धनगढी । धनगढीबाट पोखराका लागि छुटेको बा२ ख१९०७ नम्बरको बस असोज १८ गते दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
Advertisement
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो ।
बसमा यात्रा गरिरहेका सबै १२ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ । (रासस)