• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नयाँ जनवादी व्यवस्था


  •   बिहिबार, असार १८, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    नयाँ जनवादी व्यवस्था नयाँ जनवादी क्रान्तिको विजयपछि स्थापना हुने राजनीतिक व्यवस्था हो । यो व्यवस्थाको सुरुवात हुनुभन्दा पहिले पुँजीवादी जनवादी व्यवस्था स्थापना गरिन्थ्यो । सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई हराएर पुँजीवादी व्यवस्था स्थापना गर्ने काम सन् १६४० बाट सुरु भएको हो । त्यो व्यवस्थाको नेतृत्व पुँजीपति वर्गले गर्ने गर्दथ्यो । आफू प्रगतिशील वर्ग भएकाले मजदुरलाई आफ्ना कार्यकर्ता बनाएर सशस्त्र सङ्घर्ष गरी राज्यसत्ता पुँजीपतिको नेतृत्वमा स्थापित हुने गर्दथ्यो । मजदुर वर्गका साथै अन्य शोषित–उत्पीडित वर्गको नेता पनि पुँजीपति वर्ग नै थियो । ऊ धर्मको विरोधी, विज्ञानको पक्षपाती र प्रगतिशील शक्ति थियो । उसले आवधिक निर्वाचन गरेर बहुमत पक्षको सरकार र अल्पमत पक्षको प्रतिपक्ष बनाएर शासन गर्दथ्यो । यो क्रम १८४८ सम्म बिना विकल्प चलिरह्यो र संसारका धेरै देशमा पुँजीपति वर्गको नेतृत्वमा राज्यसत्ता स्थापित र सञ्चालित पनि भए ।

    १८४८ फेबु्रअरीमा माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र प्रकाशित गरे । त्यसमा मजदुरको मुक्ति मजदुरबाहेक अरूले गर्न सक्दैन, त्यसैले संसारका मदजुर एक हौँ भन्ने लेखिएको थियो । त्यो घोषणापछि संसारभरको राजनैतिक स्थितिमा परिवर्तन आयो । मजदुर पुँजीपति वर्गको कार्यकर्ता भई उसको नेतृत्वमा आफू हतियारबद्ध लडाइँमा सहयोगी हुन छाडे । उता, पुँजीपति वर्ग सामन्तवर्गसँग सम्झौता गरेर सामन्त र पुँजीपतिका विरोधी अवस्था कायम गर्न धर्मको पक्षपाती र प्रतिगामी शक्तिको भूमिकामा आफूलाई सीमित गर्ने अवस्थामा भयो । राजा–महाराजासँग वर्गीय मित्रता कायम गरेर शोषण गर्ने काममा एकरूपमा ल्याउने प्रयत्नमा लाग्यो । परम्परागत राज्यसत्ताको विरुद्ध सङ्घर्ष गर्न छाडेर अन्य देशका पुँजीपति र सामन्तसँग मिलेर अल्पविकसित देशका प्राकृतिक श्रोतसधानमा कब्जा जमाएर अर्ध औपनिवेशिक र अर्धसामन्ती अवस्था काम गरेर शोषण र शासन कायम राख्न लागे । त्यसले गर्दा त्यो अवधिमा पुँजीवादी क्रान्ति हुन नसकेर पुँजीवादी क्रान्ति अवरुद्ध भई अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा देशको आत्मनिर्भरता र सार्वभौमसत्ता आफ्नो हुने अवस्था भएन ।

