• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रायोजित जेनजी बिद्रोह केका लागि थियो


  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • डिल्ली अम्माई ##

    Advertisement

    प्रायोजित वा छद्म बिद्रोह र मौलिक बिद्रोहको मुख्य अन्तर भनेको त्यसभित्रको आन्तरिक स्वरुप(प्रकृति र चरित्र) नै हो । आन्तरिक ढाँचाभित्र नेतृत्व,बिचार,कार्यशैली र एजेन्डाहरु पर्दछन्। मौलिक बिद्रोहमा एक भिजनरी नेतृत्व टिम हुन्छ। राजनितिक पार्टी,ब्याबस्थापकीय मोडेल, योजना र जनजीविकासंग सम्बन्धित मौलिक एजेण्डाहरु हुन्छन्। त्यसको निर्दिष्ट लक्ष हुन्छ। तर प्रायोजित अथवा एनजीओद्वारा निर्देशित बिद्रोहमा भड्काउ ल्याउने खालका केहि एजेण्डा हुन्छन्। ति पनि शक्ति राष्ट्रको लगाममा अल्मल्याएर उत्तेजनात्मक हिँसा भड्काउने उद्धेश्यले तयार पारिएका हुन्छन्। त्यहाँ नदेखिने शक्ति(हिडन् फेस)हरुले नेतृत्व गरिरहेका हुन्छन्। बिद्रोह टुङ्गिन लाग्ने बेलामा मात्र प्राधिकारको दावी सहित केहि ब्याक्तिहरु फ्याट्ट फ्याट्ट बाहिर निकालिन्छ। विभिन्न आइएनजीओको लगानीमा यस्ता प्रायोजित आन्दोलनको पृष्ठभुमि तयार पारिने भएकोले प्रायोजित ब्याक्तिहरुबीच नै मिसनमा अलमल दखिन्छ। जेनजी बिद्रोहमा बैचारिक दिशाबोध भएको राजनैतिक निष्कर्ष दिन सक्ने नेतृत्व नदेखिनुले त्यस खालको आशंका गर्ने ठाउँ देखियो । नेतृत्व लिने बेलामा मात्र केहि पपुलर अभियन्ता वा कर्मचारीको रुपमा काम गरिरहेका गैह्र जेनजी बुढा बुढिहरुलाई सपथ खान राष्ट्रपतिसामु उभ्याइयो। जेनजी आन्दोलनको बाहिरि तस्विर यस्तै देखियो।

    युक्रेन लगायत विश्वका अन्य देशमा भएका कलर,जेनजी तथा अरव स्प्रिंगजस्ता प्रायोजित बिद्रोहमा राजनैतिक मोडेलको बहस त भएन नै, यसको सट्टा शक्ति राष्ट्रले तयार पारेका र उनीहरुका स्वार्थ अनुरुप चल्ने गैह्र बैचारिक ब्याक्तिहरु नेतृत्वमा ल्याइयो। बंगलादेशमा महम्मद युनुसलाई फ्रान्सबाट ल्याएर नेतृत्वमा स्थापित् गरेको तस्विर हाम्रै आँखा अगाडी छ। मनोरंजन क्षेत्रबाट ल्याएका जेलेन्स्कि,बोरिस एल्सिन लगायत सिआइएले स्थापित गरेका धेरै नेत्रित्वहरुलाई यस रुपमा लिन सकिन्छ। क्युवाली नेता,मन्डेला,होचिमिन्ह,पुटिन,लुमुम्बा,सुकार्नो,राफेल ट्रुजिलो, लगायत विश्वका धेरै नेपाहरुलाई सिआइएले मार्ने योजना बनाए पनि सफल हुन सकेन। फिडेल क्यास्ट्रो यसै सन्दर्भमा क्यास्ट्रोले भनेका थिए : “यदि हत्याबाट बच्ने ओलम्पिक कार्यक्रम भएको भए, म स्वर्ण पदक जित्ने थिएँ।”१९७३ मा सीआईएले चिलीका राष्ट्रपति साल्भाडोर एलेन्डेलाई अपदस्थ गर्‍यो। उनको मृत्यु कूको दिनमा भयो।

    अहिले मात्र नभएर धेरै अगाडीबाट पश्चिमा डिप स्टेटलाई मन नपरेका सत्ताहरू उखेलेर फ्याँकिएका दृष्टान्तहरु संसारमा धेरै छन्। दक्षिण एसियाको सिक्किम जस्तो सार्वभौम देश भारतमा कोल्याप्स गरिएकोमा भारतीय खुफिया एजेन्सि ‘रअ’ को हात रहेको मानिन्छ। त्यस्तै बिशाल सोभियत सत्ता,युगोस्लाभिया लगायतका देशमा अमेरिकी खुफिया ‘सिआइए’द्वारा देश नै विभाजन गरियो।

    अहिलेको सन्दर्भमा डिपस्टेटको प्रायोजन, उक्साहट, स्वार्थ र लगानीमा स्थानीय असन्तुष्टिमा टेकेर एसियामा जेनजी नामक बिद्रोह मन्चन गरिएको आरोप छ भने अन्य क्षेत्रमा प्रायोजित बिद्रोहलाई गुलावी,चमेली,अरव स्प्रिंग लगायत विभिन्न नामले जानिन्छ । जेनजी विद्रोहको तात्कालिक कार्यनीति नेपाल र बंगलादेशमा अमेरिकी सेनाको स्थाई क्याम्प निर्माण गर्नु रहेको कुरा विभिन्न विश्लेषकहरुले बताई रहेका छन्। पश्चिमा रणनीति अनुशार दोश्रो खम्पा विद्रोहको सृजना गरि चीनलाई घेरा हाली स्थाई युद्धमा धकेल्नु हो भन्ने कुरा एमसीए नेपालले सुरक्षा कारण देखाएर अमेरिकी सेना माग गरेको बक्तब्यबाट पुष्टि गर्ने आधार दिन्छ। पश्चिमा डिपस्टेटले उत्तर पूर्वी भारतमा उसैको सहयोग लिएर कृतिमुख राक्षस राज्यको सृजना गर्ने समेत लक्ष राखेको कुरा जो स्टेटको प्रचारबाजीले छर्लङ्ग पारेको छ। इजरायल जस्तै अमेरिकन ‘हिडन् वार स्टेट’को रुपमा पाकिस्तानको बलुचस्तान,नेपाल,ताइवान र पूर्वोत्तर भारत “जालेन्गम”स्थाई कठपुतली राज्य पश्चिमाको गोप्य रणनीति हो।

    विद्रोहका विभिन्न मोडेलहरूबारे बुझ्दा,चरित्रको हिसावले गुलावी बिद्रोह राज्य विभाजन र कठपुतली सरकारको स्थापनामा केन्द्रित रह्यो भने चमेली बिद्रोह युद्धको बिस्तार गर्न केन्द्रित रह्यो। अरव स्प्रिङ्ग निरंकुशताको निहुँमा पुरानो सत्ता उखेलेर साम्राज्यबाद बिरोधि नेतृत्वको सफाया गर्न केन्द्रित रह्यो। त्यसरी राज्य बिप्लव भएको ठाउँमा अमेरिकाले आफ्ना सैनिक अड्डा नै बनायो। त्यहाँबाट उसले प्राकृतिक साधनको ब्रह्मलुट नै गर्यो। मध्ये पुर्व यसको केन्द्र रह्यो। त्यसैले अरव स्प्रिङ्गलाई पश्चिमाहरुले निरंकुशता बिरोधि अभियानको नाम दिएका छन्। एसियाकोमा डिपस्टेट प्रायोजित अभियानलाई भ्रष्टाचार बिरोधि जेनजी अभियान नामाकरण गरि दिएका छन्। अफासोचको कुरा,अमेरिकाले साउदी अरव ,युएई जस्ता संसारकै निरङ्कुश कठपुतली राज्यहरुमा उसले कहियै त्यस्ता बिद्रोहको जरुरी नै देख्दैन।

