• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोना भाइरसले निम्त्याएको सामाजिक असर


  •   बुधबार, असार १७, २०७७ मा प्रकाशित
  • विश्वभरी फैलिएको कोभिड–१९ ले संसार हल्लाएको छ । त्यसको प्रभाव नेपालमा बढ्दो छ । केही मानिसले प्रत्यक्ष संक्रमित भएर त्यसको पिडा भोगिरहेका छन त, अन्यले संक्रमण हुने सक्ने भयको वातावरणमा मानसिक पिडा खेपिरहेका छन् । कोरोनाका कारण मान्छेको दैनिकी कष्टकर बन्दै गएको छ ।

    Advertisement

    यस सानो आलेखमा कोरोनाबारे भन्दा पनि त्यसले निम्ताएको असरबारे मात्र ध्यान दिइने छ । यो लेख लेख्ने बेलासम्म नेपालमा १३ हजार पाँच सय ६४ जनामा संक्रमण देखिएको छ । तीन हजार एक ९४ जना संक्रमितनिको भएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

    त्यस्तै विश्वमा एक करोड लाख ३४ हजार ८ सय ३५ लाई संक्रमण भएको छ भने ती मध्ये पाँच लाख नौ हजार सात सय ७९ को मृत्यु भएको छ । विश्व स्वास्थ संगठनले त्यसको नियन्त्रण र रोकथाम गर्न जारी गरेको सुझावमा मात्र केन्द्रित हुने तर कोरोनाको असरले निम्त्याएका समस्यालाई ध्यान नदिने हो भने त्यसले थुप्रै समस्या निम्त्याउन सक्छ । यो बेला अनुमान र अड्कलमा आधारित हल्लाको पछाडी लाग्नु भन्दा पनि कोरोना भाइरस के हो ?

    त्यसको वास्तविक अध्यन गर्दै आधिकारिक सूचनाका आधारमा आफ्नो जिम्मेवारी र स्वअनुशासनलाई कडाइ साथ लागू गर्दै सचेत र सुरक्षित हुनु पर्दछ ।

    कोरोना भाइरस नियन्त्रण र रोकथामको लागी हालसम्म औषधि पत्ता लागेको छैन । यसको नियन्त्रणका लागि विश्व स्वास्थ संगठनले नागरिकलाई सुरक्षाका लागि विभिन्न सुझाव दिँदै आएको छ । नेपाल सरकारका निकायले कोरोना भाइरसबारे विभिन्न जानकारी प्रसारण गरेका छन् । धेरै लेखक र अनुसन्धानकर्ताले त्यसबारे लेखेका छन् ।

    त्यस अन्तर्गत सामाजिक भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा हाछ्युँ गर्दा नाक मुख छोप्ने, कोरोनासँग सम्बन्धित लक्षण देखिए अन्य ब्याक्तिको सम्पर्कबाट टाढा रहने र संक्रमण प्रमाणित भएका व्यक्तिसँगै बस्ने हिँड्ने गरेको भए वा विदेशबाट आएका व्यक्ति अनिवार्य क्वारेन्टिनमा बस्ने जस्ता सूचना जारी भएका छन् । तर कोरोना रोगबारे जनचेतना जगाउन नसक्दा यसको संक्रमण झन् फैलिरहेको छ ।

    कोरोना भाइरसका कारण निम्त्याएका केही सामाजिक घटनाः
    घटना–१
    कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाले भारतबाट उद्धार गरी ल्याउने व्यक्तिलाई विद्यालयमा क्वारेन्टिन बनाई राख्ने निर्णय गर्यो तर त्यही विद्यालयमा कार्यरत शिक्षक र स्थानीयको अगुवाईमा विद्यालय भत्काउने काम भयो ।

    घटना–२
    विदेशबाट आउने र संक्रमणको सम्भावना भएका व्यक्तिलाई क्वारेन्टिनमा राख्ने गरिन्छ तर क्वारेन्टिन राख्दा बित्तिकै उनीहरुलाई गरिने घृणा र तिरष्कारले क्वारेन्टिन भित्रै थुप्रै व्यक्तिले आत्महत्या गरेका छन् । त्यसरी आत्महत्या गर्नेहरुको पीसीआर रिपोर्ट नेगेटिभ आउनुलाई क्वारेन्टिनको बसाईमा मानसिक पिडा भएको एकिन गर्न सकिन्छ ।

