काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा “निलो र रातो” मा विवाद शुरुभएको छ । हालै चितवनमा सम्पन्न विस्तारित बैठकमा प्रस्तुत कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) को राजनीतिक प्रतिवेदनमा जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण त्रुटिपूर्ण रहेको केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले बताएकी छन् ।
कार्कीले आर्यालको प्रतिवेदनमा जेनजी आन्दोलनलाई ‘रातो क्रान्ति’ को संज्ञा दिएमा भन्दै आपत्ति प्रकट गरेकी छन् ।
अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ‘हामी २०८४ मा मतबाटै यिनीहरूलाई तह लगाउने योजनामा थियौँ । त्यसलाई हामीले निलो क्रान्ति भन्दै आएका पनि थियौँ । तर जेन–जीले २०८४ सम्म कुरेनन्, रातो क्रान्ति गरे ।’
कार्कीले जेनजी आन्दोलन र त्यसको परिणाम समेतलाई आफ्नो पक्षमा पार्न प्रयत्न गरेको तर त्यो विफल भएपछि त्यसलाई ‘रातो क्रान्ति’ भन्दै आरोपित गर्न नहुने पनि उनले धारणा राखेकी थिइन् ।