    छद्म बिद्रोह किन,कसरि र केका लागी हुन्छ ? :

    शक्तिशाली खुफिफा एजेन्ट मार्फत गरिएको प्रायोजित बिद्रोहद्वारा कसरि कठपुतली सरकार निर्माण गरिन्छ ? त्यसको फरक ‘इको सिस्टम ‘वा पारस्पारिक प्रणाली हुन्छ। जस्तै :एनजीओ निर्माण -सफ्ट कार्ययोजना -मिडिया तथा संजाल वार – बिद्रोह र तयार पारिएका पात्रहरुको पदस्थापना-पुन अर्को चरणको विद्रोहको तयारि- छुटाइएका माग तथा नयाँ एजेण्डाहरुको प्रचार-पुन संजाल वार -अराजक बिद्रोह र बाह्य सैनिकको प्रवेश र छिमेकी बिरुद्ध प्रोक्सी वार। खुफिया एजेन्टहरु सफ्ट पावर प्रयोग गरेर कसरि नेपाल जस्ता गरिव देशका गाउँ गाउँसम्म पुग्ने वातावरण बनाउछन् ? धेरैलाई थाह नहुन सक्छ। त्यसको सजिलो माध्याम भनेको एनजीओ निर्माण हो। नागरिक असन्तुष्टिलाई भर्याङ्ग बनाएर उनीहरु टोल टोल पुगी गाउँलेहरुका असन्तुष्टि जम्मा गर्दछन्,आबश्यक सुचनाहरु संकलन गर्दछन् र त्यसको नगदीकरण गर्दछन्। प्रचार प्रोपागान्डा उचाइमा पुर्याउछन्। छानिएका ब्याक्तिहरुलाई छात्रवृति,तालिम,भत्ता र पुरस्कारबाट प्रभावित पारि आफ्ना रुचिहरूको निर्यात गरिन्छ। प्रभावका ब्याक्तिलाई ससक्त एजेन्टको रुपमा स्थापित गर्न बिशेष पुरस्कार र सम्मान दिने गरेका उदाहरणहरु नेपालमा पनि धेरै छन् । जब पुरस्कृत ब्याक्तिले बिदेशी शक्तिको आडमा बोल्दछ,केहि स्टन्ट गर्दछ, त्यसलाई सामान्य नागरिकले उसले दिएको महान ज्ञान मान्दछन् र त्यो ब्याक्तिलाई देउता सरह मान्न थाल्दछन् । उसलाई त्यहि स्टन्ट उपक्रमले क्रमश रोल मोडेल बनाउदै लैजान्छ। सम्मान र पुरस्कार प्राप्त ब्याक्ति दाता देश प्रति हमेसा ऋणी तथा बफादार हुन्छ। एजेन्टको निर्माण पछि गुप्तचरले त्यसको नियन्त्रण कस्न थाल्दछ। छद्म उपक्रम गर्न नमान्नेलाई होस्नी मुवारक वा बिन लादेन बनाइ दिन्छ। नेपालको दरवार हत्याकाण्ड र मदन आश्रित हत्याकाण्डलाई पनि उदाहरणको रुपमा लिन सकिन्छ।

    अर्को तर्फ डिपस्टेटले नैतिकरुपले कमजोर नेता,सुरक्षा निकायका नेतृत्व र उच्च पदस्थ कर्मचारीलाई एनजीओ मार्फत एजेन्ट बनाउने प्रयत्न गर्दछ । सजिलै मानेनन् भने उनीहरुलाई ठुला ठेक्का र हतियार खरिद बिक्रिको कमिसनमार्फत हातमा लिन्छन् । कुनै न कुनै अपारदर्शी काण्डमा फसाई दिन्छन्। त्यस प्रक्रियालाई खुफिया एजेन्टले सुक्ष्म तरिकाले रेकर्ड समेत गरेका हुन्छन। त्यो रेकर्ड नै नेताको रिमोट कन्ट्रोल बम हो। यसमा फसेका नेताले त्यो देशको नाम लिँदा पनि तर्सिन्छन् र कुनै पनि काण्डबारे मुख चपाएर बोल्नुको कारण नै आफ्ना कर्तुतहरु लिक हुने डर हो । कुनै गलत हर्कतमा फँसे पछि एजेन्टले बिदेशी शक्तिका हरेक आदेश मान्नै पर्ने हुन्छ। नमाने सेख हसिनाझैँ भाग्नु पर्ने वा बिरेन्द्र वा मदन भण्डारीझैं मारिनु पर्ने अबस्था आउन सक्छ। त्यस्ता भ्रष्ट नेताको भबिष्य गुप्तचर एजेन्सीको हातमा हुन्छ। यसमा यौन सडेन्त्र पनि गुप्तचरले गोप्य रुपमा तय गरेका उदाहरणहरु संसारमा धेरै छन् । खुफियाद्वारा यौन मामिलामा रुचि राख्ने नेताको छनौट पनि गोप्य रुपमा हुन्छ। त्यहि परिवेश बनाएर फ़साइञ्छ। सीआइए,मोसाद र रअ जस्ता गुप्तचरको अफिसमा नेता,उच्च पदस्थ र स्वतन्त्र मिडिया मालिकका हरेक कमजोरीको छुट्टा छुट्टै फाइल हुन्छ। सोहि अनुशार प्रयोगको डिजाइन गरिन्छ। नेताको उपयोगिता रहुन्जेल प्रयोग गरिन्छ भने उपयोगिता सकिएपछि उसलाई जेल पठाइन्छ वा मार्गबाट देउपा वा वलीलाई झैँ हटाइन्छ । सम्मान,पुरस्कार,छात्रवृति जस्ता कुरा छद्म युद्धका खुफियाहरुको दीर्घकालिक लगानी हो। त्यो लगानी खुफियाहरुको राष्ट्रिय स्वार्थको लागि हुन्छ नकि पुरस्कार पाउने नेताको।

    त्यसैले यो चक्रब्युहलाई नबुझ्नेहरुले वैश्विक टकरावको द्वन्द र खुफिया चरित्रलाई कहिल्यै बुझ्न सक्दैनन्।

    दक्षिण एसियामा नयाँ राज्य बनाउने खुफिया रणनीति :

    भारतको पुर्बित्तर संगै लद्दाकमा समेत अलग राज्यको अभियानले उग्र रुप लिएको छ। लद्दाक आन्दोलनका छद्म उत्प्रेरक भनिएका सोनाम वाङ्ग्चोक समातिए पछि लद्दाकको आन्दोलन केहि मथ्थर भएको आँकलन गरिएको छ। त्यस्तै उत्तरपूर्वी भारतमा समेत क्रिश्चियन ‘जो स्टेट जोगम’ को माग चर्किन थालेपछि अमेरिकी डिप स्टेटको चाहना छताछुल्ल भएको छ । जुन कुरा ‘गोरो छाला भएको अमेरिकी नेताले यस्तो प्रस्ताव राख्यो मानेको भए मेरो पद जोगिन्थ्यो’भनेर बंगलादेशकी पुर्व प्रधानमन्त्रि सेख हसिनाले पत्रकार सम्मेलनमा नै मुख खोलिन्।

