• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सामाजिक सद्भावमा खलल पुर्‍याउने “लुसिफर” द्वारा अर्को अपशब्द प्रयोग (समाचार टिप्पणी)


  •   बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    देशमा सात सय ५३ ओटा स्थानीय तह छन् । त्यसमध्ये एउटा स्थानीय तह हो, काठमाडौँ महानगरपालिका । यसका प्रमुख हुन्, बालेन्द्र साह अर्थात् बालेन ।

    उनी प्रदेश सांसद, प्रदेश मन्त्री, मुख्यमन्त्री केही होइनन्, न त सङ्घीय सांसद, मन्त्री वा प्रधानमन्त्री, राष्ट्रपति नै हुन् तर उनको प्रस्तुति यस्तो छ, सम्भवत: यति दम्भसाथ उनीभन्दा माथिका कसैले आफूलाई प्रस्तुत गरेका छैनन् ।

    पछिल्लो जेनजी आन्दोलन भड्काउन बालेनको हात थियो भन्ने तथ्य जगजाहेर भइसकेको छ । स्थिति यस्तो देखा पर्ने गरेको छ, अघि अघि बालेनका सामाजिक सञ्जालका स्टाटस, पछि पछि जेनजीको नाममा क्रियाकलाप तर जेनजीका फोन नउठाएपछि भने उनको चरित्र एकाएक फेरिन थालेको छ । सामाजिक सञ्जालमै उनीप्रतिको फरक धारणा व्यक्त हुन थालेको छ ।

    अब उनलाई “लुसिफर” भन्न थालिएको छ, जसको अर्थ हुन्छ, इसाई देवदूत, जो पहिले सत्य र न्यायका लागि काम गथ्र्यो, पछि आफ्नो बाटोबाट भड्कियो ।

    त्यस्तै राजनीतिक वृत्तमा उनलाई गैरराजनीतिक व्यक्तित्व मान्न थालिएको छ । विश्लेषक देवप्रकाश त्रिपाठीले सामाजिक सञ्जालमा भनेकै छन्, उनी नेता होइनन्, यदि नेता भए उनले पब्लिक फेस गर्नुपर्दथ्यो । त्रिपाठीले भनेझैँ उनी राजनीतिक दलको नेताले झैँ जनता र आलोचकका प्रश्नको सामना गर्दैनन्, बरु मध्यरातमा सामाजिक सञ्जालमा कुण्ठापूर्ण अपशब्द पोख्दछन् ।

    अहिले उनी फेरि अर्को स्टाटसका कारण चर्चामा छन् । त्यो चर्चा उनीप्रति गरिएको आलोचना “लुसिफर” सित सम्बन्धित छ ।

    उनले २०८२ कात्तिक ५ गते साँझ फेसबुकमा लेखेका छन्– “चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ लाज लाग्दैन ?”
    उनले प्रयोग गरेको शब्दप्रति गम्भीरतापूर्वक ध्यान दिनुहोस्, “चियाको टाइममा रगत पिएर” । यस्तो शब्द प्रयोग गर्ने प्रयोक्ता कुनै जनसाधारण होइन, जननिर्वाचित नगरप्रमुख हुन् । उनले यस्ता शब्द प्रयोग गरिरहँदा उनलाई भोट हाल्ने लाखौँ मतदाताले के सोच्लान् भनेर उनले सोचेको देखिन्न ।

    बालेनले यस्तो अपशब्द प्रयोग गरेको पहिलोपटक होइन । उनले २०८० भदौ १७ गते सामाजिक सञ्जालमै लेखेका थिए– “आजको केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख, चोर सरकार ।”

    प्रसङ्ग थियो, उनकी पत्नी सबिना काफ्ले चढेकी वाहनमाथिको प्रहरी केरकार । कोटेश्वरमा प्रहरीले बालेनपत्नी चढेको सवारी साधनबारे सोधपुछ गरेपछि बालेन यसरी प्रस्तुत भएका थिए ।

    यहाँ पनि उनले प्रयोग गरेको शब्द स्मरण गर्नुहोस्– “सिंहदरबारमा आगो लगाइदिन्छु”, “चोर सरकार” । आखिर ठिक दुई वर्षपछि २०८२ भदौ २४ गते सिंहदरबारमा आगो नै लगाइयो । काठमाडौँ महानगरपालिकाले दमकल पठाएन, ललितपुर महानगरपालिकाले पठाएको दमकलले आगो निभायो ।

    अहिले बालेनले यस सम्बन्धमा विभिन्न जवाफ दिइरहेका छन् । पछिल्लो समयमा उनले यो स्टाटस हटाएका छन् ।

    नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन काठमाडौँ महानगरपालिकाकै स्वामित्वमा छ । त्यसबाट पालिकालाई वार्षिक करोडौँ राजस्व पनि प्राप्त हुन्छ तर “लुसिफर” ले त्यसलाई बचाउन पनि वास्ता गरेनन् ।

    अझै अर्को प्रसङ्गमा जाऔँ ।

    २०८१ चैत ११ गते बालेनले सामाजिक सञ्जालमै लेखेका थिए– “काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब पा’को छैन, सरकारको दम्भले । को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ?”

    प्रसङ्ग थियो, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित उनको विवाद । उनले अधिकृत सरोज गुरागाईंमाथि रत्नपार्कको निर्माणाधिन टावरबारे एउटा आरोप लगाएका थिए । त्यसबारे सत्य तथ्य टुङ्गो नलागीकनै गुरागाईंलाई हटाउनुपर्ने उनको माग थियो । उनी त्यसको सट्टा अर्का अधिकृत चाहन्थे ।

    यहाँ पनि उनले प्रयोग गरेको शब्द हेरौँ : “टुकुचामा गाड्दिन्छु” ।

    पाँच वर्षका लागि निर्वाचित भएको एउटा प्रतिनिधिको यस खालको अपशब्द वा अराजनीतिक शब्दावलीको प्रयोगले सामाजिक सद्भाव बिग्रने नै भयो । त्यसै त शासनसत्ताको भ्रष्ट कुशासनले जनता आक्रोशित छन् नै, त्यसमाथि बालेनका यस्तो अपशब्दले समस्या बल्झिने भयो ।

    फलस्वरूप भदौ २४ गते काठमाडौँ उपत्यका र उपत्यका बाहिर तोडफोड, आगजनीसहितको ठुलो विध्वंस भयो । त्यस्तै अहिले संसद् बाहिरबाट प्रधानमन्त्री चयन र उनको सिफारिसमा जननिर्वाचित प्रतिनिधिसभा विघटन भई संविधानमाथि आक्रमण भएको छ ।

    वर्तमान संविधानका कमजोरी छन् नै तर यसभन्दा उच्च प्रकारको जनगणतान्त्रिक संविधान नबन्दासम्म यसको रक्षा गर्नुपर्ने हुन्छ ।

    जननिर्वाचित संविधानसभाले निर्माण गरेको संविधानलाई खारेज गर्नुको अर्थ पुन: पछाडितिर फर्किनुहुनेछ । त्यसैले यो भन्दा अग्रगामी संविधान निर्माणको आधार तयार नहुँदासम्म यसमाथिको आक्रमण प्रतिगमन हो । “लुसिफर” ले प्रकारान्तरले प्रतिगमनलाई मदत पुर्‍याएका छैनन् भनी कसरी भन्न सकिन्छ ?

    बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.