    १९४१ मा चीनमा माओत्सेतुङले अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको चीनमा मात्र नभई त्यस्तो अवस्थामा रहेका संसारका अन्य देशमा समेत नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर पुँजीको विकास गर्नुपर्ने र त्यसको नेतृत्व कम्युनिस्ट पार्टीले गर्नुपर्ने आवश्यकता औल्याउँदै राजनैतिक निकासको उपाय पत्ता लगाए । त्यो क्रान्तिको सिद्धान्तअनुसार अनुशासित र मिलिट्यान्ट कम्युनिस्ट पार्टी हुनुपर्ने पहिलो शर्त औल्याइएको थियो । कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको अधिनायकत्व हुन्छ । त्यस्ता अवस्थाका देशमा सर्वहारा वर्ग उत्पादन हुन नसकेको अवस्था हुने हुनाले संयुक्त मोर्चा गठन गरी जनवादी अधिनायकत्व कायम गर्नुपर्ने दोस्रो शर्त औल्याइयो । त्यो संयुक्त मोर्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा गठन गरिनुपर्ने हुनाले भौतिक अवस्था त्यस्तो परिपक्व नहुँदासम्म त्यसको आधार निर्माण गर्नुपर्ने र त्यसका लागि शान्तिपूर्ण जनआन्दोलन सञ्चालन गर्दै जानुपर्नेसमेत आवश्यक शर्तको बयान गरियो । राज्यसत्ताको मुख्य शक्ति सेना भएको र सेनालाई जनसेनाले नहराएसम्म जनताको राज्यसत्ता कब्जा हुन नसक्ने हुनाले जनसेना गठन र परिचालन तेस्रो आवश्यक शर्त औल्याइएको थियो । पहिलेका दुईवटा शर्तका लागि भौतिक परिस्थिति परिपक्व नभएसम्म तेस्रो शर्त पूरा हुन नसक्ने हुनाले पहिलेका दुई वटा शर्त पूरा गर्ने क्रमसँगै आधार निर्माण गर्दै जानुपर्ने बाध्यतासमेत बताइएको थियो ।

    नयाँ जनवादी क्रान्ति सम्पन्न नगर्दासम्म अर्धसामन्ती र अर्ध औपनिवेशिक स्थिति नहट्ने र देशमा स्वाधीन अर्थतन्त्र र औद्योगीकरणको विकास हुन नसक्ने भएकाले स्वाधीनताका लागि त्यो देशका जनताले सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ भन्ने माओत्सेतुङको भनाइ थियो । त्यसका लागि जनवादी केन्द्रीयताको आधारमा शासन चलाउन जनवादी अधिनायकत्व स्थापना गरी कम्युनिस्ट पार्टीले पुँजी, जेथा, धर्म, लिङ्ग, वर्ग, जाति आदिको आधारमा भेदभाव नगरेर जनताको प्रतिनिधित्वको आधारमा कम्युनिस्ट पार्टीको नेतृत्वअन्तर्गत क्रान्ति सम्पन्न गर्नुपर्ने भनाइ थियो । दलाल पुँजीपति वर्ग र सामन्त, जमिन्दार तथा नोकरशाही पुँजीपति वर्ग विरुद्ध राष्ट्रिय पुँजीपति वर्गसम्मलाई मित्रशक्तिमा गोलबन्द गरी धनी किसान, मध्यमवर्ग, निम्न पुँजीपति वर्गसमेतको सहयोग र समर्थनमा मजदुर–किसान वाहक शक्ति भई क्रान्ति सम्पन्न गर्नुपर्ने भनिएको थियो । राष्ट्रिय पुँजीपति वर्ग पुँजीपति वर्ग नै भए पनि विदेशी पुँजीको थिचोमिचोमा परेको हुनाले उसको सहयोग र समर्थन हुने अवस्था थियो । त्यसैले क्रान्तिकारी शक्ति मिलेर मात्र विदेशी साम्राज्यवादी शक्तिलाई परास्त गर्न सकिन्छ भन्ने राजनैतिक विश्लेषण थियो । जनवादी केन्द्रीयताको आधारमा स्वतन्त्रता र अनुशासन कायम गर्नुपर्ने आवश्यकता थियो ।