    यो प्रस्तावित कुकी राज्य “जालेन्गम” [स्वतन्त्रताको भूमि] को लाइनमा रहेको बताइएको छ। यो छुट्टै राष्ट्रमा म्यानमारको सागाइङ डिभिजन र चिन राज्य, भारतको मिजोरम राज्य, मणिपुरको कुकी-बसोबास क्षेत्रहरू, र बंगलादेशको चटगाउँ डिभिजनको बन्दरबन जिल्ला र छेउछाउका क्षेत्रहरू समावेश हुनेछन् भनिएको छ । यो सबै योजना बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसकै सहमतिमा हुँदैछ। त्यसको पुर्व तयारीको लागि अहिले अमेरिकी सेना समेत चट्गाउँमा आइपुगेको छ। विशेष गरी अमेरिकामा आधारित ब्याप्टिस्ट चर्चले यो “जो-एकीकरण” मागलाई उक्साइरहेको छ। यी चर्च निकायहरू अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी (CIA) सँग नजिकबाट जोडिएको भनेर रिपोर्टमा आएको छ।

    वास्तवमा ‘बे अफ बंगाल’मा रहेको बंगलादेश–म्यानमार सामुद्रिक सीमा नजिक रहेको जम्मा आठ वर्गकिलोमिटरको क्षेत्र ओगटेको सेन्ट मार्टिन आइल्याण्डमाथि अमेरिका नियन्त्रण चाहन्थ्यो, त्यसमा लागि अमेरिकी अधिकारीद्वारा शेख हसिनासँग प्रस्ताव पनि राखियो तर उनले अस्वीकार गरिन्। सेन्ट मार्टिन द्वीप रणनीतिक महत्वको टापु हो , जसमा नियन्त्रण कायम गर्न सकेमा अमेरिकीले चीनमाथि निगरानीका लागि त्यसलाई प्रयोग गर्न सक्छ। अमेरिकाको विश्वका ८० बढी देशमा ७५० सैन्य आधारशिविर छन्, एशिया प्रशान्त क्षेत्रमा मात्र २०० बढी यस्ता शिविर छन्। तर अमेरिकाको हालसम्म दक्षिणएशियामा कुनै सैन्य आधारशिविर छैन । त्यो टापु नपाएपछि अमेरिकाले म्यान्मारको रखाइन स्टेट, बंगलादेशको चटगाउँ क्षेत्रको केही र भारतका पूर्वोत्तर मणिपुर र मिजोरमका केही जिल्ला जस्ता क्रिश्चियन बाहुल्य क्षेत्रलाई समेटेर ‘जो स्टेट’ बनाउन चाहेको हो । त्यहि रणनीति अनुशार जुन्ता सरकारविरुद्ध विद्रोह गरिरहेका खास गरेर रखाइन स्टेटका करिब आधा दर्जन समूहलाई अमेरिका ठूलो आर्थिक, हतियार र गोलीगठ्ठा सहयोग गर्दै आएको छ ।अमेरिकाका लागि हिन्द प्रशान्त रणनीतिको अंगको रुपमा ति क्षेत्रलाई महत्व दिएको छ। ति क्षेत्रमा चीनका लागि हिन्द महासागरसम्म पहुँच र भारतका लागि पूर्वोत्तर सम्पर्क (कलादान मल्टी–मोडल ट्रान्जिट ट्रान्सपोर्ट प्रोजेक्ट) का लागि अत्यान्त महत्वपुर्ण क्षेत्र हुन् । यो त्रिपक्षीय स्वार्थको टकराव बेहोरिरहेको क्षेत्र हो । यसै सिलसिलामा ट्रम्पले १९ सेप्टेम्बरमा अफगानिस्तानमा रहेको बाग्राम सैन्य बेस फिर्ता लिने बताएका छन, त्यसका लागि तालिवान सरकारलाई दबाब पनि दिएका छन् ।हिमालय क्षेत्रमा उद्धारमा प्रयोग गर्ने नेपाली सेनाका सबै हेलिकप्टर अमेरिकाले दिएका हुन्, जसले चीनसम्मको सीमासम्म उडान भर्नेछन् । त्यसमा अमेरिकाले जासुसी उपकरण जडान गरेको कुरा समेत आएको छ। यसरि अमेरिकाले दक्षिण पूर्वबाट चीन घेर्ने रणनीतिमा नेपाल,भारत,पाकिस्तान,अफगान,बंगलादेश र म्यान्मारमा कुटनीति,रणनीति र सफ्ट पावर प्रयोग गरि अनुकुल वातावरण बनाउने प्रयत्न गरिरहेको कुरा हेक्का राख्नै पर्ने हुन्छ। उसले त्यो सबै चीन बिरुद्ध ‘हार्ड पावर केन्द्रीकरण’ रणनीति अर्थात प्रोक्सी वारको लागि गरिरहेकोमा अब शंका गरिनु हुन्न।

    पत्रै पत्रले जेलिएको जेनाजी विद्रोह :

    पश्चिमा डिप स्टेटकै योजनामा अमेरिकी राष्ट्रपति डोनाल ट्रंपका सहयोगी चार्ली क्रिक मारिएपछि ट्रंप समेत डिपस्टेटसंग सम्झौता गर्नु पर्ने ठाउँमा पुगेको आँकलन गरिदै छ। अमेरिकाको रणनीति बहु-आयामिक छ। रुसलाई कमजोर बनाउन डिपस्टेटले युक्रेनमा जेलेंसकी जस्तो कठपुतली तयार गरि लडाई जारि राखेको छ। ‘जहाँ जुत्ता राख्ने ठाउँ थिएन त्यो देश हाम्रो लागि लडिरहेको छ। ‘ बेलायति प्रधानमन्त्री बोरिस जोन्सनको यो भनाइले जेलेन्स्कि सत्ता कसको लागि लडिरहेको रहेछ बुझ्न कतै भौंतारिनु पर्दैन। यहि प्रोक्सी वार उसले म्यान्मार र नेपालमा कठपुतली सरकार बनाएर चीन बिरुद्ध लड्न चाहन्छ।

    राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र जनजीविका समस्याहरु जटिल भएका देशमा आन्तरिक विद्रोहको सम्भावना सँधै रही रहन्छ। तर त्यस प्रकारका स्थानिय विद्रोहको नेतृत्व राष्ट्रिय शक्ति वा भनौँ नागरिक शक्तिबाट भएको हुन्छ। त्यहाँ बिद्रोहलाई संचालन गर्ने निदिष्ट कार्यदिशा बोकेको नेतृत्वदायी टिम हुन्छ। विद्रोहको सफलता पछि त्यहि नेतृत्वले राज्य संचालनमा प्रतक्ष भूमिका खेल्दछ। नेपालको जेनजी बिद्रोहमा यी सबैको तयारि नागरिक तहबाट भएको देखिएन वा भनौँ अप्रत्यासित कमजोरीहरु देखिए । विश्वका यस्ता प्रायोजित विद्रोहहरु अहिले इण्डोनेशिया,फिलिपिन्स,नेपाल,भारत लगायतका देशमा चलिरहेका छन्।

