• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङको तमानखोला गुर्जाघाटबासीले अब लेकमै सोलार प्यानलबाट ‘चार्जिङ गर्न पाउने


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । तमानखोलाको जुर्गाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका१ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली पुगेको छैन् । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् ।

    Advertisement

    पाँच सयभन्दा बढी जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकले मोबाइल फोन बोके पनि चार्ज गर्न भने गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनुपर्छ । यहाँ आउनका लागि पैदल दुई दिन जति लाग्छ ।

    गाउँपालिकाका अधिकांश नागरिक पशुपालनमा आवद्ध रहेको हुँदा बर्खाको पाँच महिना गुर्जाघाटमा जान्छन् । तमानखोलाका दुई सयभन्दा बढी घर परिवार जेठ महिनादेखिनै घुर्जाघाट उक्लिन सुरु गर्छन् ।

    बर्खाभरी लेक ९घुर्जघाट०मा बसेर असोज÷कात्तिक तिर मात्रै बेसी ९गाउँ० झर्छन् । असोज लागेपछि चिसो सुरु हुने हुँदा बेसी झर्ने उनीहरुको परम्परा जस्तो बनेको छ । तर पाँच घर परिवार भने स्थायी रुपमा गुर्जाघाटमा बस्छन् । गुर्जाको भेगमा मात्र २५ हजारभन्दा बढी भेडापालन हुँदै आएको छ । स्थानीयले गाईभैसीँ पनि पाल्छन् । स्थानीय र गोठालालाई मात्र होइन पछिल्लो समय ढोरपाटन हुँदै त्यहाँ पुग्ने पर्यटकलाई समेत मोबाइल फोन चार्ज गर्न समस्या थियो ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट चार वटा सोलर प्यानल जडान गरेर एक साथ १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने व्यवस्था मिलाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँपालिकाले करिब रु दुई लाख लागतमा गत साता सोलार प्यानल जडान गरेको उहाँको भनाइ छ ।

    अध्यक्ष बुढा मगरले भन्नुभयो, “घुर्जाघाटमा धेरै वर्ष अगाडिदेखि तमानखोलाका नागरिकहरु बस्दै आएका छन्, खासगरी बर्खाको बर्खामा सयौँ मानिसहरु यहाँ बस्ने र परिवारसँग टाढा हुँदा टेलिफोन गर्नेका लागि समस्या थियो, विद्युत् पुर्याउन निकै गाह्रो छ, त्यसले गर्दा यस वर्ष गाउँपालिकाले मोबाइल चार्ज गर्नका लागि सोलार प्यानलबाट भए पनि चार्जिङ स्टेसन राखेका छौँ, यसबाट हाम्रा नागरिक मात्रै नभई घुम्न आउने पर्यटकलाई समेत सहज हुने अपेक्षा लिएका छौँ ।”

    ढोरपाटन शिकार आरक्ष र म्याग्दीको धौलागिरी गाउँपालिकासँग सिमाना जोडिएको गुर्जाघाटमा नेपाली सेनाको क्याम्पसमेत छ । स्थानीयले कतिपय अवस्थामा सेनाको क्याम्पमा पुगेर मोबाइल फोन चार्ज गर्नुपर्ने अवस्था थियो ।

    आफू पनि भेडापालक किसान रहेको हुँदा गुर्जाघाटमा बस्ने सञ्चारबाट टाढा हुनु परेको भन्दै सोलार प्यानलबाट मोबाइल चर्जा गर्न मिल्ने भएपछि सहज भएको गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले बताउनुभयो । गाउँपालिकाले जुर्गाघाटमा स्थायी रुपमा बसोबास गर्दै आएका लोकबहादुर छन्त्यालको घरमा सोलर प्यानल जडान गरेको हो । यसको रेखदेख र संरक्षणको जिम्मा समेत लोकबहादुरलाई दिइएको छ ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.