• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकी व्यापार युद्धमा ‘अन्त्यसम्म लड्ने’ चीनको चेतावनी


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आउने चिनियाँ सामानमा थप १०० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको केही दिनमै चीनले मङ्गलबार अमेरिकासँगको व्यापार युद्धमा ‘अन्त्यसम्म लड्न तयार’ रहेको कडा चेतावनी दिएको छ ।

    Advertisement

    राष्ट्रपति ट्रम्पको उक्त निर्णय गत हप्तामा बेइजिङले दुर्लभ पृथ्वी (खनिज) तत्वहरूको निर्यातमा नयाँ नियन्त्रण लगाउने निर्णयको प्रतिक्रियामा आएको हो । ती तत्वहरूमा अहिले चीनको विश्वव्यापी प्रभुत्व रहेको छ, जसले उच्च प्रविधि उद्योगमा ठूलो प्रभाव पार्ने बताइन्छ ।

    ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमार्फत नोभेम्बर १ देखि ‘कुनै पनि र सबै महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा पनि नियन्त्रण लागू गरिने घोषणा गर्नुभएको छ । यस पछिल्लो कदमले अन्तर्राष्ट्रिय बजारमा ठूलो हलचल ल्याएको छ र दक्षिण कोरियामा हुने भनिएको राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको सम्भावित बैठकमाथि समेत प्रश्न उठाएको छ ।

    “भन्सार शुल्क युद्ध र व्यापार युद्धका विषयमा चीनको नीति अडिग छ । यदि तपाईं लड्न चाहनुहुन्छ भने, हामी अन्त्यसम्म लड्नेछौँस तर यदि वार्ता गर्न चाहनुहुन्छ भने, हाम्रो ढोका सधैँ खुला रहनेछ”, चीनको वाणिज्य मन्त्रालयका एक अज्ञात प्रवक्ताले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भने, “संयुक्त राज्य अमेरिकाले नयाँ प्रतिबन्धात्मक कदम चाल्दै एकैसाथ वार्ता खोज्नु चीनसँग संलग्न हुने उचित तरिका होइन ।”

    यसैबीच राष्ट्रपति ट्रम्पले आइतबारको अर्को पोस्टमा चीनलाई ‘मद्दत गर्ने इच्छा’ रहेको बताउँदै ‘सबै ठीक हुनेछ’ भनेर आफ्नो केही आक्रामक टिप्पणीहरू फिर्ता लिएको देखिन्छ ।

    सोमबार प्रकाशित चीनका भर्खरैका आधिकारिक तथ्याङ्कअनुसार अमेरिकी करवृद्धिका बाबजुद सेप्टेम्बर महिनामा चीनको निर्यात लचिलो देखिएको छ । गत महिनाको निर्यात वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको छ । यो मार्चपछिको सबैभन्दा तीव्र वृद्धि हो र पूर्वानुमानभन्दा धेरै माथि पुगेको हो ।

    संयुक्त राज्य अमेरिकातर्फ चीनको निर्यात ३४ अर्ब ३० करोड डलरमा पुगेको छ । यसले विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारमा चिनियाँ सामानको माग अझै बलियो छ भन्ने देखाउँछ ।

    हाल ट्रम्प प्रशासनले चिनियाँ वस्तुहरूमा लगाएको करका कारण ती सामानहरूले कम्तीमा ३० प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गरिरहेका छन् । चीनले यसको प्रत्युत्तरमा १० प्रतिशतको भन्सार शुल्क लगाएको छ ।

    यस विषयले अहिले वासिङ्टनमा भइरहेको अन्तर्राष्ट्रिय मुद्राकोष ९आइएमएफ० र विश्व बैंकको अर्धवार्षिक बैठकमा पनि व्यापक ध्यान आकर्षित गरेको छ । ट्रम्पको करनीति र व्यापार आक्रमणको विश्वव्यापी प्रभावबारे छलफल तीव्र बनेको छ ।

    यद्यपि ह्वाइट हाउसले दीर्घकालीन रूपमा यी भन्सार शुल्कहरूले अमेरिकाको अर्थतन्त्रलाई लाभदायक बनाउने दाबी गर्दै आएको छ । अधिकारीहरूले अहिले देखिएको तुलनात्मक रूपमा सीमित आर्थिक प्रभावलाई उदाहरण दिँदै आफ्नो नीतिको समर्थन गरेका छन् ।

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.