    तात्कालिक प्रम केपी वली चीन गएर ‘बीआरआई फ्रेमवर्क’ मा गत वर्ष हस्ताक्षर गर्नुलाई त्यसको परोक्ष कारण मानियो । त्यसले साम्राज्यबादी डिप स्टेट सन्तुष्ट थिएन भन्ने देखियो । अर्को प्रतक्ष कारणमा संजाल बन्दलाई देखाइयो। तर त्यो प्रमुख कारण हुँदै हैन। धेरै अगाडी देखि नै एनजीओहरु मार्फत बिद्रोहलाई रन्काउने तातो पानि पनि भित्रभित्रै पाकिरहेको थियो त्यसमा सिआइए र रअले आर्थिक भौतिक र नैतिक भरथेग गरिरहेका थिए । यसमा ओलीले आफ्नै गुटभित्रको उपगुट विद्या भण्डारी समूहमाथि समेत निषेधको राजनीतिले पनि एक हदसम्म काम गर्यो । एमालेलाई मातृपार्टी मान्ने दलीय ट्रेड युनियनमा आबद्ध शिक्षक, प्राध्यापक, कर्मचारी, विद्यालय कर्मचारी, स्थानीय निकायका कर्मचारी आदि समेत ओलीसँग हैरान थिए । यसमा एमाले भित्र र अन्य पार्टीका एनजीओहरुको समेत बिशेष भूमिका रहन गयो। यी सबको प्रमाण सतहमा खोजेर भेट्न सकिन्न।

    पचासको दसकदेखि नै राज्य जनजीविकाको सवालमा अकर्मन्ड्य बनेकै हो । जनयुद्धले पनि जनजीविकाका सवाललाई बेवारिसे बनाएर छोड्यो। त्यतिबेलादेखि थिग्रिएको असन्तुष्टिले पनि जेनजी विद्रोहको भूमिका बनाउने काम गर्यो। नेताका सन्तानको जीवन शैलीको बिरोध स्वरुप ‘नेपोबेबी’ अभियान र भ्रष्टाचार बिरोधि संजाल उपक्रमले पनि असन्तुष्टिको गतिलाई दम दिने काम गर्यो । त्यसमा सबै पार्टी भित्र रहेका एनजीओहरुले आफ्ना सर्कललाई पूर्ण रुपले परिचालन गरिरहे । सबै एनजीओहरुको संचालन गर्ने एउटै सक्ति केन्द्र हुन्छ जसलाई ट्रंपकै भाषामा भन्दा डिप स्टेटको सफ्ट पावर भनिन्छ। पहिलो दिन स्कुल ड्रेसमा बिद्यार्थी ल्याएर मार्ने र बिद्रोहलाई भड्काउने डिप स्टेटको सडेन्त्रबारे अबोध युवाहरुले बुझ्न ढिला गरे। यसमा सबै पार्टीका एनजीओ क्याडरहरुको एक बिरुद्ध अर्कोलाई प्रयोग गर्ने ,सुरक्षा निकायलाई निकम्मा बनाउने रणनीति पार्टी र तिनका नेतृत्वहरुले बुझ्न सकेको भए यति क्षति नहुन सक्थ्यो। राष्ट्रिय सम्पदामा क्षति नहुन सक्थ्यो। यी सबै घटनाहरु हेर्दा नेतृत्वले आँफै माथि आक्रमण हुन सक्ने र सार्वजनिक क्षतिको सम्भावनाबारे सर्वपक्षीय जानकारी नपाएको होकी भन्ने लाग्छ। उनीहरु आँफै शक्ति राष्ट्रका खुफियाहरुको सुचना चंगुलमा पर्नु दुखद र डरलाग्दो कुरा हो।

    बुझ्न नसकिने कुरा, जेनजी बिद्रोहमा भारतीय खुफियाको हात रहेका कुराहरु आइरहेका छन्। के छिमिकेकी राजनीतिको अस्थिरताले भारतलाई फाइदा गर्छ वा भारत पनि पश्चिमा डिपस्टेटको गलत रणनीतिको सिकार भयो ? कि भारतीय सत्ता र खुफियाको रणनैतिक तालमेल छैन ? यो प्रश्न अत्यान्त गम्भीर छ। बास्तवमा दक्षिण एसियाली छिमेकी देशहरूको अस्थिरताले भारतलाई लाभ होइन, आत्मघात जत्तिकै हानी हुन्छ । बहुध्रुबीय विश्वमा प्रतिस्पर्धी बन्न भारतलाई आफ्नो क्षेत्रमा स्थिरता, शान्ति र दिगोपन चाहिन्छ । तसर्थ भारतले पश्चिमा प्रायोजित विद्रोहलाई साथ दिएर बहकिने कुरा उसैको लागि डरलाग्दो कुरा हो।

    अब डिप स्टेटद्वारा संचालन गरिएका मोडेल र आन्तरिक रहनितीबारे नै बहस गर्नु पर्छ। विश्वभर ऊद्वारा प्रायोजित आन्दोलनका स्वरुपहरुलाई हेर्दा त्यहाँका जनताको मुलभुत असन्तुष्टिबारे बृहद सर्वेक्षण गरि आन्दोलनको स्वरुप निर्धारण गरिएको निष्कर्षमा पुग्न सकिन्छ।

    पश्चिमा विद्रोहका मोडेलहरुमा जेनजी बिद्रोह बिशेष गरि युरेशियाका लागि तयार गरिएको मोडेल होकि भन्ने देखिन्छ । खयर यसको प्रभाव अनेत्र पनि पर्न सक्छ। यसमा डिप स्टेट प्रायोजित बिद्रोहका केहि रणनैतिक मोडेलहरु छन्। जस्तै एक,सत्ताबाट नेतृत्व हटाएर आँफु अनुकुल नेतृत्व स्थापित गर्ने,दुई,सत्तालाई अस्थिर बनाएर सहयोगको नाममा आफ्नो सैनिक तथा सुरक्षा क्याम्प स्थापना गर्ने,तीन,गृहयुद्ध चल्न दिएर आफ्नो रणनीतिको लागि छापामार मिलिसिया र बिद्रोही सेना निर्माण गरि चीन तथा दुश्मन देशको बिरुद्ध प्रयोग गर्ने र चौथो,देश विभाजन गरि इजरायल जस्तै स्थाई चौकीदार राष्ट्रको निर्माण गर्ने। साझा उद्देस्य हतियारको बिक्रि गरि अकुत नाफा कमाउनु पनि हो। किनकि अमेरिकाले गर्ने ब्यापार भनेकै युद्धको निर्यात गरि हतियार बेच्नु हो।

    सफाया रणनीति:

