• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विपिन जोशीप्रति राजमोको श्रद्धाञ्जली


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । विपिन जोशीको मृत्युप्रति राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ असोज २७ गते राति जारी शोकवक्तव्यमा जोशीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त समवेदना व्यक्त गरिएको हो ।

    जोशीको निधन उनको परिवारको विषय मात्र नभएर सम्पूर्ण नेपालीको भएको बताउँदै वक्तव्यमा राजमोले शोकवक्तव्य जारी गरेको छ ।
    यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :

    “हमास र इजरायलको बिचमा शान्ति सम्झौता भएको अवस्थामा हमासले बन्धक बनाएका मानिसहरू छुट्ने सम्भावना देखा परेको थियो र अहिले तिनीहरूमध्ये कैयौँ जना छुटी पनि सकेका छन् । त्यो क्रममा विपिन जोशीको पनि उत्सुकतापूर्वक प्रतीक्षा भइरहेको थियो । त्यही बेलामा उनी जीवित नरहेको समाचारबाट सम्पूर्ण नेपाली र हाम्रो पार्टी राष्ट्रिय जनमोर्चासमेत स्तब्ध हुन पुगेको छ ।

    हमासको आक्रमणबाट ठुलो सङ्ख्यामा इजरायलीको मृत्यु हुनुका साथै १० जना नेपाली विद्यार्थीको हत्या गरिएको थियो र एक जना विपिन जोशी बन्धक बनाइएका थिए । केही समय पहिलेसम्म पनि उनी जीवित नै रहेको र उनी छिटै छुट्ने समाचार बाहिर आएको थियो । अकस्मात् उनी जीवित नरहेको समाचार आउनु अत्यन्त दुखद् कुरा हो ।

    अहिले विभिन्न समाचार सूत्रबाट उनको शवसमेत हमासले इजरायललाई प्रदान गरेको समाचार आएको छ र इजरायलस्थित नेपाली दूताबासले पनि त्यही प्रकारको समाचार दिएको छ । त्यो अवस्थामा हामीले उनीप्रति उच्च प्रकारको श्रद्धाञ्जली प्रकट गर्दै उनका शोकसन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    उनकी आमा र बहिनीले विपिन जोशीलाई छुटाउन इजरायल र अमेरिकासम्म पुगेर दौडधुप गरेका थिए । अहिले उनको मृत्युको समाचारले उनीहरूलाई कति ठुलो चोट पुगेको होला ? कसैले पनि सो कुराको अनुमान गर्न सक्दछ । वास्तवमा विपिन जोशीको मृत्युबाट पुगेको शोक उनको परिवारको मात्र नभएर त्यो राष्ट्रिय विषय भएको छ । त्यसका लागि हामी सम्पूर्ण नेपालीको तर्फबाट दु:ख प्रकट गर्दछौँ ।”

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.