    घटना–३
    क्वारेन्टिनमा बसि बाहिरिएका व्यक्ति वा कोरोना संक्रमण पछि निको भएका व्यक्ति र उसका आफन्त, कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत अति आवस्यक काममा सहभागी कर्मचारीसँग समाज तर्सिएको छ। उनीहरुलाई अपमान गर्ने काम भएको छ। त्यसको साथै कैयौं ठाउँमा घरभेटीले कोठाखाली गर्न समेत भनेका घटना धेरै बाहिरिएका छन् ।

    घटना–४
    कोरोनाको असरले थुप्रैको रोजगारी गुमेको छ । अस्थायी रोजगारी वा बसाई गर्नेहरुलाई विदेशबाट स्वदेश आउन, एक जिल्लाबाट अर्को जिल्ला वा एक गाउँदेखि अर्को गाउँ हिड्नुपर्ने बाध्यता पर्न सक्छ । र त्यसरी यात्रा गर्नेहरु जोखिमको आधारमा मापदण्ड अनुसारका क्वारेन्टिनमा बस्नु पर्ने नै हुन्छ । तर त्यसरी यात्रा गर्नेलाई कोरोना संक्रमणको आरोपमा दुर्व्यवहार गर्ने, घृणा गर्ने, मानसिक यातना दिने र पशु वा अपराधी जस्तै ठान्ने थुप्रै ठाउँमा भएको छ । भाडामा बस्नेहरु आफ्नो कोठामा फर्कने स्थिति छैन। कोठामा बस्नेहरु आफ्नो घरमा फर्कने स्थिति पनि छैन । त्यसको साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आफ्नो घर फर्कने अवस्था छैन । अन्य रोग लागेका व्यक्तिहरु समेत हस्पिटल गएर उपचार गर्न समस्या छ । त्यसको असरका कारण थुप्रै दीर्घ रोगीहरुको मृत्यु भएका समाचार आइरहेका छन् । एम्बुलेन्स चालकहरु समेत फरार भएका घटना थुप्रै छन् ।

    घटना–५
    क्वारेन्टिन भित्रै कतिपय महिलाहरु सुरक्षाकर्मी वा त्यहाँ बस्नेहरुबाट बलात्कृत भएका छन् भने कोरोना संक्रमणको आरोपमा जबर्जस्ती क्वारेन्टिनमा राख्न खोज्दा आत्महत्या गरेका घटना पनि छन् ।

    घटना–६
    एक गाउँबाट अर्को गाउँ छिर्ने बाटोमा तारबार र काँडा लगाएर प्रवेश निषेधका सूचना टासिँएको छ । मौसमी रुघाखोकी लागेका, सामान्य खोकी लागेका व्यक्ति र घरलाई समेत बहिस्कार गरेका घटना धेरै छन् । विश्वसनीयता छैन भनिएको र धेरै प्रश्न उठिरहेको आरडीटी चेक गर्दा पोजेटिभ आएका धेरैलाई मानसिक पीडा दिइएको छ र मान्छेलाई आत्महत्या गर्ने भयको वातावरण बनाएको छ।

    कोरोना भाइरसबारे समाजको दृस्ठिकोणसँग जोडिएको सैद्धान्तिक प्रश्नः
    कोरोना भाइरसलाई रोकथाम र नियन्त्रण गर्न समाजको महत्त्वपूर्ण भुमिका हुन्छ । त्यसलाई रोक्न समाजले कस्तो भूमिका खेल्छ त्यो समाजको दृस्ठिकोणसँग सम्बन्धित कुरा हो । समाजलाई कस्तो बनाउने त्यसको निर्णायक अधिकार त्यही समुदायमा बस्नेसँग हुन्छ । समाजको चिन्तन कस्तो छ त्यसको निर्धारण त्यही समाज भित्रका नेतृत्वले देखाउने कार्यशैलीमा भर पर्छ ।

    मानिस सामाजिक प्राणी भएको नाताले आफ्ना आवस्यकता, विकास र सुरक्षाका लागि एक आपसमा मिलेर बसेको हुन्छ र उसले समाज भित्र अन्तक्र्रिया, संघर्ष, सहयोग आदानप्रदान गरिरहेको हुन्छ । सामाजिक मूल्य, मान्यता, चाल–चलन, रीति रिवाजहरु ठाउँ र समाज अनुसार बेग्लाबेग्लै भेटिन्छन् । समाज कुनै जड वस्तु नभएकोले समाजले बनाएका सामाजिक नियम कानुनलाई समय र आवस्यकता अनुसार बदल्दै जानू पर्छ । पुराना सोच विचार र अब्यवहारिक नियम बदल्न प्रयास गर्ने माथि सामाजिक बहिस्कार वा सामाजिक विचलनको आरोप लाग्न सक्छ तर प्रगतिशील व्यक्तिहरुले त्यसलाई गौण मान्नु पर्दछ र सचेतताको कुरालाई प्रमुख रुपमा ध्यान दिनुपर्छ ।