    अकर्मण्ड्य़ नेतृत्व सफाया गर्ने कुरा पश्चिमा डिपस्टेट(सामाजिक संजाल मालिक,साम्राज्यबादी नेतृत्व,ठुला कर्पोरेट मिडिया मालिक,जी सेभेनको लगानीका बित्त कम्पनी जस्तै अन्तराष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक,बहुराष्ट्रिय कम्पनिका मालिक र हतियार कम्पनि तथा माफिया) ले लगानी गरेका पात्रहरुमा निर्भर रहन्छ। उनीहरुले थुप्रो लगानी गरेर उभ्याएका पात्रहरुले डिप स्टेटलाई धोका दिए भने डिप स्टेटले नै ति पात्रहरुको सफाया गरेका उदाहरणहरु संसारमा धेरै छन् । त्यस्तै शक्ति राष्ट्रहरुको हितमा बाधा पुर्याउने देशभक्तलाई पनि साम्राज्यबादीहरुले सफाया गर्दछन्। संसारमा डिप स्टेटका खुफियाद्वारा हत्या गरिएका धेरै देशभक्तहरु छन्। अहिलेसम्म अमेरिकाले झन्डै सय देशमा सत्ता पलट गरेका दृष्टान्तहरु भेटिन्छन् भने साठी भन्दा बढी देशमा ‘सैनिक कु’ गराएको छ। हत्याको त कुनै हिसाव नै छैन। नेतृत्वमा रहेका नेताहरुमा जोन अफ केनेडी, जसलाई नोभेम्बर २२, १९६३ मा, डलासमा ठूलो भीडको अगाडि खुला गाडीमा सवार हुँदा गोली हानी हत्या गरिएको थियो।राजा फैसल १९६४ देखि १९७५ सम्म साउदी अरेबियाका राजा थिए। उनलाई सुधार र आधुनिकीकरण नीतिहरू मार्फत देशको अर्थतन्त्र बचाएकोमा जनताहरुले अझै सम्झिन्छन्।उनको पनि हत्या भयो। महात्मा गान्धीको हत्या ३० जनवरी १९४८ मा प्रार्थना समारोहमा एक हिन्दू अतिवादी नाथुराम गोडसेले गरेका थिए। गान्धीको छातीमा तीन गोली लागेको थियो र त्यसको केही समयपछि नै उनको मृत्यु भयो।४ अप्रिल १९६८ मा, अमेरिकाका रंगभेद बिरोधि नेता मार्टिन लुथर किङलाई टेनेसीको मेम्फिसमा गोली हानी हत्या गरिएको थियो। घटना हुनुभन्दा पहिले, किङलाई धेरै पटक ज्यान मार्ने धम्की आएको थियो।डेदान किमाथी १९५० को दशकमा केन्यामा ब्रिटिश औपनिवेशिक शासनको विरोध गर्ने ‘माउ माउ’ आन्दोलनका नेता थिए। १९५३ मा, उनले ब्रिटिश जेलबाट भागेको केही समयपछि हत्या भयो ।यित्जाक रबिन इजरायलका प्रधानमन्त्री थिए जो इजरायल र प्यालेस्टाइन बीच शान्ति खोज्ने आफ्नो पहलका लागि परिचित छन्। तर उनको योजना सफल हुनुभन्दा पहिले, नोभेम्बर ४, १९९५ मा, रबिनको शान्ति नीतिहरूको विरोध गर्ने यहूदी अतिवादी यिगल अमिरले रबिनको हत्या गरे।बेनजीर भुट्टो पाकिस्तानकी पूर्व प्रधानमन्त्री र आधुनिक इतिहासमा मुस्लिम देशको नेतृत्व गर्ने पहिलो महिला थिइन्।डिसेम्बर २७, २००७ मा, आगामी संसदीय चुनावको प्रचारप्रसार गर्दा रावलपिंडीमा आत्मघाती बम आक्रमणमा भुट्टोको मृत्यु भएको थियो।बेल्जियमबाट स्वतन्त्र भएपछि प्याट्रिस लुमुम्बा कंगोका पहिलो प्रधानमन्त्री थिए। उनी उपनिवेशवाद विरुद्ध र पूर्ण कंगोली स्वतन्त्रताको लागि लडेका राष्ट्रवादी व्यक्तित्वको रूपमा चिनिन्छन्। यद्यपि, उनको छोटो कार्यकालको दुःखद अन्त्य भयो जब उनलाई जनवरी १७, १९६१ मा अपहरण गरी हत्या गरियो। लुमुम्बा र उनका साथीहरूलाई बेल्जियमको निरीक्षणमा कटानगान फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको थियो।अनवर सदात एक इजिप्टियन सेना अधिकारी र राजनीतिज्ञ थिए जो १९७० मा इजिप्टका राष्ट्रपति भए। उनी इजरायलसँग क्याम्प डेभिड शान्ति सम्झौता सुरु गर्नमा आफ्नो भूमिकाको लागि परिचित छन्, जसको लागि उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरे। यद्यपि, अक्टोबर ६, १९८१ मा, अक्टोबर १९७३ को अरब-इजरायली युद्धको सम्झनामा सशस्त्र बल दिवस सैन्य परेडको क्रममा इजिप्टियन इस्लामिक जिहादका सदस्यहरूले सदातको हत्या गरेका थिए।कर्णेल मुअम्मर गद्दाफी पनि दुःखद मृत्यु भएका विश्व नेताहरू मध्ये एक हुन्। भारतका राष्ट्रबादी नेता सुबास चन्द्र बोस,युबा नेता भगत सिंह,लाला लाजपत राय,लक्ष्मिबाई,चे ग्वाभारा,सद्दाम हुसेन,नेपालका बाम नेता मदन भण्डारी, राजा बिरेन्द्रलाई पनि साम्राज्यबादीहरुकै सुरक्षा बलले मारेको थियो। पुटिन,माओ,फिडेल क्यास्ट्रो,मोहम्मद ट्रौरे,नेल्सन मन्डेला,होची मिन्ह, लगायतका सयौँ देशभक्त नेताहरुलाई पश्चिमा सत्ताले धेरै पटक मार्ने प्रयत्न गरेपनि सकेन।

    पश्चिमाले नेपालबाट के चाहेको छ ? : यो प्रश्नको उत्तर छोटो तर गम्भीर छ।

    नेपालमा गृहयुद्ध,सुरक्षा संकट, देशभक्त नेतृत्वको सफाया गर्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । पश्चिमाले युक्रेन मोडेलको जेलेन्स्कि जस्तै राजनैतिक सुझबुझ नभएको डुकुल्वाँठ नेतृत्व चाहि रहेको छ। त्यसपछि अमेरिकी सेनाले नेपालमा स्थाई सैनिक क्याम्प राखी भारत,म्यानमार र चीनलाई नियन्त्रण गर्न चाहेको छ। एक शब्दमा भन्दा दक्षिण एसियामा उसले स्थाई रणनैतिक क्याम खडा गरेर चीन बिरुद्ध प्रोक्सी वार चाहन्छ।

    मध्यपुर्वमा इजरायली उपक्रम र निरिह फिलिस्तिनीहरुको कत्लेआम :

