• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वर्षाका कारण काठमाडौँ आउनेजाने सवारी साधन रोकिए


  •   शनिबार, असोज १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । वर्षाका कारण काठमाडौँतर्फ आइरहेका र काठमाडौँबाट बाहिर जान निस्किएका सवारीसाधन चितवन, तनहुँ र धादिङमा रोकिएका छन् ।

    Advertisement

    २०८२ असोज १७ गते रातिदेखि भएको वर्षाले गर्दा यातायातको अवस्था असहज बनेको हो ।

    वर्षाले पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र नारायणगढ–मुग्लिन सडकमा अवरोध छ । मुख्य गरी यो राजमार्गमा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला र मुग्लिन–नागढुङ्गा अन्तर्गतको धादिङतर्फ पर्ने जवाङखोलामा पहिरोको जोखिम छ । धादिङ प्रहरीले रातिदेखि नै जवाङखोलामा पहिरो जाँदा बाटो रोकिएको छ ।

    राती २ बजेदेखि पहिरो खसेर पूर्ण रूपमा रोकिएको सडक खुलाउँदै जोखिममा रहेका सवारी पास गराउँदै गरिएपनि पटक पटक पहिरो खसिरहेको कारणले बाटो पूर्ण रूपमा बन्द भएको प्रहरीले बताएको छ ।

    जोखिमको अवस्थामा रहेका सवारी साधनलाई १७ ओटा होल्डिङ सेन्टर पहिचान गरी ट्रक, बस तथा साना गाडीलाई छुट्टाछुट्टै रोकिएको छ । अनिवार्य कटाउनुपर्ने अवस्थामा रहेका सवारी साधनलाई जम्मा गरेर बाटोको अवस्था हेरि प्रहरीले नै सुरक्षा दिँदै पहिरो कटाउने गरिएको छ ।
    प्रहरीले सकेसम्म नयाँ सवारीलाई बाटोमा नआउन वा घर फिर्ता जान सक्ने यात्रुलाई फर्किन अनुरोध गरेका छ ।

    यता मुग्लिङ–नागढुङ्गा सडकको आयोजनाअन्तर्गत जवाङखोलाको पहिरो हटाइसकिए पनि पहिरो कति बेला खस्न सक्छ भन्ने यकिन भने नभएकोले सुरक्षाकर्मीको कुरालाई मानेर मात्रै यात्रामा निस्किन प्रहरीले अनुरोध गरे ।

    कुनै अवरोध नभएपनि तनहुँतर्फको ट्राफिक प्रहरीले काठमाडौँ तथा चितवनतर्फको सडकमा भएको जोखिमको कारण सवारी साधन रोकेको जनाएको छ । तनहुँ ट्राफिक प्रहरीले सडकको जोखिमबारे जानकारी गराउँदा गराउँदै पनि सवारी चाप बढिरहेको बताएको छ ।

    उनले राजमार्गको सुरक्षालाई मध्यनजर गरी धादिङ र चितवनतर्फ समन्वय गरेर डुम्रे, आँबुखैरहनीमा गाडी होल्ड गरेको बताए । बिहान ७ बजेदेखि होल्ड गरेर सडकको अवस्था बुझेर मात्रै छोडिएको उनको भनाइ छ ।

    चितवनतर्फ भने तत्कालले ठुलो पहिरोको जोखिम तुइनखोलामा देखिए पनि नारायणगढ–मुग्लिङको ३६ किलोमिटर क्षेत्रको धेरै स्थानमा ढुङ्गा खसिरहेको जोखिम स्थल भएकाले बिहान ६ बजेदेखि नै यात्रु रोकेको चितवन प्रहरीले जनाएको छ ।

    चितवन प्रहरीका अनुसार चितवनको आँपटारीमा सुरक्षाकर्मी खटाएर यात्रुलाई रोकाइएको छ । राजमार्गको जोखिम बढ्दो भएको कारण ठुलो पानी पर्ने समयअवधिभर राजमार्ग खाली राख्ने पक्षमा प्रहरी रहेको छ ।

    प्रहरीले डिभिजन सडक कार्यालयले पहिरो खसेको र हटाएका प्राविधिक जानकारी मात्रै दिएको कारण त्यही सूचनालाई आधार मानेर यात्रा नगर्न समेत अनुरोध गरेको छ ।

    शनिबार, असोज १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.