अर्घाखाँची । अर्घाखाँचीको रतनमारेबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३-०१–०२४ च ६३९२ नम्बरको गाडी शुक्रबार बिहान दुर्घटनामा परेको छ। अत्याधिक गतिका कारण अर्घाखाँचीस्थित बिहार भन्ने ठाउँमा उक्त गाडी दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
Advertisement
गाडीमा ६ जना सवार रहेका थिए। सबैको अवस्था सामान्य रहेको र कुनै ज्यानमालको क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलमा प्रहरीले पुगेर आवश्यक अनुसन्धान तथा उद्धार कार्य अघि बढाएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।