुशासन नहुने हो मानव जीवन नै कति अस्तव्यस्त होला, कल्पना गर्न पनि गाह्रो छ ।

    त्यसकारण सबै सचेत नागरिक आ–आफ्नो नीति नियमका घेरा भित्र रहेर काम गर्नु पर्छ । यदी आफू अनुशासनमा रहने हो भने अरुलाई पनी अनुशासनको पाठ सिकाउन सकिन्छ । जुन व्यक्ति आफू अनुशासित छैन त्यसले अरुलाई अनुशासित पार्न या अनुशासनको पाठ सिकाउन सक्दैन । त्यसैले सबै भन्दा पहिले आफैँ अनुशासनमा बस्नु जरुरी छ । यस अर्थमा आत्मअनुशासन नै अनुशासनको पहिलो शर्त हो । अनुशासनको बाटोमा हिँड्ने मानिसले जीवनमा सफलताको शिखर चुम्न सक्छ । अनुशासनले व्यक्तिसँगै परिवार, समाज, रास्ट्र र विश्वलाई नै सभ्य बनाउँछ ।

    एउटा राजनीतिक दलको लागी यो अझ महत्वपुर्ण कुरा हो । कम्युनिष्ट पार्टी सदस्यको हकमा अनुशासनको झन् धेरै महत्व छ । कम्युनिस्ट पार्टी लेनिनवादी संगठनात्मक पद्धतीअनुसार चल्दछ । संगठनात्मक पद्धती अनुरुप पार्टीले गरेको निर्णय मान्नुपर्ने हरेक पार्टी सदस्यको कर्तव्य हो । बहुमतले गरेको निर्णय सबैको साझा निर्णय हो । यदी कसैको फरक मत भएमा त्यसलाई सुरक्षित राखि महाधिवेशनमा लैजान सकिन्छ । महाधिवेशनले जे फैसला गर्छ त्यो नै पार्टीको स्वीकृत नीति हुन्छ । त्यसलाई उल्लंघन गर्न कसैले पनि मिल्दैन । यदि यसो गरिएन भने अनुशासनको उल्लंघन मानिन्छ ।

    पार्टीको अनुशासनमा नरहने तर खुब क्रान्तिकारी कुरा गर्नेदेखी अहिले सचेत हुनु जरुरी छ । परिवर्तन चाहना गर्ने हो भने अनुशासनमा पनि बस्न सिक्नुपर्ने जरुरी छ । अराजकताबादीले मनगढन्ते कुरा बढी गर्दछन् तर आफू अनुशासनमा रहन सक्दैनन् तिनीहरुबाट परिवर्तन हुन्छ भन्नु भ्रम हो । त्यसखालका भ्रमबाट मुक्त नभै परिवर्तनको बाटोमा अगाडि बढ्न सम्भब हुँदैन ।

    पार्टीमा मतमतान्तर हुनु अन्यथा होइन तर त्यो पद्धती भित्रै हुनुपर्छ । पार्टीको बैठक, भेला, सम्मेलन वा महाधिवेशनले निर्णय गरिसकेपछि त्यसलाई मान्नु सबैको दायित्व हुन्छ । संगठनमा कसरी आफ्नो मत राख्ने भन्ने कुरालाई सही किसिमले अवलम्बन गर्न सकिएन भने त्यसले पार्टीलाई हानी पुर्याउँछ ।

    नेकपा (मसाल) को आठौँ महाधिवेशनपछी पनि कतिपय व्यक्तिहरुले पार्टी पद्धति विपरित मत प्रकट गर्ने गरेका छन् ।
    कतिपय सदस्यहरु पार्टी नीतिविरुद्ध समाजिक संस्थामा सामेल हुने गरेका छन् । अझ कैयौंले पार्टी भित्रै पार्टी चलाएका छन् । यस खालका अभियान पार्टी नियम र अनुशासन विपरितका गतिविधि हुन् । उनीहरुको गतिविधिले कतिपय इमान्दार साथीहरुलाई भ्रममा पार्ने गरेको छ ।

    कतिपय व्यत्तिले जानी जानी पार्टी विधी र पद्धती मिच्ने गरेका छन् भने कयौं व्यक्ति नजानेर जा भ्रमबस पनि अनुशासन उल्लंघन गर्ने गरेको पाइन्छ । भ्रममा परेर वा अरुको लहैलहैमा लागेर विधि पद्धती विपरित जानेलाई सम्झाई बुझाई गर्न सकिन्छ । तर जानाजान पद्धती विपरित जानेले पार्टीलाई नोक्सान पुर्याउने उद्देश्य राखेको बुझ्न गाह्रो पर्दैन । त्यसखाले प्रवृतिप्रति सम्झौताहीन संघर्षको आवश्यकता छ ।

    महाधिवेशनले तय गरेको नीति र विधान विपरित जाने छुट कुनै पार्टी सदस्यलाई छैन । यदी त्यसो गरिएमा अनुशासनको गम्भीर उल्लंघन हुन्छ र त्यसले पार्टीलाई नोक्सान पुर्याउँछ । पार्टी विधान र पद्धती उल्लंघन गर्ने प्रवृति विरुद्ध पार्टी सदस्यहरुले निर्मम संघर्ष गर्नुपर्छ । त्यसरी नै पार्टी विधान, नीति र अनुशासनको पालना हुनुका साथै संगठनलाई जोगाउन सकिन्छ ।

     

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.