• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मोरक्कोमा जेनजी आन्दोलन चर्कियो, हालसम्म १० अर्ब डलर बराबरको नोक्शान

"३ को मृत्यु, १००० पक्राउ "

  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • रबात । उत्तर अफ्रिकी देश मोरोक्कोमा स्वास्थ्य र शिक्षा सुधारको माग राख्दै सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेको छ । राजधानी रबातमा प्रदर्शनकारीहरूले बैंक लगायत विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गरेका छन् । त्यस्तै कैयौँ पसल र गाडीहरूमा तोडफोड भएका छन् ।

    Advertisement

    अगादीर शहरमा प्रहरीले गोली लागेर ३ जना युवाको मृत्यु भएको बताइएको छ । त्यस्तै, हजारभन्दा बढी मानिसहरू पक्राउ परेका छन् । ३५४ जना घाइते भएका छन्, जसमध्ये धेरैजसो सुरक्षा कर्मचारी हुन् । मन्त्रालयका अनुसार, करिब ७०% प्रदर्शनकारी नाबालिग रहेका छन् ।

    मोरोक्को सरकारले २०३० फीफा विश्वकप र अफ्रिका कप अफनेशन्सका लागि १० अर्ब डलर खर्च गरिरहेको छ । जबकि देशका सरकारी अस्पतालहरूमा सुविधाहरू निकै कम छन् ।

    मोरक्कोमा प्रदर्शनकारीहरूको कुनै नेता छैन

    सिएनएनका अनुसार युवाहरूको नेतृत्वमा भएको यो विरोध आन्दोलनलाई जेनजी २१२ भनिँदैछ । २१२ मोरक्कोको अन्तर्राष्ट्रिय टेलिफोन डायलिङ कोड हो । विदेशबाट मोरक्कोमा कसैलाई कल गर्दा नम्बरको अगाडि +२१२ राखिन्छ ।

    नेपाल जस्तै मोरक्कोमा पनि विरोध प्रदर्शन गर्ने युवाहरूको कुनै नेता नभएको बताइएको छ । रिपोर्ट अनुसार मानिसहरू सामाजिक सञ्जाल मार्फत र्‍याली गर्दैछन् । मोरक्कोमा बेरोजगारी दर १२.८% छ, जसमा युवा बेरोजगारी ३५.८% र स्नातकहरूमा १९% पुगेको तथ्याङ्क बताउँछ । मोरक्कोमा १४३० जनामा एकजना डाक्टर मात्र छन्, जुन विश्वको औसत (५९०) भन्दा दुई तिहाइ कम हो ।

    डिस्कोर्ड–टिकटक एपबाट आन्दोलन

    यो आन्दोलन सामाजिक सञ्जाल प्लेटफर्म जस्ता टिकटक र डिस्कोर्डमा सुरु भएको थियो । गत आइतबार प्रदर्शनकारी पक्राउ परेपछि यसलाई अझ समर्थन मिल्न सुरु भएको बताइएको छ । पक्राउ पर्ने व्यक्तिहरूमा मोरोक्कोका स्टार गोलकिपर यासिन बौन्नू र प्रसिद्ध र्यापर एल ग्रान्डे टोटो पनि समावेश छन्।

    त्यसपछि बुधबार हिंसात्मक प्रदर्शन तीव्र भए । राजधानी रबात, मुख्य व्यावसायिक शहर कासाब्लान्का र बन्दरगाह शहर टांगीरमा पनि विरोध प्रदर्शन भएका थिए । स्थानीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार पर्यटकीय केन्द्र माराङ्समा पनि हिंसा भएको र प्रदर्शनकारीहरूले एक पुलिस स्टेशन जलाएका थिए ।

    गृह मन्त्रालयका प्रवक्ता राशिद अल खल्फीका अनुसार अस्थिरता पछि सम्पूर्ण मोरोक्कोमा ४०९ जनालाई नियन्त्रणमा लिइएको छ । २६० भन्दा बढी पुलिस अधिकारी र २० प्रदर्शनकारी घाइते भए र ४० पुलिस सवारीसाधन र २० निजी कारमा आगजनी भएको छ ।

    यो विद्रोह नेपाल, इन्डोनेशिया, फिलिपिन्स र मडागास्करमा गत महिनामा युवाहरूको नेतृत्वमा भएको ठूला प्रदर्शनपछि भएको हो । नेपालको विरोधका कारण प्रधानमन्त्रीले राजीनामा दिनु पर्यो, भने मडागास्करका राष्ट्रपतिले प्रदर्शनकारीहरूलाई शान्त पार्ने प्रयासमा आफ्‌नो सरकार विघटन गरे ।

    शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.