• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा बस चल्न थालेपछि जग्गादाता खुसी


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • गलकोट (बागलुङ) । लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ ।

    Advertisement

    बागलुङ नगरपालिकालाई नि:शुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ । बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क उद्घाटन यता समेत नियमित बस चल्न नसकेकामा नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई प्रदान गरेपछि बस छुट्न थालेका छन् ।

    बागलुङ–४ स्थित दाबगरामा पाँच वर्षअघि निर्माण सम्पन्न गरिएको बसपार्कबाट एक महिना यता लामो तथा छोटो दुरीका बस छुटाइएको छ । यसअघि सञ्चालनमा आएको चिप्लेटी बसपार्क बन्द गरेर नयाँ बसपार्क व्यवस्थापनका लागि २५ वर्षका लागि निजी क्षेत्रलाई जिम्मा दिएपछि बस चल्न थालेका हुन् ।

    बस चल्न थालेपछि जग्गादाता खुसी भएका छन् । नगरपालिकाले रु नौ करोड खर्चेर निर्माण गरेको बसपार्कलाई एक वर्षदेखि बसपार्क चलाउन थालिएको प्रयास सफल भएको नगप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । बसपार्क सञ्चालनका लागि पुरानो चिप्लेटी बसपार्कमा भएका सबै टिकट काउन्टर नयाँ बसपार्कमा सारिएको छ ।

    नगरपालिकाले बसपार्क क्षेत्रमा सेवा शुल्क सङ्कलन तथा व्यवस्थापनका निम्ती आरबि कन्स्ट्रक्सन पोखरासँग सम्झौता गरेपछि बसपार्क सञ्चालनमा ल्याउन थालिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्मा र आरबि कन्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजालबीच बसपार्क व्यवस्थापनको जिम्माका लागि सम्झौता भएपछि बसपार्कबाट बस छुट्न थालेका हुन् ।

    नगरपालिकाको आन्तरिक आय जम्मा गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ को उपदफा २ बमोजिम नगरपालिकाको बसपार्क व्यवस्थापन ऐन २०८१ र आर्थिक ऐन २०८२ मा व्यवस्था भए बमोजिम नगरपालिकाले तोकेको दरमा कर संकलन प्रयोजनार्थ उक्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

    बसपार्क सञ्चालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कूल रु आठ करोड ५५ लाख ६१ हजार १७२ नगरपालिकालाई भुक्तानी गर्नेछ । त्यसको वार्षिक झण्डै रु १६ लाख २५ हजार नगरपालिकालाई कन्स्ट्रक्सनले भुक्तानी दिने छ । सम्झौता पत्रमा सवारीसाधन पार्किङकको दरसमेत नगरपालिकाले कायम गरेको छ । सोहीअनुसार कन्स्ट्रक्सनले उठाउने र नगरपालिकालाई भुक्तानी दिइने छ ।

    कूल १७ रोपनी आठ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधा सम्पन्न भवन र २३ वटा सटर तथा तीन टिकट काउण्टर, पाँच शौचालय, इभी चार्जर जडान गर्ने स्थानलगायत संरचना निर्माण भएका छन् । बसपार्कका सटरहरुको तीन हजार ५०० सयदेखि १० हजारसम्म मासिक भाडा कायम गरिएको छ ।

    सवारीसाधनअन्तर्गत रात्रि बसको पार्किङ शुल्क रु २०० देखि मोटरसाइकलको रु १० सम्म पार्किङ शुल्क तोकिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । नगर विकास कोषको ऋणमा नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

    विसं २०५८ मा कूल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको थियो  ।

    अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ ।

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.