बाँके । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ जिल्ला समिति रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।
Advertisement
२०८२ कात्तिक १९ गते बुधबार अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ केन्द्रीय समितिका बरिष्ट उपाध्यक्ष पदम प्रसाद श्रेष्ठको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेललाई सो ज्ञापनपत्र बुझाइएको हो । सो अवसरमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज उपाध्यायलाई पनि उपस्थिती थियो ।
निवर्तमान केन्द्रीय अध्यक्ष ढुंडीराज शर्मा, जिल्ला समितिका अध्यक्ष उमलाल बन्जाडे, सल्लाहकार चेतनाथ आचार्य, बद्रे आलम, सचिव गंगालाल सापकोटा, सदस्य दिनेशकुमार पाण्डे क्षेत्री, सदस्य शिवराम उपाध्याय, सदस्य नारायण पुन सहितको प्रतिनिधि मण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।