    नयाँ जनवादी व्यवस्था सङ्क्रमण कालीन व्यवस्था भएकाले दीर्घकालसम्म रहन सक्ने व्यवस्था होइन । यो समाजवादी विश्वक्रान्तिको एकाइ हो । यसले एकातिर, राष्ट्रिय स्वाधीनता कायम गराएर उद्योगधन्दाको विकास गराउँछ भने अर्कातिर, सर्वहारा वर्ग उत्पादन गरेर समाजवादी व्यवस्थासम्म पु¥याउँछ । विदेशी पुँजी जफत् गर्ने, राष्ट्रिय पुँजी परिचालन गर्ने र कृषिमा सहकारीमार्फत् सामूहिकीकरण गर्ने काम गर्दछ । ठुला उद्योग राष्ट्रियकरण गर्ने र कृषिमा सहकारीकरण गरेर यान्त्रीकरण गरी ठुला जमिन्दारको जग्गा जफत् गरेर किसानमा वितरण गर्ने र मध्यमवर्गलाई आकर्षण गरेर सहकारीमा समावेश गर्दै सामूहिकतामा लैजाने यसको उद्देश्य हुन्छ । अर्कातिर, दलाल, नोकरशाही, पुँजीपति वर्ग र तिनीहरूको पक्षपोषण गर्ने राजनीतिक पार्टीलाई अधिनायकत्व प्रयोग गरेर उनीहरूको राजनैतिक गतिविधिमाथि प्रतिबन्ध लगाउने काम हुन्छ । वर्गसङ्घर्ष सञ्चालन गर्ने र योग्यतानुसारको काम र कामअनुसारको दामको व्यवस्था लागु गर्दै अगाडि बढ्ने काम हुन्छ ।

    माजवादी व्यवस्थाको मुख्य तत्व सर्वहारा वर्ग हुन् । सरकारमा सर्वहारा वर्गको उत्पादन र विकास नभएसम्म समाजवाद लागु हुन सक्दैन ।
    समाजवादमा प्रवेश गर्नका लागि तयारी अवधि पार गर्न मजदुर र किसानको विश्वदृष्टिकोणमा परिवर्तन गराएर सर्वहाराकरण गर्नुपर्छ । १० हजार वर्ष पहिलेदेखि विकास हुँदै आएको व्यक्तिगत स्वामित्वमा नै हाम्रो मुक्ति सम्भव छ भन्ने मान्यतामा आमूल परिवर्तन गरेर सामूहिक श्रम र सामूहिक स्वामित्व तथा योग्यतानुसार काम र कामअनुसार दामको तरिका लागु गर्नुपर्छ । व्यक्तिगत चिन्तनमा सामूहिकताको प्रवेश गराएर आफू समाजको एउटा सदस्य भएको र आफ्नो योगदान सामूहिकताको विकासमा लगाएर नै वर्गीय मुक्तिमा योगदान पु-याउन सकिन्छ भन्ने दृष्टिकोणमा पु¥याउनुपर्छ । त्यो काम सजिलै र छिट्टै पूरा हुने काम होइन । एकातिर, निम्न पुँजीवादी चिन्तनमा भएको व्यक्तिवादी विश्वदृष्टिकोणलाई सर्वहारा वर्गीय डण्डाले लगातार हिर्काइरहनुपर्छ । अर्कोतिर, व्यक्तिगत समस्या व्यक्तिगत रूपमा समाधान गरिरहेको अवस्थाबाट खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारको समस्या आदिलाई सामूहिक रूपको उच्च अवस्थामा पु-याउने काम गर्दै जानुपर्छ । सामूहिकताका लागि सामूहिक स्वामित्व र सामूहिक उपभोगको अवस्थामाथि असम्भवको अवस्थामा आमूल परिवर्तन गरेर सम्भव र अवश्यम्भावीको अवस्थामा अगाडि बढाउँदै जानुपर्छ । त्यसरी मात्र समाजवादमा पु-याउन सकिन्छ ।

