जापान । जापान नेपाली एकता समाज क्षेत्रीय समितिले समितिले कान्साईमा प्रगतिशिल भैलो कार्यक्रम सम्पन्न पारेको छ । क्षेत्रीय अध्यक्ष भुवन सापकोटा अध्यक्षता तथा समाजका केन्द्रीय उपाध्यक्ष गोपाल कृष्ण सापकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष छन्द सापकोटा, पूर्व केन्द्रीय सदस्य ठाकुर चालिसे, रक्तिम साँस्कृतिक अभियान जापानका अध्यक्ष टिका केसी, उपाध्यक्ष रेनु गुरुङ, समाज सेवी विष्नु खरेल, रुपा सापकोटा, मिना केसी, सिता सापकोटा, पत्रकार मेघराज सापकोटा, देव सापकोटा, वाल कलाकार सुहानी सापकोटा लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
ईन्डियन नेपाली रेष्टुरेन्ट आकृती हिराकाता सि, ओसाकामा अक्टोवर–२०, २०२५ का दिन सम्पन्न सो कार्यक्रममा समाजको केन्द्रीय समितिको तर्फबाट अध्यक्ष र महासचिवको शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो ।
भैलो स्वागत, नेपाली माटोले भन्छ तिमिलाई गित नृत्य रेनु गुरुङ, एउटै यात्रा गित ननृत्य टिका केसी, वावा नवस विदेशमा छिट्टै फर्क है स्वदेशमा सुहानी सापकोटा, रक्तिम पन्चेवाजा गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।