राम गैरे पाल्पाली ##
Advertisement
भ्रष्टाचारको उन्मूलन सुशासनको रहर छ ।
जाग उठ युवाहरू मुलुकमा ठुलो कहर छ ।१।
जति लुट्ने लुटिसके अवसरवादी दलहरूले ।
उखेलेर फ्याँक्नैपर्छ तिनीहरूमा जहर छ ।२।
उतैबाट आदेश हुन्छ सङ्घीयतामा लैजाऊ ।
सङ्घीयताले मुलुक आज बर्बादीको ठहर छ ।३।
कुशासन र छद्मभेषी एमसिसीकै खेल हो ।
बेकसुर बालबच्चाको रगत बग्ने नहर छ ।४।
जन्मिने र हुर्किने जान्न विदेश भन्नेहरूको ।
कुशासनको सत्ता फेर्ने जेनजीको लहर छ ।५।