    माथिका काम सजिलै र वर्गसमन्वयबाट पूरा हुन सक्दैनन् । वर्गसङ्घर्षलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ । वर्गसङ्घर्षका लागि वर्गीय अधिनायकत्व कायम गर्नुपर्छ । यो काम सजिलो छैन । आफ्नो वर्ग कायम गरेर धेरै पुस्तासम्म शासक भई सुविधा उपभोग गरेको सम्पन्न वर्गले अहिलेभन्दा १० गुणा बढी जोडबल लगाएर प्रतिगमनका लागि प्रयत्न गर्छन् । त्यो अवरोध सफलतापूर्वक बलियो हुनेगरी सामना गर्न सतर्क र सजग भई काम गर्नुपर्छ । वर्गसङ्घर्ष गर्दा सबैभन्दा पहिले आफू वर्ग हुने र आफ्ना लागि वर्गसङ्घर्ष गर्ने शक्ति बढी महत्वको हुन्छ । समाजमा आफू वर्ग नभएर अरूका लागि काम गरिदिने सोचाइले घर जमाएको छ । त्यसकारण आफू वर्ग हुने काम र आफ्नो वर्गका लागि सङ्घर्ष गर्ने काम सबैभन्दा बढी महत्वको हुन्छ ।

    वर्गसङ्घर्ष रहरले गर्ने काम होइन । सामूहिकता अपरिहार्य शक्ति भए पनि अवसरको फाइदा उठाउन धेरै निम्न पुँजीपतिले सर्वहाराको अभिनय गर्छन् । त्यो नाटकबाट मुक्त हुने काम सबैभन्दा पहिला समस्याको रूपमा खडा हुन्छ । त्यो अवसरोध नपन्छाइकन हामीले नयाँ जनवाद या समाजवाद कुनै पनि व्यवस्थाको पक्षमा काम गर्न सक्दैनौँ । स्यालको सिकार गर्न जाँदा बाघको सिकार गर्ने खजाना लिएर जानुपर्छ भनेको त्यही हो । हामीले नयाँ जनवादी व्यवस्था स्थापना गर्न समाजवादी व्यवस्थाको खजाना अथवा सर्वहारा विश्वदृष्टिकोण आफूसँग यथेष्ट मात्रामा हुनैपर्छ । सहयात्रीमा अवसरको मात्रा कायम रहेसम्म उद्देश्य पूरा हुनेमा त्यही अवरोध भई खडा हुन्छ ।

    उद्योग बढी भए मजदुर बढी हुन्छ । त्यहाँ मजदुरले सामूहिकताको पाठ सिक्छन् । उद्योगको विकास नभएको अवस्थाका मुख्य उत्पादक शक्ति किसान हुन्छन् । किसानको कामगराइ सामूहिक प्रकारको नभई व्यक्तिगत प्रकारको हुन्छ । तिनीहरूलाई सामूहिक अनुशासन सिकाएर काँडा तिखारेर जङ्गली काँडाजस्तै तिखो बनाउने हो, जुन ज्यादै कठिन हुन्छ । धेरै समय खर्चनुपर्नेसमेत हुन्छ । अर्कातिर, उनीहरूको आर्थिक हैसियतले निम्न पुँजीवादी भई विश्वदृष्टिकोण पनि निम्न पुँजीवादी भई विश्वदृष्टिकोण पनि निम्न पुँजीवादी नै हुन्छ । त्यसमा आमूल परिवर्तन गराएर सर्वहारा विश्व दृष्टिकोणको विकास गराउने काम पनि उत्तिकै कठिन र धेरै समय लाग्ने हुन्छ । निम्न पुँजीवादी चरित्रको विशेषता क्रान्तिकारिता प्रदर्शन गर्ने भए पनि सङ्गठन, लगन, अनुशासन र दृढताको कमी हुन्छ । तुरुन्तै उपलब्धि नभए उग्रता गर्छन् । परिपक्व हुन सक्दैनन् । आफूलाई फाइदा नहुने भएपछि अवसरको खोजीतिर लाग्छन् । त्यो गर्नु भनेको सम्झौतापरस्त चरित्र देखाउनु, संशोधनवादी राजनैतिक लाइनमा हिँड्नु र दलाली गर्नेसम्मको पटनको बाटो समाउनु हो ।