    गत वर्ष दक्षिण अफ्रिकाले हेगस्थित ‘इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे)’मा इजरायलविरुद्ध ‘नरसंहारको’ आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । त्यो मुद्धा सक्ति राष्ट्रको स्वार्थका कारण फिलिस्तिनी जनताको न्यायको लागि मुख्य चासो बन्न सकेको छैन। त्यहि टकरावको कारणले होला सो मुद्दामा आइसिजेले अझै अन्तिम फैसला दिइसकेको छैन ।आइसिसीको निर्णयपछि डोनाल्ड ट्रम्प–नेतन्याहुको गठबन्धनले आइसिसीलाई समाप्त पारिनु पर्ने धारणा राखेका छन् । अमेरिकाले त आइसिसी अभियोजक, न्यायाधीश र अन्यमाथि प्रतिबन्ध लगाइसकेको छ । हालसालै अल–हक र अन्य सम्मानित प्यालेस्टिनी मानव अधिकार समूहमाथि समेत प्रतिबन्ध लागेको छ । तिनको एक मात्र अपराध प्यालेस्टिनीहरूमाथि भएको अपराधको दस्ताबेजीकरण गर्नु हो । इजरायली–प्यालेस्टिनीहरूले चलाएको ‘+९७२ म्यागजिन’, द गार्जियन र अन्यको अनुसन्धानले आइसिसीको कामलाई प्रभावित बनाउन नेतन्याहुले फोन ट्याप र ब्ल्याकमेल गर्ने प्रयास गरेको खुलासा गरेका छन् । अहिले गाजा,सिरिया,यमन र कतारमा समेत इजरायलले युद्ध थोपरी दिएको छ। नपालमा पनि राजनैतिक पार्टी र एनजीओ सम्बद्ध युवा र स्वतन्त्र ब्याक्तिहरुबिच द्वन्द गराउने,सेनालाई बिबादित बनाउने र खम्पा विद्रोहको तालिम केन्द्रमा देशलाई रुपान्तरण गर्ने खेलको पहिलो चरण पुरा भएको छ। आइएनजीओका एजेन्टहरु अमेरिकन दुताबासको डिजाइनमा भारतीय राजदुत समेत सहमति लिएर मन्त्रि बनेका छन्। त्यसमा केहि राम्रा जस्ता देखिए पनि पृष्ठभूमि पश्चिमाहरुको पुरस्कार र प्रेरणाले सिङ्गारिएको छ। भियतनामी राष्ट्रपिता होचिमिन्हले एक पटक भनेका थिए,’जव साम्राज्यबादीहरुले कसैलाई मायाँ र सम्मान दिन खोज्छ त्यो ब्याक्तिमाठी संका गर्नु।’ यसबाट नेपालले पनि सिक्नु पर्ने कुराहरु धेरै छन्।

    यसरी हेर्दा, दक्षिणएशिया भारत, चीन र अमेरिकाको त्रिपक्षीय रणनीतिक प्रतिद्वन्द्वितामा परेको देखिन्छ । यी द्वन्दहरु अहिले बर्चस्वको लडाईबाट अस्तित्वको लडाइमा फेरिएका छन्। यसले पश्चिमा राजनैतिक माथि प्रश्न मात्र उठाएको छैन,नयाँ राजनैतिक प्रणाली कस्तो हुन सक्ला भन्ने बहसलाई संसारभरी पनि चर्काएको छ।

    आदिवासी प्रजातन्त्र अर्थात राजनैतिक ब्याबस्थाका मौलिक मोडेलहरूबारे बहस :

    पश्चिमा मोडेलको नव उदारवादी राजनैतिक ब्याबस्था अन्तत साम्राज्यबादमा पतन भएको छ। यो बर्चस्वको संकट हुँदै अस्तित्वको संकटतर्फ धकेलिएको छ। संसारभर खरावौँ मानिसहरुको चिहानमा उभिएको साम्राज्यबाद अहिलेसम्म रहनुको कारण समाजवादका बिशेष गुणहरुको सापटी लिनुलाई मानिन्छ। तर संजाल तथा कर्पोरेट मालिकहरुले छरिएको पुँजीलाई तिब्रताकासाथ नाफा र कमिसनको माध्यामबाट लुट्न थालेपछि कथित पुंजिबादी लोकतन्त्र संकटमा पुगेको हो। अब यो जाने भनेको लुटको अन्तिम तिब्रतामा हो,त्यसले यो चरणलाई नै समाप्त पारि दिने आंकलन गरिदै छ । किनकि कुनैपनि बस्तु वा ब्याबस्थाको अन्त्यको कारण उसै भित्र निहित रहेको हुन्छ। यस विषयमा बिश्वब्यापी बहस चलि रहेका छन्। यस अबस्थाको आंकलन गरिएका पुस्तकहरु प्रकासित हुदै छन्।

    बहसको क्रममा विश्व राजनीतिका ज्ञाता भिस्टेन लिभित्स्की र डेनियल जिबलटले प्रयोग भैरहेको लोकतन्त्र पतनोन्मुख भएको कटु निष्कर्ष निकालेका छन् । सन् २०१८ मा प्रकाशित ‘कसरि प्रजातन्त्र मर्दै छ ?’पुस्तकमा उनीहरूको निष्कर्ष छ– ‘शीतयुद्धकालीन साम्यवाद, फासीवाद, सैन्य शासन तथा एकदलीय तानाशाह अहिलेको चुनौती होइन । निर्वाचित दलहरूको सर्वसत्तावाद तथा अधिनायकवाद, उग्रराष्ट्रवाद, पपुलिजम, धार्मिक कट्टरतावाद, अराजकतावाद, संरक्षणवाद, संवर्द्धनवाद, जातिवाद अहिलेको लोकतन्त्रका प्रमुख चुनौती हुन् ।’ जर्मन दार्शनिक कार्ल मार्क्सले साम्राज्यबाद आफै भित्रको अन्तरविरोधले समाप्त हुने कुरा ‘पुँजी’ पुस्तकमा उल्लेख गरेका छन्। बास्तवमा यिनै चुनौतिहरु नै उदार पुंजिबादका काल हुन्।

    लिभित्स्की र जिबलटले मात्रै होइन, स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक ल्यारी डाइमण्डले पनि सन् २०१५ मा प्रकाशित ‘डेमोक्रेसी इन डिक्लाइन’नामक पुस्तकमा लोकतान्त्रिक प्रणाली ह्रासोन्मुख भएको निष्कर्ष निकालेका छन् । यसैगरी हार्वर्ड विश्वविद्यालयका अर्का प्राध्यापक यश्चा माउन्कले पनि सन् २०१८ मा प्रकाशित ‘दी पिपुल भर्सेज डेमोक्रेसी’नामक पुस्तकमा पपुलिजम र अतिवादका कारणले लोकतन्त्र असफल भएको तथ्य र तथ्यांकसहित व्याख्या गरेका छन् ।सन् १९९२ मा प्रकाशित ‘दी इन्ड अफ हिस्ट्री’पुस्तकमा इतिहासको अन्त्य भएको घोषणा गरेका फ्रान्सिस फुकुयामालगायत उदार लोकतन्त्रका प्रवक्ताहरूले समेत अहिले अमेरिका, युरोपलगायत विश्वव्यापी रूपमा नै उदार लोकतन्त्रमाथि गम्भीर चुनौती सिर्जना भएको चिन्ता व्यक्त गरेका छन् ।

    त्यस्तै अफ्रिका महादेशमा पश्चिमा संसदीय लोकतन्त्रको बिकल्पमा आदिबासी प्रजातन्त्रको बहस चर्केको छ। आदिवासी लोकतन्त्रले आदिवासी जनजातिको परम्परा, मूल्यमान्यता र सांस्कृतिक ढाँचामा आधारित सिद्धान्त, अभ्यास र शासन प्रणालीलाई जनाउँछ। यसले आदिवासी समुदायहरूले आत्मनिर्णयको अभ्यास गर्ने, निर्णय लिने र आफ्नै मौलिक शासन प्रणाली कायम राख्ने अनौठा तरिकाहरूलाई समेट्छ। मौलिक नागरिकतन्त्र स्थानिय बिशेषताहरुमा उभिएको हुन्छ र त्यसले आत्मनिर्भर उन्मुख अर्थतन्त्रको सृजना गर्दै सम्पतिको केन्द्रीकरणलाई रोक्ने मोडेल बनाउँछ। पुजिबादले नाफालाई प्रगतिको मापदण्ड मानेझैं नागरिक प्रजातान्त्रमा मानिसको खुशी,समानता,प्राकृतिक सन्तुलन र न्यायलाई उच्च जीवन पद्धतिको मानक मान्दछ। अबको लोकतन्त्रको मानक जीवन पद्दति वा नाफा केलाई मान्ने संसारभर बहसकै क्रम चलिरहेको छ।

