बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पत्रकारहरू बिच भेटघाट कार्यक्रममा सहभागि हुने समाचार छ ।
Advertisement
प्राप्त समाचार अनुसार प्रगतिशील पत्रकार सङ्घ नेपालको आयोजनामा सम्पन्न हुने पत्रकार सम्मेलनमा महामन्त्री सिंहको उपस्थित हुने निश्चित भएको सङ्घका अध्यक्ष श्यामलाल पोख्रेलले जानकारी दिनुभयो ।
पोख्रेलका अनुसार पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, महासचिव मनोज भट्ट र नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीको उपस्थित हुने कार्यक्रम रहेको छ ।
सम्मेलनमा वर्तमान राजनीतिक परिस्थिती एवम् समसामयिक राजनीतिक परिघटनाका बारेमा चर्चा हुने पोखरेलले जानकारी दिएका छन् ।