• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

रहेनन् राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, मसालद्वारा श्रद्धाञ्जली व्यक्त


  •   बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको असामयिक निधन भएको छ ।

    Advertisement

    २०८२ कात्तिक ६ गते बिहीबार भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उहाँको निधन भएको हो ।

    राजमो रुपन्देहीका गङ्गालाल सापकोटाले युगदर्शनलाई दिनुभएको जानकारीअनुसार बुटवल–१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५५ वर्षीय केसी बेहोस भएर ढल्नुभएको थियो । उपचार बुटवल अस्पताल प्रालिसम्म पुर्‍याउँदा–पुर्‍याउँदै उहाँको निधन भएको थियो ।

    मसालद्वारा श्रद्धाञ्जली

    यता, नेकपा (मसाल) को पार्टीसदस्यसमेत रहनुभएका केसीको असामयिक निधनप्रति सो पार्टीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

    आजै महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा शोकवक्तव्य जारी गर्दै पार्टीले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

    वक्तव्यमा भनिएको छ– “हाम्रो पार्टीका सदस्य रहनुभएका टानबहादुर केसीको आजै भएको असामयिक निधन भएकोमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

    का. केसीले प्रवास र स्वदेशमा पार्टी, जनवर्गीय मोर्चा र सङ्गठनका विभिन्नस्तरका जिम्मेवारी निर्वाह गरिसक्नुभएको थियो । पछिल्लो समयमा उहाँ हाम्रो पार्टीको रुपन्देही जिल्लाको सचिवालय सदस्य तथा वैधानिक मोर्चाको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँको असामयिक निधनबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ ।

    अन्तमा पुन: उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

    मसालको रुपन्देही जिल्ला पार्टीले दिएको जानकारीअनुसार उहाँको पार्टीमा टेक नाम क. रिकर्ड रहेको थियो ।

    उहाँले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र रुपन्देहीमा राष्ट्रिय जनमोर्चा तथा अन्य विभिन्न जनवर्गीय सङ्गठनको जिम्मेवारी निर्वाह गरिसक्नुभएको थियो ।

    उहाँको परिवारमा पत्नी र तीन छोराहरू रहेका छन् ।

    पारिवारिक स्रोतका अनुसार केसीको दाहसंस्कार भोलि कात्तिक ७ गते शुक्रबार बिहान ६ बजे स्थानीय मगरघाटमा गरिने बताएको छ ।
    त्यस्तै दाहसंस्कारपूर्व शोकसभा आयोजना गरिने पनि राजमो रुपन्देहीले जानकारी दिएको छ ।

    बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.