    अर्ध औपनिवेशिक अवस्थामा शासन चलाएका साम्राज्यवादी शक्तिले शोषणका आफ्ना तानाबाना कस्दै जान्छन् । प्राकृतिक श्रोतसाधनमा कब्जा गर्दै जान्छन् । राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो बन्दै जान्छ । वर्गीय मुक्तिका लागि वर्ग लड्नुपर्छ । राष्ट्रवादी राजनैतिक शक्ति राष्ट्रियताको सवालमा एक हुनुपर्ने भौतिक परिस्थिति तयार हुन्छ । कम्युनिस्ट पार्टी पनि राष्ट्रियताको रक्षा गर्ने सवालमा अघिल्लो पङ्क्तिमा रहेर लड्नुपर्छ र लड्छ पनि । उपर्युक्त कारणले कम्युनिस्ट पार्टीको नेतृत्व स्थापित हुन्छ । उसैको नेतृत्वमा अन्य राष्ट्रवादी राजनैतिक पार्टीबिच संयुक्त मोर्चा बनाई सङ्घर्ष गर्न सहमत हुन्छन् । त्यसरी राष्ट्रियताको लडाइँ बहुमत जनताको साथ र सहयोगमा अघि बढ्छ । त्यही परिपक्व, वस्तुगत र आत्मगत तयारीका साथ सञ्चालन भएको नयाँ जनवादी क्रान्ति विजयमा गएर राज्यसत्तामा जनताको पहुँच हुनेगरी कब्जा हुन्छ । त्यसरी राष्ट्रिय स्वाधीनतासहितको जनवादी सत्ता कायम हुन्छ । त्यो सत्ताले समाजवादतिर जाने बाटो फराकिलो पार्छ । समाजवादको यात्रा अगाडि बढ्छ ।

    क्रान्तिकारी शक्तिले बनिबनाउ राज्यसत्तामा वा परम्परागत राज्यसत्तामा आफू पनि सहभागी भएर शासन गर्न र समाजवादी व्यवस्था कायम गर्ने अवसर पाउन्नन् । राज्यसत्ता भनेको सेना, प्रहरी, कर्मचारी र राजनैतिक नेतृत्वसहितको शक्ति हो । त्यसमा मुख्य भूमिका सेनाको हुन्छ र अरूको सहयोगी भूमिका हुन्छ । साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जनताको शोषण गर्ने गरेका हुन्छन् । त्यसैले राज्यसत्ताका सबै अङ्गमा आमूल परिवर्तन गरेर जनताका पक्षपातीले जनताको पहुँच हुनेगरी सबै अङ्ग आफ्नो बनाउनुपर्छ, तब मात्रै जनताको मिहिनेतकश वर्गको पक्षमा काम हुन सक्दछ । त्यसैका लागि उपर्युक्त तीन वटा आवश्यक शर्त पूरा नभएसम्म क्रान्तिकारी भौतिक परिस्थिति परिपक्व हुन्न भनेर माओत्सेतुङले भन्नुपरेको हो । ती शर्त शान्तिपूर्ण जनआन्दोलन चर्केको बेलामा मात्र लागु हुन सक्ने हुनाले आन्दोलन चर्केर सबै जनताले कम्युनिस्ट पार्टीलाई सहयोग गरेर निकास खोजेको अवस्था हुनुपर्छ । त्यसका लागि कम्युनिस्ट कार्यकर्ता सर्वहारा विश्वदृष्टिकोणसहित राजनैतिक आन्दोलनमा खारिएर नेतृत्व पङ्क्तिमा पुगेको अवस्था हुनुपर्छ । राज्यसत्ताको कब्जापछि सामूहिक अर्थतन्त्र निर्माण गर्ने काम अघि बढाउन सक्नुपर्छ । त्यसो गरेर मात्र समाजवादका लागि बाटो फराकिलो हुन सक्छ ।

    बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.