बाग्लुङ । बाग्लुङका विभिन्न स्थानहरू सहित रुकुम पूर्वमा पनि देउसीभैलो कार्यक्रम सम्पन्न पारिएको छ ।
निसीखोला गाउँपालिकाको २ टोली मध्ये एक टोली, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष खिमबिक्रम शाही र रक्तिम साँस्कृतिक अभियान बागलुङ जिल्ला सदस्य सबराज छन्त्यालको नेतृत्वमा कात्तिक ४–६ सम्म निसीखोला गाउँपालिका–१ झिम्पा, वडा नं ३ र ४ को झिवाखोला बजार र वडा नं २ बाहुनगाउँमा सम्पन्न गरेको थियो ।
त्यस्तै अर्को टोली कात्तिक ३–८ सम्म राष्ट्रिय जनमोर्चा पुर्वी रुकुम जिल्ला समिति समन्वय गरि प्रगति बुढा, राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला सदस्य थमन घर्ती, निसीखोला गाउँ समिति सचीव लाल बहादुर सिंजाली, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य शत्रुघन श्रेष्ठ, पूर्वी रुकुम जिल्ला सदस्य गणेश प्रकाश बुढा र अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य भिषम छन्त्यालको नेतृत्वमा पुठाउत्तरगंगा गाउँपालिका– ५ हुकाम छुमडाँडा गर, मैकोट मयाङ, बिर्गमखानी, तक बजार र भूमेगाउँपालिका–१ अति सुन्दर बस्ती लुगुम गाउँमा आइ समापान भएको थियो ।
रुकुम गएको टोली र निसीखोलाको टोली भेट भै बाहुनगाउँमा दुबै टोलीको कात्तिक १० गतेका दिन कलाकारहरूलाई सम्मान गरिएको थियो ।
कात्तिक ३–८ गते नेकपा मसाल जिल्ला प्रबक्ता मेक बहादुर पाइजा, राष्ट्रिय जनमोर्चा जिल्ला सचिब भिमलाल पोखरेल, जिल्ला सदस्य बोम बहादुर थापा, राजमो बडिगाड गाउँपालिका गाउँ समिति सचिव बिमल श्रीस, रक्तिम साँस्कृतिक अभियान जिल्ला कोषाध्यक्ष रुनमाया थापा र बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन लगायतको नेतृत्वमा बडिगाड गाउँपालिका –८ रणसिंहकिटेनी नेटाखर्क, घोरघोरे, वडा नं ५ बारीगाउँ– खाल्चेपानी, जलजला २ राक्से, खौलार बजार १ दगा, गराधारा र तुम्डांँडामा आएर देउसी भैलो समापन गरि कलाकारहरूलाई सम्मान गरिएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य बेदीलाल सापकोटा, जिल्ला सदस्य नारायण सापकोटा, पदम श्रेष्ठ, खड्क बिक, जिल्ला सल्लाहकार टंक केसी, गल्कोट नगर सचिब बीरबल श्रेष्ठ, वडा नं –११ वडा अध्यक्ष भक्तिराम पुन, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य पुष्कर सापकोटा, शिक्षक केन्द्रीय प्रतिनिधि टीकाराम कँडेल, अखिल नेपाल किसान महासंघ नगर अध्यक्ष यम बहादुर खड्का लगायतको नेतृत्वमा कात्तिक ४–८ गल्कोट नगरपालिका– हरिचौर, डाँडाखेत, गल्याङ,रिष्मी र सानो रिघा देउसी भैलो खेली कलाकारहरूलाई सम्मान गरेको छ ।

कात्तिक २–८गते सम्म अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय कोषाध्यक्ष होम बहादुर पुन, अखिल नेपाल युवक संघ केन्द्रीय सचिव बीरेन्द्र थापा, रक्तिम साँस्कृतिक अभियान जिल्ला सहसचिव झलक पुनको नेतृत्वमा जैमिनी नगरपालिकाको कुस्मीसेरा, पर्वत जिल्लाको फलेबास बजार, जैमिनी– ६ अर्जेवा, वडा नं ५ बिनामारे वडा नं –९ पंयुथन्थापमा देउसी भैलो समापन भएको छ ।
जनघाट, राष्ट्रघात, कुसंस्कार, कुशासन, बिकृती, बिसंगती, कुप्रथा, हत्या, हिंसा, बलात्कार, कुरीति, कुव्यबहार, घुसखोर, सुद्खोर, जातीय बिबेद, लैंगिक बिभेद, देशीय सामन्तीवादी संस्कृती, चरम भ्रष्टाचार, शरणार्थी काण्ड, विभिन्न समयमा भएको असमान सन्धि समझौता, संघीयता, विभिन्न प्रतिक्रियाबाद र साम्राज्यवाद लगायतका विरुद्ध आफ्नो स्थापनाकालदेखि कठिन आरोप अवरोह वावजुद पनि निरन्तर देशको गाउँ बस्तीहरूमा, सहरका बस्तीहरूमा र बिदेशको गल्लीहरूमा आफ्नो गीत संगीत नाचको माध्यम मार्फत जनता चेतना जगाउने काममा रक्तिम परिवारले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । त्यसैले २०८२ तिहारको सुअवसरमा यश जिल्लाका विभिन्न पालिका लगायत देशका विभिन्न जिल्लाका पालिकाहरूमा समेत प्रगतिशील तथा जनवादी देउसी भैलो सम्पन्न गरेको छ ।