    अन्त्यमा जेनजी बिद्रोहकै कुरा :

    अन्य देशमा आफ्नो प्रभुत्व बिस्तार गर्न पश्चिमा शक्तिले बहु-विकल्पका योजनाहरु तयार गरेका हुन्छन्। त्यसै अनुशार उनीहरुले छद्म रुपमा एजेन्टको प्रयोग गरेर आफ्ना योजनाहरु लागु गर्दै आएका छन्। चुनावबाट आएको सरकार मार्फत,नभए एनजीओ मार्फत नियन्त्रित बिद्रोह गराएर अथवा अर्को विकल्प खडा गरेर,नभए पुन बहुआयामिक द्वन्द मार्फत नियन्त्रित गृहयुद्ध गराएर,नभए सैनिक कु गराएर,नभए आफ्नो मिलिसिया निर्माण गरि सुरक्षाको हौवा खडा गरेर र त्यसबाट पनि नभए प्रतक्ष हस्तक्षेप गरेर उनीहरुले कुनै पनि देशमा आफ्नो रणनीति पुरा गर्दछन्। यो सबैको जायज घोषणा गर्दै नियन्त्रित मिडियाले त्यो कार्यलाई जायज ठहर्याउने प्रोपागाण्डा चलाई रहन्छ। प्रायोजित बुद्धिजीवीले बहसलाई सक्ति राष्ट्रको अनुकुल हुनेगरी डाइभर्ट गरिरहेका हुन्छन् भने एजेन्टहरुले नियन्त्रित बिद्रोहलाई उकासि रहेका हुन्छन्।

    भारतको लद्दाख र उत्तराखण्ड,पेरु,केन्या,इन्डोनेसिया,मोरक्को, मादागास्कर,पूर्वीटिमोर, फिलिपिन्स,बङ्गला देश,नेपालमा विद्रोहका यस्तै दृश्यहरु छताछुल्ल भए तर भिडमा नेतृत्व र त्यसको ससक्त टिम देखिएन वा लुकाइयो । भन्नाले ‘हिडन फेस’ले नेतृत्व गर्यो तर एजेन्डा र काम गराइमा गम्भीर विरोधाभाष देखियो। बार्ता गर्न कुनै खुल्ला समूह नै अगाडी आएन। त्यसमा कुनै एनजीओकर्मीका अगुवालाई अकस्मात अगाडी ल्याइयो। एउटा दृश्य देखाएर अर्को संबैधानिक अंग माथि प्रहार भयो। यसमा को कसरि परिचालित भए कसैले मेसो पाएन। जेनजी आन्दोलन केको लागि थियो ? अहिले नेपालीहरु मात्र हैन जहाँ जहाँ यस्ता प्रायोजित आन्दोलन भए नागरिकहरुले बुझ्न सकिरहेका छैनन् ।

    आवरण हेरेर भन्नु पर्दा,स्वास्थ्य र शिक्षामा लगाउनुपर्ने रकम सन् २०३० मा हुन लागेको विश्वकपका संरचनामा लगाएको भन्दै जेनजी युवाहरूले मोरक्कोका विभिन्न भागमा प्रदर्शन गरेका छन्। अर्थात जेनजी विद्रोहको फैलावट उत्तर पश्चिम अफ्रिकासम्म पुगेको छ। जेनजी पुस्ताका युवाहरू खासगरी आर्थिक असमानता, भ्रष्टाचार तथा बेरोजगारीलाई मुख्य मुद्दा बनाएर विरोध गरिरहेका छन् । इण्डोनेशियामा राष्ट्रपति प्रबोवोले चलाखीपूर्वक विधेयक फिर्ता लिएपश्चात् केही मत्थर भएको जेनजी प्रदर्शन अहिले फेरि असमानता तथा प्रहरी दमनविरुद्ध थप चर्किन थालेको छ। केन्यामा करमा गरिएको अचाक्ली वृद्धि तथा भ्रष्टाचारविरुद्ध आन्दोलन केन्द्रित छ। पेरुको आन्दोलन असमानता बिरुद्ध लक्षित छ। लद्दाखको आन्दोलन राज्य दर्जाको माग हो। बंगलादेश र नेपालमा पहिलो चरणमा नै सरकार परिवर्तन भएका छन्। तर बंगलादेशमा आन्दोलनकारीको तर्फबाट दुई जना जेनजीहरु मन्त्रीमंडलमा समावेश गरिएपनि नेपालमा जेनजीबाट कसैलाई मन्त्रि बनाइएको छैन। यो माग अर्को चरणको लागि थाँती राखिएको आशंका गरिदै छ। यी सबै देशको जेनजी आन्दोलनको एउटा समानता भनेको बिद्रोहमा पश्चिमा एनजीओ र आइएनजीओलगायत सफ्ट पावरको ब्यापक प्रयोग हुनु हो।

    विश्वमा चिनिया लगानी भएका अफ्रिकी देशहरुमा बिशेषगरि पश्चिमाहरुले एनजिओमार्फत लगानीमा बाधा पुर्याउन आन्दोलन चलाएको देखिन्छ। जहाँ तहीँ चीनको लगानी माथिको आक्रमणलाई तिब्र पारिएको छ। एसियाको जेनजी आन्दोलनको रणनीति पनि मुलत चीन केन्द्रित नै देखिन्छ। यी सबै उथलपुथलको अन्तर्य पश्चिमा बर्चस्व संकटसंग जोडिएको कुरा खोज-अध्ययनको गहिराइमा नपुगी देखिन्न।

    चीनको उदयमान अर्थब्यबस्था र ब्रिक्सको गठन,त्यसले लिएको बहुध्रुबिय वैश्विक ब्याबस्थाको संकल्पले पश्चिमा शक्ति अहिले तिल्मिलाएको छ। त्यसको लागि पश्चिमा सफ्ट पावर ब्रिक्स नजिकका सत्ताहरुलाई उल्ट्याएर पश्चिमा अनुकुल वातावरण बनाउन लागिरहेको कुरा बंगलादेशमा युनुस सरकारले अमेरिकी सेना भित्र्याएपछि अझै छर्लंग भएको छ।

    नेपालमा जेनजी आन्दोलनको दोश्रो दृश्यको पटाक्षप भै नै सकेको छ। नयाँ जेनजी नामक एनजीओका बुढाहरुको सरकार बनेपछि सरकारले भ्रष्टाचारका प्रारम्भिक काम जस्तै पुर्व मन्त्रि तथा उच्च पदस्तको सम्पति रोक्का, अबैध सम्पति जफत गर्ने काम नगरेर झारा टार्ने चुनावी गित गाएर युवाहरुलाई थुम्थुम्याउदै छ।