    कोरोना भाइरस देखिए पछाडी पनि समाजका जड नियमका कारण थुप्रै घटना घटेका छन् । त्यसमा प्रगतिशील र क्रान्तिकारीहरु मौन बस्नु पटक्कै राम्रो होइन । समाजको चाल, चलन, मूल्य मान्यताको विरुद्धमा जानुलाई शास्त्रीय भाषाले सामाजिक विचलन भन्छ तथापि प्रगतिशील सोच राख्नेहरुले पुराना अन्धविश्वास, सामन्ती संस्कार र संस्कृति,अब्यवहारिक र असामाजिक निर्णय तथा गतिविधिलाई भत्काउनु पर्छ र त्यसको ठाउँमा ब्यवहारिक, वैज्ञानिक र विकसित समाज निर्माण गर्न ध्यान दिनु पर्छ ।

    ‘कुनै पनि समाजको चिन्तन त्यो समाजको शासक वर्गले स्थापित गरेको चिन्तन हो । त्यो चिन्तन उल्टाउने प्रयास नै क्रान्तिकारी कार्यको सुरुवात हो ।’ भनेर दार्शनिक काल मार्क्सले भने जसरी हाम्रो प्रयत्न सधैँ सकारात्मक र प्रगतिशील बाटोतिर केन्द्रित रहनु पर्छ ।

    अहिले कोरोना बुझाई पनि धेरै हदसम्म हल्लामा आधारित छ । मानिसको जीवन नै संघर्ष हो र संघर्ष नै जीवन हो भनेर जसले बुझ्छ त्यसको लागि अहिले पनि सहज वातावरण हुन सक्छ । मानिसको जीवन अवधीमा थुप्रै रोग र परिस्थितिले आक्रमण गर्न सक्छ । त्यसबाट बच्न कोशिश गर्नु पर्छ । त्यो नै मानिसको प्रवृत्ति हो । र पनि एक दिन मृत्यु अनिवार्य छ । कसैले रोक्न सक्दैन ।

    हामीले यो भोग्दै आएका छौं कि, संसारमा रोग, भोक, चिन्ता, दुर्घटना, युद्ध, लडाइँ, प्राकृति विपत्ति र यस्तै–यस्तै प्रकारका महामारीका कारण दैनिक लाख भन्दा धेरै मानिस मरिरहेका हुन्छन् । नेपालमा पनि दैनिक हजार जति मरिरहेका हुन्छन् । मानिसले आफ्नो इतिहासदेखि अहिलेसम्म विभिन्न महामारी र संकटको सामना गर्दै आएको छ । बिगतलाई हेर्दा हैजा, विफर, स्पेनिस फ्लू, एचआईभी, स्वाईन फ्लू आदि रोग र संक्रमणबाट करोडौं मानिस मरेका छन् ।

    जंगली र घुमन्ते युगबाट सुरुवात भएको मानवीय सम्बन्ध कृषि युग, औद्योगिक युग हुँदै आधुनिक समाजमा आईपुगेका छौं । औधोगिक विकाससँगै भएको सूचना प्रबिधि र शैक्षिक विकास, राजनैतिक चेतना आदिका कारणले सामाजिक रुपान्तरणको गति तीब्र रुपमा भैरहेको छ । विगत ५० वर्ष अगाडि मात्रलाई हेर्ने हो भने हाम्रो समाज एउटा साँघुरो घेरा भित्र, अन्धकार भित्र, अशिक्षा भित्र र सामन्ती नियम कानुन बन्दक बनेर बसेको थियो । तर वर्तमान समयको आधुनिक विकासले विश्वनै एउटा गाउँ बनेको छ । यस अवधीमा हामीले संसारका घटना, विचार र विश्वभरका प्रविधि, शिक्षा, स्वास्थ, खेलकुद, मनोरञ्जन, बस्तु उत्पादन, वितरण आदि मानवीय आवस्यकतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नियालेर हेर्ने र उपयोग गर्ने अवसर पाएका छौं ।

