केरसिंह अदै
तौलिहवा (कपिलवस्तु) । कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिको आयोजनामा प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिका उपाध्यक्ष मोहन विकको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केरसिंह अदैले जेनजी आन्दोलन र तत्कालिक राजनीतिक परिस्थितिको बारेमा प्रकाश पार्दै, समयमा ठूला दलले सहित राजनीति गर्न नसक्दा देशमा वर्तमान अवस्था आएको बताउनु भयो ।
कार्यक्रममा जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक, अखिल नेपाल बुद्धिजीबी संघका जिल्ला सदस्य छन्द बहादुर केसीले देशको तत्कालीन परिस्थिति, वैदेशिक हस्तक्षेपको बारेमा प्रकाश पार्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाका अध्यक्ष गोविन्द परिवार, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला सचिव रामबहादुर बुढाथोकी, अखिल नेपाल जनजाति सम्मेलन शिवराज नगर समितिका अध्यक्ष तारा घर्ति र मैत बहादुर सुनारको पनि आतिथ्य रहेको थियो ।
विजय दशमी, शुभ दिपावली, छडपर्वको पावन अबसरमा, राष्ट्रिय जनमोर्चा ३ नं क्षेत्रमा वर्तमान राजनीतिक संकट र समाधानको विषयमा प्रशिक्षण, भेटघाट गर्ने राजमो सचिव अदैले बताउनु भएको छ ।
अदैका अनुसार, शिवराज सात स्थानमा, विजय नगरमा दुई स्थानमा, कृष्ण नगर र महाराज गंजमा एक–एक स्थानमा कार्यक्रम गर्ने बताउनु भयो ।
आजको कार्यक्रमको सञ्चालन राजमो जिल्ला सदस्य नागराज योगीले गर्नु भएको थियो ।