परासी । बाग्लुङ जिल्ला मल्ममा २००९ सालमा जन्मिनु भएका पौडेलको ७३ वर्षको उमेरमा असामयिक निधन भएको थियो । उहाँ पश्चिम नवलपरासी जिल्ला सुनवल नगरपालिका १ मा बसोबास गर्दै आउनु भएको थियो ।
राष्ट्रिय जनमोर्चाका सदस्य होमबहादुर पौडेलको अन्त्येष्टि गरिएको छ ।
२०८२ असोज १० गते शनिबार उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएका पौडेलको असोज ११ गते त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको हो ।
घाटमा राजमो नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अध्यक्ष किसनबहादुर अधिकारीले उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाको झन्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो ।
दाहसंस्कारस्थलमा परिवारजन, राजमोका नेताकार्यकर्ताका साथै आफन्त, इष्टमित्र र छरछिमेकीको उपस्थिति रहेको थियो ।
होमबहादुर लामो समयदेखि राजमोको इमानदार र प्रतिबद्ध सदस्यको रहनुभएको राजमो नवलपरासीले जानकारी दिएको छ ।
आस्विन १२ गते शोक तथा श्रद्धाञ्जली कार्यक्रम धनपति सापकोटा सञ्चालन र जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीले पार्थिव शरीरमा झण्डा ओढाएर उहाँले समाजमा पुर्याउनु भएको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।
एकमिनेट मौनधारण पछि विधिवत रुपमा दाहासंस्कार गरिएको यियो ।