    कोरोना रोगबारे विश्वका देशले कस्तो बिधि अपनाएका छन्, त्यसलाई छलफल, विश्लेषण र संश्लेसण गर्दै आवस्यक जनचेतना जनस्तरमा पुराउन ध्यान दिनुपर्छ । जनस्तरसम्म जनचेतना पुग्न नसक्दा हाम्रो सामु त्यसको डर र भय उत्तिकै छ । सरकारले लकडाउन बाहेक अर्को विकल्प दिन सकेको छैन । कोरोना नियन्त्रण गर्ने बहानामा देशमा थुप्रै घटना घटिरहेका छन् । आवस्यक जनचेतनाको लागि संघ, प्रदेश र स्थानीय तहले सन्तुलित कार्यनीति र रणनीति अपनाउन नसक्दा एकातिर जनता आत्तिएको स्थिति छ भने अर्को तिर देशको अर्थतन्त्र धेरै खस्किएको छ । व्यावसायहरु थलिएका छन् । जनताको दैनिकी संकटग्रस्त अवस्थामा पुगेको छ । कोरोनाको संक्रमण तिब्र गतिमा अगाडि बढ्दै गएको छ तर सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरेको प्रयास र त्यस सिलसिलामा गरिएको खर्चको उपलब्धि निकै न्युन छ । यो अबधिमा जे जति क्वारेन्टिन निर्माण भएका छन् तिनीहरु मध्य ५ प्रतिशत पनि मापदण्ड अनुसारका छैनन् । अब्यवस्थित र यातना गृह जस्ता क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता अहिले पनि अथावत छ ।

    कोरोनाको बिकृती शहरमा भन्दा गाउँमा छ । सबै गाउँहरुमा समस्या नहोला तर जहाँ सचेतना छैन, अशिक्षा छ, त्यहाँ कोरोनाको भौतिक असर भन्दा पनि समाजमा कोरोनाबारे फैलिएको भय, त्रास, घृणा र बहिस्कार जस्ता मानसिक चिन्ताले थुप्रैलाई तर्साएको छ । अहिले पनि थुप्रै ठाउँमा सचेतता अभावका कारण मान्छेले दुःख पाएको छ । कोरना संक्रमण भए पछि सन्चो भएर घर फर्केने स्थिति छैन । गलत सामाजिक निर्णय र अबरोधका कारणले पुस्तौंदेखिको सामाजिक मेलमिलाप, छिमेकीको सहयोग आदानप्रदान र सुरक्षाको स्थिति बिग्रँदै गएको छ।

    यस प्रकारका अनैतिक गतिविधि र ब्यवहारले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, भाईचारा मित्रता र सामाजिक एकतामा भोलिका दिनमा दरार आउन सक्छ छ । समाजमा हुने अनावश्यक द्वन्द्वले विपतको बेला चाहिने असल छिमेकी, सहयोग र अन्तरसम्बन्धलाई समस्या सिर्जना गर्ने छ।

    त्यसैले यस्ता गतिविधि रोक्न र सही प्रकारको सचेतता कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारका विभिन्न सरोकारवाला निकायको ध्यान जान जरुरी छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि विश्वलाई सल्लाह सुझाव दिँदै आएको डब्लुएचओद्वारा जारी जनचेतना सम्बन्धी सूचना र मापदण्डलाई विशेष ख्याल राख्दै संघ, प्रदेश र स्थानीय निकाय सरकारबाट सन्तुलित कार्यक्रम बनाई जनस्तर पुग्नु पर्ने देखिन्छ । एफएम, रेडियो, टिभी र पत्रपत्रिकाबाट जनहितमा जारी भएका सूचना, लेख र समाचार मात्र प्रर्याप्त नभएकोले विशेषज्ञ, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बुद्धिजीवी, शिक्षक, राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियन्ता र सामाजिक नेतृत्वकर्तालाई समेत व्यापक रुपमा प्रयोग गरि कोरोना भाइरस कस्तो रोग हो ? कसरी सर्छ ? यसबाट कसरी बच्ने ? जस्ता विषय समेटेर प्रत्येक जनताको घर–घरसम्म जनचेतना पुर्याउन सकेमा यस प्रकारका समाजिक बिकृतीलाई रोक्न सकिने छ ।

    बुधबार, असार १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.