    मुलत नेपालमा बनेको अहिलेको सरकार संबिधान सम्मत छैन तर पश्चिमा संसदीय मोडेल र संबिधान बचाएकोबारे राष्ट्रपतिलाई बोल्न लगाइएको छ। यसको तारतम्य पनि विरोधाभाषपूर्ण छ। यसले पश्चिमा दुतावासका संदिग्ध गतिबिधि नियन्त्रण गर्न सकी रहेको छैन। पुर्व प्रधानमन्त्रि वलीले ‘मसंग सत्ता रहेनछ भन्ने थाह पाएपछि राजिनामा दिएँ’ त भने तर सत्ता कसको हातमा थियो भन्ने कुरा खोल्न सकेनन्। ओलीको कुरा पनि गिरिजाको ‘ग्रायन डिजाइन’ भन्दा अगाडी पुगेर खोलिने वा खुलस्त हुने सम्भावना छैन किनकि उनि पनि खुफियाबाट नियन्त्रित छन्। भनुन् खतरा छ,नभनुन् सत्ताबाट बलजफत गलहत्याइएकोमा छटपटी र बेचैनी छ। तर पनि उनले बक्तब्य मार्फत उठाएका केहि सवालहरु गम्भीर खालका छन्। जसबारे बहस चल्नु पर्छ भन्ने लाग्छ।

    नेपाली सेनाको मुख्यालय पनि राष्ट्रका बहुमुल्य सम्पति जोगाउने र आन्दोलनको क्षतिलाई कम गर्ने प्रयत्नबारे झारा टार्ने खालको बक्तब्य दिएर पन्छिएको छ। यसले सुरक्षा निकायमा समेत घुषपैठ भएको हुन सक्ने कुरालाई इन्कार गर्न सकिन्न भन्ने लाग्छ। अब देशभक्तहरुले राष्ट्रलाई बचाउन,बिदेशी घुसपैठलाई निस्तेज पारि मातृभूमिको रक्षालाई ध्यान दिँदै प्रायोजित लुटपाट र आगजनीबाट देशबासी तथा मौलिक सभ्यताको सुरक्षा गर्न नागरिक सुरक्षा दस्ता बनाउनु पर्ने देखिन्छ। त्यसको लागि देशभक्त नेतृत्व टीमको आबश्यक हुन्छ। त्यो बहस टोल टोलमा चलाउनु अहिलेको आबस्यकता हो। अन्यथा अनन्तकालसम्म देश बिदेशीको प्रयोगशाला बन्ने,बनिरहने र देशभक्त नागरिक मारिने/ मारिइ रहने खतरा बढेर गएको छ।

    स्थापित आदर्श नेतृत्व,स्पष्ट कार्यदिशा र राज्य संचालनको निदिष्ट योजनाबिना गरिएको कुनै पनि आन्दोलनले गुणात्मक सफलता हाँसिल गर्न सक्दैन। नेतृत्व बिनाको एक अराजक भिड कुनै पनि अदृश्य शक्तिले प्रयोग गर्ने खतरा रही रहन्छ र त्यो भिड लक्षबिहिनतामा भौतारिदै बलीको बोका बन्न सक्छ । भिडले गरेको आन्दोलनले अन्तत असफलता नै हाँसिल गर्दछ। अत उपयुक्त दृष्टिकोण र सुझबुझ भएको नेतृत्व देश निर्माणको बेलामा आबश्यक भएजस्तै आन्दोलनमा पनि आबश्यक हुन्छ। अन्यथा उपलब्धि हाइज्याक गरिन्छ। नेपालमा भएको जेनजी आन्दोलनको महत्वपुर्ण शिक्षा यहि हो।

    आन्दोलनमा युवा शक्तिको अपारता पनि देखियो,नेतृत्व र उपलब्धिको विरोधाभास पनि देखियो। यिनै शिक्षा दिएर अघिल्लो खेल सकियो,धेरै बिद्यार्थीहरु मरे,बारबारा फाउन्डेशन,हामी नेपाली लगायतका विभिन्न छद्म एनजीओ-ऐजेरुहरु छरपष्ट देखिए। नगर प्रमुख लगायत केहि प्रायोजित ब्याक्तिहरुले सम्पदा बचाउन सक्ने प्रयास नगरी अलिक छिटो एक्स्पोज भए। नेतृत्वमा ल्याएर जेलेंस्की बनाउन तयार पारिएका पात्रहरु एक्सनमा सकारात्मक रुपले एक्स्पोज हुनु पर्थ्यो। किन अहिल्यै नकारात्मकतामा एक्स्पोज भए,पर्खेर हेर्नुको अर्को विकल्प छैन।

    बिश्व भूराजनीतिमा पर्दा पछाडिका खेलहरुको पटाक्षेप हुँदै छ। त्यसैको असरमा दक्षिण एसिया पनि साम्राज्यबादी ग्रेट ज्ञामको शिकार हुँदै छ। नेपालमा पनि पहिलो खेल सकिए लगत्तै आन्दोलनकारिका एजेण्डा लागु गर्न रोकेर अर्को खेलको प्रवेश गराइदै छ। अब एमाले लगायत दलका युबा दस्ता र जेनजी युबा भिडाउने अर्को योजना बन्ने कुरा सुनिदै छ । कुनै पनि बेला निर्देशित आतंक सृजना गराइन सक्छ। कित्रिम खम्पा विद्रोहको लागि देशभक्त नेपालीहरुको हत्या हुन सक्छ। सेनाको नियोजित बिघटन गराउने खेल हुन सक्छ। यस्ता बाह्य तथा भित्रि सडेन्त्रहरुमा नेपालीहरु सतर्क हुने बेला आएको छ।

    अर्को नियोजित ताण्डव हुन दिनु देश र जनताको लागि घातक हुन्छ। त्यसैले त्यसलाई रोक्नु पर्छ र पश्चिमा डिप स्टेटको आगामी योजनामा पानि खन्याएर देशमा अमेरिकी सेना आउने वातावरण समाप्त पार्नु पर्छ। त्यसको लागि देशभक्त नेपालीहरु संगठित हुनुको अर्को बिकल्प छैन। नेपाललाई खम्पा विद्रोहको तालिम केन्द्र कदापि चाहिएको छैन। हामीलाई भारतीय खुफिया चलखेलमा मन्त्रि बन्नु/बनाउनु छैन। नेपालीलाई स्वतन्त्र र सार्वभौम देश नेपाल चाहिएको छ। खवरदार ! अबिभावकहरु, अबको प्रायोजित अग्निकुण्डमा बच्चाहरु जान नदेउ र आँफु पनि नजाउ। त्यो देश बनाउने अभियान नभएर प्रायोजित मृत्यु ताण्डव हुन सक्छ। हरेक घटनामा चनाखो बनौँ। जय मातृभूमि :

    श्रोत :

    १) https://www.theguardian.com/us-news/2017/may/05/cia-long-history-kill-leaders-around-the-world-north-korea

    २) https://www.theguardian.com/world/2016/nov/26/fidel-castro-cia-cigar-assasination-attempts

    ३) https://www.quora.com/How-many-heads-of-state-did-the-CIA-assassinate-or-try-to-around-the-world

    ४) https://en.wikipedia.org/wiki/Human_rights_violations_by_the_CIA

    ५)विभिन्न पत्र पत्रिकाहरु

    ६) नोम चोम्स्कीको किताब “The Responsibility of Intellectuals”, propaganda model of media criticism,U.S. Foreign Policy

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.