विरेन्द्रनगर (सुर्खेत) । जेनजी आन्दोलनका क्रममा उत्पन्न वर्तमान राजनीतिक परिस्थितीका बारेमा सुर्खेतको विरेन्द्रनगरमा दुईदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
राजमोको सभाहलमा कात्तिक २१ गते ‘तत्कालिक राजनीतिक परिस्थिती र जेनजी आन्दोलन’ सम्पन्न प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । आज कात्तिक २२ गते जेनजी उमेर समुहका विद्यार्थी भाई बहिनीहरूका बिचमा ‘वर्तमान परिवेशमा युवा विद्यार्थीहरूको भविष्य र भूमिका’ विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुवेदीको अध्यक्षता तथा जिल्ला सचिव विष्णु प्रसाद शर्माको सञ्चालनबाट अगाडि बढेको उक्त प्रशिक्षण कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, कर्णाली प्रदेशका अध्यक्ष पूर्ण बहादुर शाही, बुद्धि जिसी, भानुभक्त भारती समेतको आतिथ्यता रहेको थियो ।