रूपन्देही । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देहीका अध्यक्ष कामरेड टान बहादुर खत्रीको स्मृतिमा राष्ट्रिय जनमोर्चा रूपन्देहीले २०८२ कार्तिक १३ गते मृत्यु भएको आठौं दिन शोक सभा सम्पन्न गरेको छ ।
उक्त शोक सभामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी, कार्यकारी अध्यक्ष रश्मी राज नेपाली, महासचिव मनोज भट्ट, अ.न.कि. महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मी, केन्द्रीय सल्लाहकार बद्रे आलम लगायत राजमो केस, सल्लाहकार, लुम्बिनी प्रदेश सल्लाहकार, विभिन्न जनवर्गिय संगठनका केन्द्रीय नेता तथा जिल्ला नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कामरेड टान बहादुर खत्रीको सम्मानमा एक मिनेट मौनधारण र पुष्प अर्पण पश्चात अगाडि बढेको शोक सभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महामन्त्री मोहन विक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राष्ट्रिय जनमोर्चा जिल्ला समितिका सल्लाहकार बद्रे आलमले शोक मन्तव्य राख्नुभएको थियो ।
‘टान बहादुर खत्रीको संगठनात्मक सकृयता र निरन्तरता अनुकरणीय थियो । निरन्तर क्रियाशीलता एउटा कम्युनिस्टमा हुनुपर्ने गुण हो ।’ शोक सभालाई सम्बोधन गर्दै महामन्त्रीले भन्नुभयो– ‘वहाँलाई सबैले अनुकरण गर्न आवश्यक छ ।’
‘अहिले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । राष्ट राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकी तथा भारतीय साम्राज्यवादले आक्रमण गर्दै शएका छन् ।’ राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष कामरेड चित्र बहादुर केसीले शोक मन्तव्य दिदै भन्नुभयो– ‘टान बहादुर खत्री निरन्तर देशि तथा विदेशी हस्तक्षेपका बिरुद्ध संघर्षरत हुन हुन्थ्यो । वँहाको मृत्युले आन्दोलनलाई नोक्सान भएको छ ।’
शोक सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा रूपन्देहीका उपाध्यक्ष क. इन्दिरा ग्यावालीले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गंगा लाल सापकोटाले गर्नुभएको थियो ।